Thursday, June 4, 2015

कसरी पत्ता लाग्छ भूकम्पको केन्द्रविन्दु र म्याग्नेच्युडरु

लोकविजय अधिकारी, प्रमुख, राष्ट्रिय भुकम्प मापन केन्द्र
 नेपालभरि अहिले २१ वटा स्थानमा साइस्मिक स्टेशन राखिएका छन्। प्लेट आपसमा ठोक्किदा उत्पन्न हुने दुई तरंगलाई पी -प्राइमरी- र एस (सेकेण्डरी) नामले चिनिन्छ। पी तरंगको गति छिटो हुन्छ। त्यसैले यो केन्द्रविन्दुबाट छिटो स्टेशनसम्म पुग्छ। एस तरंगको गति सुस्त हुने भएकाले सँगै उत्पन्न भएपनि यो ढिलो गरी स्टेशनसम्म पुग्छ।



पी तरंग ध्वनी जस्तै अघिपछि भएर अघि बढ्छ भने एस तरंग दायाँबायाँ भएर अघि बढ्छ। स्टेशनमा पी तरंग र एस तरंग आएको समयको फरक निकालिन्छ। सो फरकका आधारमा स्टेशनबाट कति किलोमिटर वरिपरी केन्द्रविन्दु छ भन्न सकिन्छ तर यहीँठाउँ भन्ने पत्ता लाग्दैन।

त्यसका लागि कम्तिमा ३ ओटा स्टेशनको त्यसरीनै विश्लेषण गर्नुपर्दछ। तिनै स्टेशनले देखाएको घेरा आपसमा काटिएको भागलाई नै भूकम्पको केन्द्रविन्दु ९इपिसेन्टर० भनिन्छ। केन्द्रविन्दुको नजिकजति धेरै स्टेशन छन्। त्यति नै सही इपिसेन्टर पत्ता लाग्छ। टाढा टाढाका स्टेशनबाट नापिएको इपिसेन्टर नमिल्ने कारण यही हो। तिनै तरंगको शत्तिलका आधारमा भूकम्पको इपिसेन्टरसँगै यसकोशक्ति म्याग्नेच्युड पनि नापिन्छ। यो तरिका फरक फरक हुन्छ। कसैले पी वेभका आधारमा म्याग्नेच्युड नाप्छन् भने कसैले एस र कतिले सतहमा उत्पन्न हुने तरंगबाट पनि म्याग्नेच्युड निकाल्छन्। टाढाका भूकम्प प्राय पी वेभका आधारमा नापिन्छ। कहिलेकाँही ठूला भूकम्पका तरंगलाई नजिकका केन्द्रले प्रोसेस गर्न सक्दैनन्।

वैशाख १२ को भूकम्पमा यस्तै भयो। काठमाडौं नजिकका स्टेशन ‘स्याचुरेटेड’ भए। काठमाडौंको मापन केन्द्रमा पनि ‘प्रोसेस’ गर्न गाह्रो भएकाले सुर्खेतमा रहेका मापन केन्द्रबाट भूकम्पको केन्द्रविन्दु र म्याग्नेच्युड पत्ता लगाइयो।
सेतोपाटी.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...