Wednesday, June 10, 2015

रमाइला चुट्किलाहरू-३



एउटाले टेलिकमको कस्टमर केयरमा फोन गरेछ
एउटी केटीले फोन उठाइः कस्टमर केयर सेन्टरमा तपाईंलाई स्वागत छ
केटाः थ्यांक यु ।
एनसेल स्टाफः म तपाईंको के हेल्प गर्न सक्छु ?
केटाः म तिमीसँग बिहे गर्न सक्छु ?
एनसेल स्टाफः तपाईंले गलत नम्बर डायल गर्नु भयो ।
केटाः हैन मैले सही नम्बर डायल गरेको, बिहे गर्छौ मसँग
एनसेल स्टाफः मलाई बिहे गर्न कुनै इन्ट्रेस्ट छैन ।
केटाः एकचोटि सुन न साथी
केटीः नट इन्ट्रेस्टेस्ड
केटाः लभ म्यारिज भए हनिमुनमा स्वीजरल्यान्ड, एरेन्ज म्यारिज गरे पेरिस
केटीः म तपाईंसँग बिहे नै गर्न चाहदिँन त तपाई अफर किन गर्नु हुन्छ ।
केटाः कोर्ट म्यारिजको खर्च रू. १०,००० सामान्य बिहेको खर्च रू. ३०००००

केटीः तपाई नेपाली बुझ्नु हुन्न? मलाई बिहे नै गर्नु छैन, तपाईं खाली बिहेका कुरा गर्नुहुन्छ?
केटाः अब थाह भयो लेडी तिमीलाई हाम्रो पीडा? हामीलाई कुनै इन्ट्रेस्ट नभएको अफरमा घरीघरी एसएमएस अनि कल गर्दा कस्तो हुँदो रहेछ ।
***
एकजना प्रख्यात कवि आफ़्नो गरिबी को जिन्दगीबाट वाक्क भएर खुंखार डाकु बनेछ । अनि बैंक भित्र छिरेर हवाइ फ़ायर गर्दै भनेछ
.
Hands up everyone...
भाग्यमा जे लेख्या छ तेइ हुन्छ,
कोइ पनि आफ़्नो ठाउबाट नहल्ले हुन्छ
.
खै त वाह वाह भनेको?
सबैजना डराउदै भए पनि:वाह वाह वाह
.
.
अनि cashier को केटिलाइ बन्दुक ताक्दै....
.
.
अधुरो सपनाहरु मेरा नयनबाट
निकालेर फ़ालिदेउ,
त्या cashier मा भएजति
सब पैसा यो ब्यागमा हालिदेउ
.
.
मुटु छिया पारीजानेको यादमा नटोलाउनु
खबरदार!कसैले पुलिसलाइ नबोलाउनु
.
.
अनि जादा जादै फ़ेरि एक हवाइ फ़ायर गर्दै....
.
.
तिम्रो जीत को निम्ती म सदा हारिदिन्छु
कसैले मेरो पिछा गरे,ठाउको ठाऊ मारिदिन्छु
.
.
खै त वाह वाह भनेको?
सबैजना डराउदै भए पनि:वाह वाह वाह
.
.
येत्तिकैमा पुलिस आइपुगेछ र कविको कठालोमा समाएर बाघे बजाउदै भनेछ:
.
.
निस्ठुरीको यादमा म कहिले सम्म बाच्ने हो,
खुरुक्क हिड पुलिस चौकि तेरो ढांड भाच्ने हो
....तेसपछि त कविको कविता नै बन्द भैगो नि
पुलिस पनि कवि नै पो थ्यो कि भन्ने हाम्लाइ लाइराछ.

***
शेरे र हर्के class 12 मा पढ्दा रहेछन
.
.
भर्खर परिक्षा सुरु भएको पनि 1/2 दिन भयो
.
.
शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनुपर्छ
.
.
आज रातभरि पढौ है
.
.
हर्के: हुन्छ
.
.
पढ्दा पढ्दै समय बितेको थाहै भएनछ ।
.
.
हर्के :ओई शेरे कति बज्यो ?
.
.
शेरे फुत्त बाहिर गएर पल्लो घरको छानामा ढुङ्गा हान्यो
.
.
पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश
रातको 3 बजि सक्यो अझै सुतेको छैनस ।
.
.
शेरे: थाहा पाईस हर्के कति बजेछ
***
दुइ अल्छीको गफ
दुइ अल्छी हरू आँपको फेदमा बसेर कुरा गर्दै थिए ।
पहिलो अल्छी-ओइ , त्यो झरेको आँप ल्यएर
मेरो मुखमा लगाइदे त ।

दोस्रो अल्छी - इ लाई दिन्छु अगी कुकुरले
मेरो मुखमा मुतेर गयो, धपाई दे न भन्दा धपैदिस्
***
एक पटक तक्मेबुढाको नातिले तोक्मे बुडालाई सोधेछ: होईन हौ तक्मे बाजे,
तपाईं त देशविदेश घुमेको, ईमान प्रेस्टिज सबै
भाको, ल्याण्डलाईन र मोबाईल फोनमा के फरक
छ हँ ??
तक्मे बुढो: लाखे हौ लाखे कस्तो कुरा गर्छ
हौ नानी. त्यती पनी थाहा छैन?
ल्याण्डलाईनमा चोर औँलाले थीच्नुपर्छ
अनि मोबाईलमा बुडी औँलाले
***
एउटा केटी एकान्त बाटोमा जाँदैथिई
एउटा केटा अगाडिबाट आउँदै थियो
दुबै एक्दम नजिक पुगे
.

अनी केटा साइड लाग्यो, केटी सरासर
आफ्नो बाटो लागी
.
.
Moral:
सबै केटा बदमाश हुँदैनन् ।
***
एउटी केटी आफु बीरामी भएको कारण
एकदमै चीन्तीत थीई र डक्टरले उस्लाई
हँसाउने उदेश्यले भनेछ, के तीमीलाई थाहा छ
यो पन्जा कसरी बनाईन्छ ?
केटी : थाहा छैन !
डक्टर:- एउटा ठुलो भाँडा मा पलास्टीक
तताईन्छ अनी त्यहा काम गर्ने मान्छेलाई
त्यो पग्लेको पलास्टीकमा हात डुबाउन लगाईन्छ।
डक्टरले त्यसो भन्दा केटी झन् मौन भएर बसी !!
एकछीन पछी डाक्टर अरु नै काम गर्न
लागेको थीयो केटी अचानक मजाले हाँस्न थाली।
डाक्टर : कीन हाँसेकी ?
केटी : म यो सोचीराको छु क^डम
चाही कसरी बनाउँछ होला ?
***
सेरेले आफ्नो आमालाई मुम्बई बाट फोन गरेछ ।
सेरे:- आमा मलाई AIDS लाग्यो !
आमा:- त्यसो भए त घर न आ उतै बश ।
सेरे:- किन र आमा के हुन्छ म घर आउदा ?
आमा :- यदि त घर आईस भने
१. तेरो स्वास्नीलाई एड्स लाग्छ
२.तेरो स्वास्नी बाट तेरो साथी धोतीलाई लाग्छ
३. धोती बाट हाम्री नोक्कर्नी लाई लाग्छ
४. नोक्कर्नी बाट तेरो बाउ लाई लाग्छ
५. तेरो बाउ बाट मलाई लाग्छ
६. मलाई लाग्यो भने पुरा गाँउलाई लाग्छ
७.गाँउलाई लाग्यो भने देशलाई लाग्छ ।
देश तेरो हातमा छ सेरे देशलाई बचा ।
***
धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै दिनमा उसले TV लाई पानीमा डुबायेछ,..यो देखेर
माग्नेबुढाले सोधेछ माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ? धुर्मुसे : रंगिन त भन्यो पसलेले,
त्येस्का बाजे फेरी रंग गयो भने त बर्बाद हुन्छ , तेही भएर रंग जान्छ कि जादैन भनेर चेक गरेको नि

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...