Wednesday, May 20, 2015

१५ लाख पाल ल्याउँदा पनि किन भयो हाहाकार ?

भन्सार कार्यालयको विवरणलाई मात्रै मान्ने हो भने पनि महाभूकम्पपछि नेपालमा करीव १० लाख थान त्रिपाल भित्रिएका छन् । पश्चिम बंगाल सरकारले झापामा ल्याएर दिएका पालको संख्या अझ यसमा जोडिएको छैन ।

भूकम्प अघि नै व्यापारीहरुसँग रहेका त्रिपाल र बिभिन्न व्यक्ति वा संघ संस्थाले आ(आफ्नो पहुँचका आधारमा तराईका जिल्ला र सिमापारीबाट समेत मगाएका त्रिपालको संख्या जोड्ने हो भने सालाखाला १४ लाख भन्दा बढी नै त्रिपाल संकलन भइसकेका छन् ।


सरकारको पछिल्लो तथ्यांक अनुसार पूर्ण र आंशिक रुपमा क्षति भएका घरहरुको संख्या करीव ८ लाख छन् । तर १४ लाख थान भन्दा बढी त्रिपाल बाँड्दा अझै किन हाहाकार भयो त रु

जति पाल भित्रिए पनि गाउँ गाउँका भूकम्प पीडितसम्म अझै नपुगेपछि भन्सार विभाग र वाणिज्य विभागले त्रिपाल भित्र्याउने व्यवसायीक र्फमहरुमाथि निगरानी थालेका छन् । राहतको सामानमा भन्सार छुट हुने भएकाले यही मौकामा व्यापारीले त्रिपाल मगाएर लुकाएको आशंका गरिएको छ ।

‘सबै व्यापारी त्यस्ता छैनन् तर केहीको नियतमा शंका देखिएको छ,’ भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भने, ‘हामीले समन्वय गरेरै त्रिपाल लुकाउनेमाथि निगरानी बढाएका छौं ।’

स्रोतका अनुसार भन्सार छुटको मौकामा ठूलो परिणाममा सामान आयात गरेर ती कतिपय व्यापारीले गोप्य गोदाम खडा गरेको सूचना पाएपछि नेपाली सेनाले समेत त्यस्ता ठाउँको सूचना लिन थालेको छ । ‘यस्तो विपतको बेलामा जनता र राज्यलाई ठग्नेहरुलाई हामी छाड्दैनौं,’ उच्च सैनिक अधिकारीले भने ।

बजारमा त्रिपाल किन्न पाइँदैन । तर भन्सार विभागको रेकर्डअनुसार लाखौं थान त्रिपाल आइरहेका छन् । कतिपय आउने प्रक्रियामा पनि छन् । ८ लाख घरवारविहीन र घर भएकाहरु पनि भूकम्पको डरले बाहिर बस्ने भएकाले तीनलाई समेत जोड्दा पनि हाल भित्रिएका त्रिपालले सबैले पुग्नुपर्ने हो ।

वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाका अनुसार केही ठाउँमा त्रिपाल लुकाउने र कालो बजारी गर्नेमाथि कारवाही भएको छ । केही दिनअघि थलीमा स्थानीयले नै कालोबजारी गर्ने व्यवसायीलाई नियन्त्रणमा लिएर बुझाएका थिए ।

पाल कसले भित्र्याए ?

भन्सार कार्यालयका अनुसार यसपटक सबैभन्दा बढी त्रिपाल मिगाउने व्यवसायीक फर्महरुमा ग्यालेक्सी इन्टरनेशनल, बिना ट्रेड कन्सर्न, पशुपति मिल कन्सर्न, कमला इन्टरनेशनल, बिएलआर ट्रेड लिंक लगायतका छन् ।

मन्त्रीले बाँडेको आरोप


त्रिपाल शहरी विकास मन्त्रालयले किनेर वाणिज्य तथा आपूर्ति मन्त्रालयले वितरण गर्ने निर्णय सरकारले गरेको थियो । तर दुई मन्त्रालयबीच समन्वय राम्रो नदेखिएको एक मन्त्रीले बताए ।

शहरी विकास मन्त्री नारायण खड्कामाथि कांग्रेस सभासद र पहुँचवाला नेताहरुलाई मनपरी ढंगले चोर बाटोबाट त्रिपाल बाँडेको आरोप समेत लागेको छ । तर, मन्त्री खड्का सम्पर्कमा आउन चाहेनन् ।

एमाले सभासद यज्ञराज सुनुवारले भने, ‘राज्यले किनेका त्रिपाल वास्तविक पीडित जनतासम्म सरकारी च्यानलबाट जानुपर्नेमा मन्त्रीको संलग्नतामा असम्बन्धित व्यक्तिहरुले लिएर हिडेको सूचना छ ।’

विस्थापित खुला आकाशमा, पाल सिंहदरवारमा

सिंहदरवारस्थित नेपाल ट्रेडिङको गोदाममा अहिले पनि २५ हजार थान त्रिपाल थन्किएर बसेका छन् । काठमाडौंका थलीमा सिन्धुपाल्चोकबाट बिस्थापित भएर आएका आन्तरिक शरणार्थीहरु खुला आकाशमुनि छन् । तर २५ हजार थान त्रिपाल निकालेर बाँड्नेतर्फ सरकारी निकायले पहल गरेका छैनन् ।
-अनलाइनखबर डटकमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...