Monday, April 6, 2015

ग्रहदशा कटाउन पारसको पूजापाठ, भित्र पूजापाठ, बाहिर नाराबाजी

एकै दिन आधा दर्जन मन्दिरमा

पूर्वयुवराज पारस शाहले सोमबार राजधानीका आधा दर्जन मठमन्दिर र शक्तिपीठको दर्शन गरेका छन् । शिव सेनाका पदाधिकारीको सल्लाहमा पारसले पशुपतिनाथदेखि संकटा मन्दिरसम्मको दर्शन र पूजापाठ गरेका हुन् ।

बिहान ६स्३० बजे गुह्येश्वरी मन्दिर पुगेका पारस पशुपति मन्दिर दर्शन गरेर हनुमानढोकास्थित तलेजु मन्दिर पुगेका थिए । हरेक वर्ष महानवमीमा खुल्ने तलेजु मन्दिरको बाहिरबाट दर्शन गरेपछि उनी न्युरोडछेउको संकटा मन्दिर गएका थिए ।
पारसले परिवारसँग सम्बन्ध राम्रो होस् भन्दै मठमन्दिरमा पूजाअर्चना गरेको उनका सहयोगीहरूले बताएका छन् । ‘ग्रहदशा कटाउन र परिवारसँगको सम्बन्ध सुमधुर बनाउन पारस सरकारले पूजाअर्जना गर्नुभएको हो,’ पारससँगै मन्दिर पुगेका एक सहयोगीले भने, ‘विगतमा गरेका गल्तीका लागि क्षमायाचनासहित उहाँले पूजापाठ गर्नुभयो ।’

भित्र पूजापाठ, बाहिर नाराबाजी

 मन्दिर दर्शन तथा पूजापाठमा पारससँगै उनका निकट सहयोगी प्रभन्जन सिंहलगायत करिब १२ जना सहभागी थिए । ढाकाटोपी, कमिज, सुरुवालमा पारस मन्दिर गएका थिए । उनी मन्दिर पुग्दा समर्थकले समर्थनमा नाराबाजी गरेका थिए । विभिन्न मन्दिरको दर्शन गरेर उनी बिहान १० बजेतिर चन्डोलको कुण्डलिनी क्लब पुगेका थिए । थाइल्यान्डबाट फर्केपछि पारसले बाबुआमा र श्रीमतीसँग भेट गरेका छैनन् । श्रीमती हिमानी भारततिर लागेकी छिन् भने बाबु–आमा पनि जाँदै छन् । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...