Tuesday, January 27, 2015

पाकिस्तानी खेलाडीलाई 'भूत'ले तर्साएपछि....

विज्ञानले भूतुको अस्तित्व स्वीकार गर्दैन। उसले भूतलाई मनोवैज्ञानिक त्रासका रूपमा व्याख्या गर्छ। विज्ञानको विकास उत्कर्षमा पुगे पनि 'भूतुको त्रास भने कायमै रहेको पाइन्छ। 'भूतु आतंकका कारण पाकिस्तानी क्रिकेट टोलीका एक सदस्य ह्यारिस सोहेल यतिबेला चर्चामा छन्।

हाल टोलीसँगै न्युजिल्यान्डमा रहेका सोहेलले होटलमा राति अचानक भूतले तर्साएको भनी आत्तिएको खबर पाकिस्तानी सञ्चारमाध्यममार्फत विश्वभर छाएको छ। पाकिस्तानी क्रिकेट टोलीका व्यवस्थापक माभिद अक्रम चिमाका अनुसार सोहेलले सुतिरहेका बेला खाट हल्लाएको भन्दै मध्य रातमा प्रशिक्षकलाई फोन गरेका थिए।




त्यसपछि प्रशिक्षक सोहेल सुतेको कोठामा पुग्दा उनी निकै आत्तिएका थिए। प्रशिक्षकले बिमारी भएर भ्रम भएको हुन सक्ने बताए पनि सोहेलले आफूलाई भूतले नै तर्साएको दाबी गरेका थिए। होटल व्यवस्थापनले त्यसअघि उक्त कोठामा त्यस्तो घटना नभएको बताएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार घटनापछि सोहल ुट्रमाटाइज्डु भएका छन्। उनी प्रशिक्षणमा समेत सहभागी हुन डराएका छन्। यी अलराउन्डरले पाकिस्तानका लागि नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय र तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चिमाले सोहेलको स्वास्थ्य जाँच गरिए पनि कुनै समस्या नरहेको बताए।

'उनी अहिले ठिक छन् र क्रिकेटमा केन्द्रित हुन प्रयास गर्दै छन्। पहिला उनी बिरामी थिए। हामीलाई लाग्छ, बिरामीले गर्दा उनलाई त्यस्तो भयो, तर ह्यारिस मान्दै मान्दैनन्', चिमाले भने।

भूतका कारण तर्सिने ह्यारिस पहिलो क्रिकेटर भने होइनन्। इङल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोड र अस्ट्रेलियाका अलराउन्डर सेट वाटसन ुभूतुले तर्साएको दाबी गरेपछि चर्चामा आएका थिए।

ब्रोडले गत वर्ष इङल्यान्डकै एक होटलमा बस्ने क्रममा राति एक्कासि बिउँझिएको र बाथरुममा धारा एकाएक खुलेको बताएका थिए। उनले त्यतिबेला बत्ती बाल्दा धारो बन्द हुने र बत्ती बन्द गर्दा धारो खुल्ने अनुभव सुनाएका थिए।

वाटसन इङल्यान्डमै सन् २००५ मा स्थानीय होटलमा सुतिरहेका बेला भूतले तर्साएपछि आत्तिदै टिमका अर्का सदस्य ब्रेट ली सुतेको कोठामा पुगेको समाचार बाहिर आएको थियो। (एजेन्सी

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...