Thursday, January 8, 2015

शीर्ष नेतासामु गले सभासद्

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको अपुरो प्रतिवेदनमाथि करिव एक महिनासम्म चलेको छलफलमा बोल्ने कांग्रेस(एमालेलगायत सत्तापक्षका अधिकांश सभासदले संविधानसभाभित्रैबाट प्रक्रिया अगाडि बढाउन सभाध्यक्षलाई दबाव दिए। कतिपयले त अघिल्लो संविधानसभाको दृष्टान्त दिँदै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई फेरि पनि टुलुटुलु हेरेर नबस्न आग्रह गरे। आफ्नो भूमिकामाथि प्रश्न उठेपछि सभाध्यक्ष नेम्वाङले एमाले नेता सुरेन्द्र पाण्डेलगायतले बोल्दा बोल्दै रुलिङ नै गरे।


भित्रमात्र होइन सभासदहरुले दबाव समूह बनाएर विभिन्न दलका शीर्ष नेतासंग भेटी माघ ८ मै संविधान जारी गर्नेगरी तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए। संवाद समितिमा सयपटक पठाए पनि सहमति नहुने भन्दै त्यहा पठाउनै नहुने जिकिर गरे। संविधानसभाले चौथोपटकसम्म अन्तिम समयसीमा तोकेर दिएको समय संवादले खेर फालेकोमा उनीहरुको आपत्ति थियो। प्रक्रियाका लागि संविधानसभाभित्रै अनसन बस्नेदेखि शीर्ष नेताहरुलाई घेर्नेसम्मका उनीहरुको चेतावनी थियो।

करिव एक महिनादेखि चलेको यो उपक्रमले बिहीबार एकाएक फरक मोड लियो। प्रमुख राजनीतिक दलका शीर्ष नेताले संवाद समितिलाई पुस २९ गतेसम्म समय दिने सहमति गरे। कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गराई सभाध्यक्ष नेम्वाङले संवादलाई पुस २९ सम्म सहमति गर्न कि असहमतिका प्रस्ताव पेश गर्न समय थप्ने प्रस्ताव टेबल गर्दा एकैछिन अघिसम्म संवादमा पठाउनै हुन्न भन्ने सभासदहरुले थपडी बजाएर अनुमोदन गरिदिए। फरक कति थियो भने, थपडीमा गडगडाहट भने थिएन। राप्रपा नेपालको असहमति रहे पनि भारी बहुमतले प्रस्ताव अनुमोदन भयो।

आश्चर्य त के भने, संवादमा विवाद पठाउन थपडी बजाउने तिनैमध्ये कतिपय सभासद्हरुले प्रक्रियाका लागि दबाव दिन भोली (शुक्रबार० फेरि संविधानसभाको लोत्से हलमा भेला डाकेका छन्। दबाव समूह बनाएर अभियान चलाउनेमा चित्रबहादुर केसी, प्रकाश ज्वाला, चन्द्र भण्डारी, गगन थापा, भानुभक्त ढकाल, भीष्म अधिकारी रामहरि खतिवडा, राजन भट्टराई, विशाल भट्टराई, बद्री पौडेल, विक्रम पाण्डे, यज्ञराज सुनुवार, अइन्द्रसुन्दर नेम्वाङ, ऋषिराम पोखरेल, जीवन शाहीलगायत सभासद् छन्। कान्तिपुर दैनिकमा खबर छ । 

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...