Wednesday, January 21, 2015

जबर्जस्ती गरे प्रतिकार गर्ने ३० दलको निर्णय

प्रक्रियाको विरोध गर्दै सहमतिबाट संविधान जारी गर्न दवाब दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जबर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको छ। बुधवार बसेको ३० दलीय मोर्चाको बैठकले बिहीवारसम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै बिहीवार बस्ने संविधानसभा बैठकमा प्रश्नावली समिति बनाउने खोजे जसरी पनि रोक्ने निर्णय गरेको छ।



'भोली बस्ने संविधानसभा बैठकमा जवर्जस्ती प्रश्नावली समिति बनाउने निर्णय गरे जसरी पनि त्यसलाई रोक्ने निर्णय भएको छ,' बैठकमा सहभागी दल राष्ट्रिय खुम्वुवान पार्टीका सभासद आरके खुम्बुले भने,'प्रश्नावली समिति निर्माण भए संविधानसभा प्रक्रियमा जान्छ त्यसैले कुनै पनि हालतमा प्रक्रियामा जान नदिने निर्णय भएको छ ।'

बैठकले बिहीवार मुलुभरका जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने, राजधानीमा माइतघरमण्डलाबाट ११ बजे निस्कने जुलुसले संविधानसभा घेराउ गर्ने निर्णय गरेको छ ।

बिहीवार बस्ने संविधानसभाको बैठकमा सत्तापक्ष जसरी प्रस्तुत हुन्छ आफूहरु पनि त्यसैगरी प्रस्तुत हुने निर्णय भएको थरुहट तराइ पार्टीका नेता गोपाल दहितले जानकारी दिए । 'सत्तापक्षको प्रस्तुतीमा विपक्षीको रणनीति तय हुन्छ,' उनले भने ।

सभाध्यक्षले प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्न समय दिए भने जसरी पनि त्यसलाई रोक्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएको एक नेताले जनाए । उनका अनुसार कुनै पनि हालतमा संविधानसभालाई प्रक्रियामा लैजान नदिने र त्यसकालागि जस्तो सुकै व्यवहार गर्नुपरेपनि पछि नहट्न दाहालले निर्देशन दिएको ती नेतोले जनाए ।

बैठकले सत्तापक्षले पनि जसरी पनि माघ ८ मा संविधान जारी नगर्ने रणनीति लिएका कारण सहमति बन्न नसकेको निष्कर्ष निकाल्दै माघ ८ पछि सहमति हुन बैठमा एमाओवादी अध्यक्ष दाहालले विष्लेषण सुनाएको एक नेताले जनाए। 'माघ ८ मा संविधान ल्याउन कांग्रेस–एमाले पनि चाँहदैन थिए,' दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने,'जसरी पनि माघ ८ टार्ने उनीहरुको पनि योजना थियो। त्यसपछि भने सहमतिको पहल गर्नुपर्छ ।'

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...