Saturday, January 17, 2015

झिंगा सुराकी पनि हुनसक्छ

एजेन्सी । ‘झिंगा’ अनेक रोग सार्ने एउटा फोहोरी किराको रुपमा हामी चिन्छौ । तर अब यसको परिचय यतिमा मात्रै सीमित रहेन ।

विश्वकै खतरानाक जासुस परिचालन गर्ने अमेरिकी सेनाका अनुसन्धानकर्ताहरुले झिंगा आकारका स–साना रोबोटहरु बनाएर परिचालन गर्ने कार्य सुरु गरेका छन् ।


यस्ता झिंगा आकारका रोबोटलाई दुश्मनको अखडाहरुमा गोप्य तरिकाले परिचालन गर्ने अमेरिकी सेनाको तयारीको समाचार सार्वजनिक भएको छ ।

अमेरिकी सेनाको अनुसन्धान प्रयोगशालामा डा।रोन पोल्काविचको टोलीले यस्तो झिंगा बनाउने जिम्मेवारी पाएको छ ।

यसको लम्बाई ३ देखि ५ सेन्टिमिटर भएपनि यसको क्षमता भने स्पष्ट पारिएको छैन ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA