Wednesday, January 21, 2015

'एमाओवादी बोकोहराम हुन खोज्दैछ'

एमाले अध्यक्ष केपी ओलीले अन्तराष्ट्रिय रुपमा कुख्यात आतंकवादी समूह बोकोहरामको भूमिकामा एमाओवादी प्रस्तुत हुन खोजेको आरोप लगाएका छन्।

उनले भने, बोकोहरामको त्यो भारी नेपालमा हामीलाई बोकाउन खोजिदैछ। त्यो संभव छैन। त्यो भारी नेपाली बोक्दैनन्।'


नाइजेरियामा सक्रिय बोकोहरामले हजारौं मानिसको हत्या गरिसकेको छ। उनले एमाओवादीले संघीयताका नाममा जातजातीलाई उचालेर सुडान, नाइजेरिया, रुवान्डामा जस्तो जातीय युद्ध नेपालमा पनि निम्त्याउन खोजेको आरोप लगाए । उनले भने, जातजातीका बीचमा मारकाट फैलाउने र युद्ध गराउने संघीयता हामीले ल्याउन खोजेको होइन ।'

ओलीले माघ ८ मा संविधान आउन नसक्ने अवस्थाका लागि एमाओवादी नै मुख्य रुपमा जिम्मेवार रहेको बताएका छन्।आफ्नै निवास बालकोटमा संचारकर्मीसँगको भेटमा उनले भने, ुएमाओवादी कारण माघ ८मा संविधान बन्न नसक्ने अवस्था आयो।ु उनले अब प्रक्रियाबाट छिटै संविधान बन्ने बताए।

उनले चुनाव हारेर आएदेखि नै एमाओावदी संविधान बन्न नदिने षडयन्त्रमा लागेको बताए। संविधानसभामा नाराबाजी, तोडफोड तथा जुलुस कल्पना गर्न पनि नसकिने कुरा हो तर एमाओवादीले त्यही गर्‍यो। उनले भने, संविधानसभा नाराबाजी गर्ने, तोडफोड गर्ने र भीडन्त गर्ने ठाउँ होइन। उहाँहरुले संविधानसभाभित्रै जुलुस निकालिदिनुभयो।'

उनले आफूमाथि चार माइक प्रहार भएको बताउँदै भने,  पहिलो माइक मेरो छातीमा लाग्यो, दोस्रो माइक सभासद् ऋषि पोखरेललाई लाग्यो, तेस्रो माइक विद्या भण्डारीको खुट्टामा लाग्यो र चौथो माइक भूँइमा खस्यो। उनले योजनावद्ध रुपमा आफूलाई आक्रमण गरेको बताए।

उनले भने, माइक भाँच्ने, कुर्सी उचाल्ने अनेक तमशा देखाए, हेर्दा कहाँबाट आएका होलान् जस्तो लाग्यो । उनको प्रश्न थियो, यो कस्तो सभ्यता हो । माओवादीको असभ्यता र अराजकताप्रति संकेत गर्दै भने, ुगरु नांगै देख्दा मलाई लाज लागेको छैन।'

उनले तीन महिना बाबुराम भट्टराईले कांग्रेस एमालेको खुट्टा समाएर अममलाएको बताए। 'हरेक पाइलमा उनले हामीलाई समाएर अड्काए, उनले भने।
अन्नपूर्ण पोस्ट.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...