Wednesday, January 21, 2015

‘बामदेवले भिजिलान्ते लगाएर मेरो टाउको फुटाए’

एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि राज्यद्वारा परिचालित ‘भिजिलान्तेले’ आक्रमण गरेको बताएका छन् ।

नर्भिक अस्पतालमा उपचाररत शर्माले बुधबार स्वास्थ्य अवस्था बुझ्न गएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साग त्यस्तो बताएका हुन् ।

शर्माले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको निर्देशनमा खटिएका सरकारी ‘भिजिलान्ते’ ले छानीछानी आफू, सभासदद्वय महेन्द्रबहादुर शाही र दलजित श्रीपालीमाथि आक्रमण गरेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।


मंगलबार संविधानसभामा भएको घटनाको रिस फेर्न सरकारले प्रहरीलाई भिजिलान्तेका रुपमा प्रयोग गरेर आफूहरुमाथि आक्रमण गराएको उनको दाबी थियो । उनले घटना छानबिनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि प्रचण्डलाई आग्रह गरेका छन् ।

‘संविधानसभामा हामीले गरेको प्रतिवादको बदला लिन बामदेवले भिजिलान्ते लगाएर छानीछानी आक्रमण गराए’, शर्माले भने, ‘यसको छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ ।’

मंगलबार साँझ संविधानसभा बैठकपछि प्रचण्ड बन्दकर्तालाई सम्बोधन गर्न जाने क्रममा बन्दकर्ताको भिडबाट हानिएको ढुंगा लागेर शर्माको टाउको फुटेको थियो । त्यस क्रममा प्रचण्डलाई जोगाउन सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...