Thursday, January 1, 2015

खराब मौसम ‘शनिबारसम्मै’

अरेबियन र भू–मध्यसागरमा विकास भएका दुई मौसम प्रणाली पश्चिम नेपालबाट एकैचोटि भित्रन थालेपछि पुसको ठिही पारिलो घामले भगाइरहेका सर्वसाधारण बिहीबार निकै चिसिए।

मौसमविदका अनुसार अझै दुई दिन हावापानीमा सुधार आउने छाँट छैन, अधिकतम र न्यूनतम तापक्रम घट्दा थप चिसोको सामना गर्नुपर्ने अवस्था छ। पश्चिमबाट भित्रिएका मौसम प्रणालीले बिहीबारदेखि नै देशभर बदली र कतिपय स्थानमा छिटपुट वर्षा गराए। अघिल्लो दिनको तुलनामा बिहीबार अधिकांश स्थानको तापक्रम घटेको छ। जल तथा मौसम विज्ञान महाशाखाको तथ्यांकले बिहीबार कहीँ अधिकतम र कहीँ न्यूनतम तापक्रम घटेको देखाएको छ।



मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म खराब मौसम रहने अनुमान गरे पनि भारतीय मौसम पूर्वानुमान केन्द्रले २० गते र अन्य मौसम वेभसाइटले २४ गतेपछि मात्र काठमाडौंको मौसममा पूर्ण सुधार आउने प्रक्षेपण गरेका छन्।

महाशाखाका मौसमविद मीनकुमार अर्यालले यसबीचमा देशभरकै अधिकतम र न्यूनतम तापक्रम औसतमा ४ र १ देखि साढे १ डिग्री सेल्सियससम्म झर्न सक्ने बताए। उनले पश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा धेरै र मध्यपूर्वी क्षेत्रमा कम हिमपात हुने जानकारी पनि दिए।

‘देशभरकै अधिकतम र न्यूनतम तापक्रम घटेकाले जाडो अझ बढ्छ,’ उनले बिहीबारसा”झ नागरिकस”ग भने, ‘यसको सबैभन्दा बढी प्रभाव पश्चिम र मध्यनेपालमा पर्छ, आइतबारदेखि मात्र सुधार आउ”छ।’ अर्यालका अनुसार वर्षा जति बढी भयो, त्यति तापक्रम घट्ने सम्भावना छ। नागरिक दैनिकमा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...