Thursday, January 15, 2015

'माघ ८ सम्म संविधान मस्यौदा समितिमा'

कांग्रेस(एमालेले संविधानसभाको प्रक्रियाबाट संविधानका विवादित विषय टुंग्याएर माघ ८ सम्म संविधानको पहिलो मस्यौदा संविधान मस्यौदा समितिमा पुर्‍याउने निर्णय गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । दुई दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न भएको छलफल यस्तो निष्कर्षमा पुगेको हो।

बैठकले सहमतिका लागि अधिकतम लचिलो हुने निर्णय गरेको छ। आफूहरूलगायत दुई तिहाइ सभासद् रहेका दलहरूको संविधानसभामा विचाराधीन साझा अवधारणा परिमार्जन गर्न पाँचजनाको अनौपचारिक कार्यदल पनि बनाएको छ।


एमाओवादी र मधेस केन्द्रित दलहरूलगायत असहमत पक्षहरूका कुरासमेत समटेर यसअघि संवाद समितिमा प्रस्तुत नौबुँदे अवधारणाबाट पनि दुवै दल लचिलो हुन तयार भएका हुन्। कार्यदलमा कांग्रेसका कानुनमन्त्री नरहरि आचार्य, सहमहामन्त्री पूर्णबहादुर खड्का र पूर्वमन्त्री रमेश लेखक तथा एमालेका उपाध्यक्ष भीम रावल र मुख्य सचेतक अग्नि खरेल छन्।


दुवै दलको संयुक्त बैठक बस्नुअघि एमाले स्थायी कमिटी बैठक बसेर अधिकतम लचिलो हुने निर्णय गरेको थियो भने कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेर एमाओवादी र मधेस केन्द्रित दल पनि समेट्न नेतृत्वलाई सुझाव दिएको थियो।

कांग्रेस नेता खड्काले भने, संविधानसभामा प्रश्नावली प्रस्तुत हुने होइन, संविधानसभा नियमावलीको नियम ४० अनुसारको प्रस्ताव पेस हुने हो। दुवै दल संविधानसभाबाट निर्णय गर्न सजिलो हुने हिसाबले प्रस्ताव तयार पारी प्रस्तावका पक्षमा हुने सदस्यले हुन्छु र विपक्षमा हुने सदस्यले हुन्न भन्नुस् भन्ने विधि अपनाएर अघि बढाउने पक्षमा छन्।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...