Thursday, January 1, 2015

महिलालाई छुट्टै बस

सार्वजनिक बसमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुव्र्यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरूका लागि अब छुट्टै बससेवा सञ्चालन हुने भएको छ।

आजको अन्नपूर्ण दैनिकमा समाचार छ, यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्रै स सञ्चालन गर्ने भएको हो।


संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट चल्ने आफ्ना गाडीमध्ये चारवटा महिलाका लागिमात्रै चलाउने निर्णय गरेको छ। ऋहिले १४ किलोमीटर लामो यो रुटमा संघका १७ सिटका ४० वटा बस चल्छन्।
संघका अध्यक्ष भरत नेपालका अनुसार महिलाका लागिमात्र चलाइने बसका चालक हाललाई पुरुष भएपनि सहचालक केही महिला रहनेछन्।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...