Thursday, January 8, 2015

माफी नमागी हुन्‍न: यादव/म माफी माग्‍दिनँ: ओली

सत्तासीन एमाले अध्यक्ष केपी ओली र विपक्षी मधेस केन्द्रित दलका नेता दुवैले आफ्नो अपमान भएको बताएका छन्। ओलीले आफ्नो पनि अपमान भएको भन्दै आफूले माफी नमाग्ने जबाफ मधेस केन्द्रित दलका नेतालाई दिएका छन्।

मधेस केन्द्रित दलका नेताले भने ओलीले माफी नमागेसम्म एमालेसँग हुने कुनै पनि वार्तामा सहभागी नहुने बताएका छन्।




कांग्रेस, एमाले, एमाओवादी र मेधसी मोर्चाका नेता सहभागी बुधबारको बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरसहित समथर भूभाग मधेस प्रदेशमा समेटनुपर्ने माग गरेपछि ओलीले भारतको उत्तर प्रदेश, बिहार र घरका आँगन पनि समथर रहेको टिप्पणी गरेपछि मधेसी दल बैठक छाडेर हिँडेका थिए।

तपाईंले मधेस केन्द्रित दलका नेताहरूको अपमान गर्नुभएको आरोप छ नि भन्ने जिज्ञासामा ओलीले बिहीबार संविधानसभा भवन परिसरमा पत्रकारसँग भने, 'बिस्तारै कुरा राख्दै गर्दा उहाँहरू बुरुक्क उफ्रिनुभयो।

मैले नराम्रो केही बोलेको छैन। त्यसले गर्दा मेरो अपमान भयो।' तपाईं माफी माग्नुहुन्छ त भन्ने अर्को जिज्ञासामा ओलीले हाँस्दै भने, 'माफी १।।।ए माफी।।।१ आवेश र उत्तेजनामा आएर काम गर्नु हुँदैन।'

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीको अभिव्यक्तिले मधेसी समुदायको अपमान भएको बताए। मधेसी समुदायलाई होच्याउने, अपमानित गर्ने अधिकार उहाँलाई छैन।

उहाँको अभिव्यक्तिप्रति हाम्रो आपत्ति हो, संविधानका विषयमा होइन। उहाँले माफी नमागेसम्म एमालेसँगको वार्तामा नबस्ने निर्णय गरेका हौुं, यादवले भने।

ओलीले ठट्टा गर्नुभएको हो रे नि भन्ने जिज्ञासामा यादवले भने, 'मधेस ठट्टाको विषय हो ररु मधेसलाई ठट्टाको विषय बनाउन पाइँदैन। मधेसीलाई अपमान गर्न पनि पाइँदैन।'

मधेसी र जनजातिलाई होच्याउने, मधेसका जिल्लामा सेना र सशस्त्र प्रहरी परिचालन गर्ने तथा अपमानित गर्ने क्रियाकलापले संविधान नबन्ने पनि उनले बताए। उनले भने, 'गैरजिम्मेवार क्रियाकलाप संविधान निर्माणको बाधक भएको हो।'

यादवले राजनीतिक दलका नेताहरू संविधान निर्माणमा गम्भीरतापूर्वक नलागेको आरोप पनि लगाए। ुसंविधान निर्माणका एजेन्डामा प्रवेश नै भएको छैनु, उनले भने, 'उपेक्षित र उत्पीडित मधेसी जनताले स्वाभिमान र अधिकार मागेका हुन्।'  अन्न्पुर्ण पोस्टमा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...