Monday, January 26, 2015

दुनियाको सबैभन्दा ठूलो गोलभेँडा, तौल डेढ किलो

एउटा गोलभेँडाको गेडाको तौल कति होला रु कल्पना गर्न सक्नुहुन्छ, डेढ किलो तौल भएको गोलभेँडा रु बजारमा डेढ किलो गोलभेँडा किन्न एउटा प्लास्टिक भरि दर्जनौँ गोलभेँडाका गेडा बोकेर आउने हाम्रो लागि डेढ किलो तौल भएको एउटा गोलभेँडाको गेडाको विषय साँच्चीकै नौलो हो ।

यो हाम्रोलागि मात्र होइन विश्वभरकै लागि नौलो कुरा हो । बेलायतमा विश्वकै अहिलेसम्मकै ठूलो गोलभेँडा फलेको छ ।



सामान्य गोलभेँडाको गेडाभन्दा १२ गुणा ठूलो यो गोलभेँडाको तौल तिन पाउण्ड अर्थात् १ किलो ३ सय ६० ग्राम छ ।

१० इन्च चौडा रहेको यो एउटै गोलभेँडाको सलाद वा अचारले पूरै ४ परिवारलाई पुग्छ । अर्थात् यसको एउटा टुक्राले पूरै एउटा बर्गरलाई भर्दछ ।

यो भिमकाय गोलभेँडा फलाउने रुख सामान्य गोलभेँडाको रुख होइन । यो विशेष आनुवंशिक पद्धतिबाट विकाश गरिएको गिग्यान्टोमो नामक गोलभेँडाको रुख हो । यो रुख ६ फिट सम्म अग्लो हुने र एउटा रुखमा ११ वटासम्म गोलभेँडा फल्ने मिरर अनलाइनले जनाएको छ । सबै गोलभेँडाको तौल रुखले धान्न नसक्ने भएकाले रुखलाई भाँचिनबाट रोक्न थाक्रो हाल्नु आवश्यक हुन्छ ।

अमेरिकी तथा बेलायती वैज्ञानिकहरुले एक दशकसम्मको अनुसन्धानपछि यो गोलभेँडा फलाउन सफल भएका हुन् । यो किर्तिमानी गोलभेँडा विकाश गर्ने बेलायती वैज्ञानिक सिमोन क्राफोर्ड र अमेरिकी वैज्ञानिक पाउल थोमस हुन् । थोमसको यसअघि नै निधन भैसकेकाले आफुले उत्पादन गरेको किर्तिमानी गोलभेँडा भने देख्न पाएनन् । तत्कालका लागि यो जातको गोलभेँडा र बिउ बेलायतको लिंकनसायरको एउटा बिक्रेताकहाँ मात्र किन्न पाइन्छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...