Tuesday, December 16, 2014

प्रतिबद्धता नभुल्न सहयात्री दलहरुलाई एमालेको ध्यानाकर्षण

एमालेले समयै संविधान जारी गर्न गरेको प्रतिबद्घता नबिर्सन सहयात्री दलहरुको ध्यानाकर्षण गराएको छ ।

उसले संविधान  निर्माणमा भइरहेको ढिलाइका कारण  स्थिति गम्भिर बन्न थालेको निष्कर्ष निकाल्दै एमालेले अरू दलहरूलाई आफ्नो प्रतिबद्धता नबिर्सन आग्रह गरेको हो  ।  झण्डै डेढ साता चलेर मंगलबार सकिएको केन्द्रिय समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै माघ ८ भित्रै संविधान जारी गर्ने दिशामा सहमति खोज्ने निर्णय गरेको छ ।

ुसंविधान निर्माणमा भइरहेको ढिलाइ र दलहरूबीचको मतभिन्नताका कारण जनतामा  चिन्ता बढदै गएको तथा  विभिन्न रूपमा अतिवादी तत्वहरू सल्बलाउन लागिरहेको एमालेको ठहर छ । संविधानसभा निर्वाचनका बेला सबै दलहरूले गरेको प्रतिवद्धता, जनतासमक्ष दलहरूले पटक(पटक गरेका वचनबद्धता तथा संविधानसभाले सर्वसम्मत ढंष्ले पारित गरेको कार्यतालिकाबमोजिम नै माघ ८ भित्रै संविधान जारी गरिनुपर्छु विशेष प्रस्तावमा उल्लेख छ ।


विवादित विषयमा सहमति खोज्न अन्तिम समयसम्म पनि क्रियाशील रहने उल्लेख गर्दै एमालेले कुनै निश्चित बिषयमा कुनै दल या संविधानसभा सदस्यको असहमति रहे  लोकतान्त्रिक विधिका आधारमा भए पनि एउटा निकर्षमा पुग्नेपर्ने धारणा अघि सारेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...