Tuesday, December 16, 2014

बलात्कृत पूजालाई न्याय दिलाउँने कानुनमन्त्रीको प्रतिबद्धता

प्रिय पूजा
तपाईले २०७१ पुष १ गते कान्तिपुरमा मलाई सम्बोधन गरेर लेख्नुभएको पत्र पढेर म स्तब्ध भएँ। तपाईमाथि भएको चरम अमानविय र क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ। यस अपराधसँग जोडेर तपाईले उठाउनु भएको अलालती न्यायको निष्पक्षता माथिको प्रश्न मुलुकको न्याय र कानुनमन्त्रीको रुपमा मेरा निम्ति चिन्ता र चुनौतीको विषय बनेको छ।
बैतडी जिल्ला अदालतले बलात्कारका दोषी ठहर गरेर कैद र जरिवाना गरिसकेका ब्यक्तिहरुलाई पुनरावेदन अदालत बैतडीले केका आधारमा निर्दोष सावित गरेर छाडिदियो भन्ने कुराको यथार्य छानबिन गर्न मैले न्यायपरिषदका सम्माननीय प्रधानन्यायाधिशसमक्ष औपचारिक पत्र लेखेको छु।


मंगलबार बसेको न्यान्य परिषदको बैठकमा यस विषयमा गंभीरताका साथ छलफल भएको छ। मैले महान्यायाधिबक्ता कार्यालयमा पनि सम्पर्क राखेर तपाइको मुद्धाको वर्तमान अवस्थाबारे जानकारी लिएँ। सम्मानित सर्वोच्च अदालतले तपाइलाई न्याय दिलाउने छ भन्ने मैले विश्वास लिएको छु ।
कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...