Tuesday, December 16, 2014

चिनियाँ जहाज कोइली पोखरा उड्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा प्राप्त दोस्रो जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ।

यो जहाजको पहिलो गन्तव्य पोखरा रहेको छ। पोखराका लागि दैनिक दुई उडान राखिएको निगमले जनाएको छ। पहिलो उडान बिहान ८ बजे र दोस्रो दिउँसो २ बजेलाई राखिएको छ। पोखराबाट बिहान ९स्१० बजे र दिउँसो ३स्१० बजे फर्कने तालिका बनाइएको छ।


निगमले भाडा दर प्रतियात्रु ३ हजार १० रुपैयाँ तोकेको छ। प्रवर्द्धनात्मक भाडा दर सम्पूर्ण करसहित भएको निगमले जनाएको छ। विदेशी यात्रुका लागि भने करसहित ९० अमेरिकी डलर तोकिएको छ।

निगमले गत कात्तिक १७ मा चीनबाट ल्याएको १८ सिट क्षमतायुक्त वाई१२–ई जहाजले हालै उडानयोग्यता परीक्षण उडान र प्रुभिङ फ्लाइट गरेको थियो।

यो जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गत आइतबार वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र एओसी प्रदान गरेको थियो। त्यसपछि यो जहाजबाट नियमति उडान गर्ने बाटो खुलेको हो। प्राधिकरणबाट ९एन–एकेएस कलसाइन पाएको यो जहाजलाई निगमले कोइली चराको नाम दिएको छ। यसलाई पश्चिम क्षेत्रका दुर्गम भेगका विमानस्थलमा उडाउने निगमको योजना छ।यसअघि आएको अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त मोडर्न आर्क ९एमए–६०० ले नियमित उडान गरिरहेको छ। नागरिक दैनिकमा समाचार छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...