Wednesday, December 17, 2014

उपकुलपतिकै हस्ताक्षर कीर्ते

गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको रूपमा परिचय बनाउन सफल काठमाडौं विश्वविद्यालयका उपकुलपतिको हस्ताक्षर र विश्वविद्यालयको छाप कीर्ते भएको खुलासा भएको छ।  विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजू श्रेष्ठको हस्ताक्षर र विश्वविद्यालयको दुरुस्तै छाप बनाई कीर्ते गरी केही व्यक्ति हरू विश्वविद्यालयको विद्यार्थी भन्दै विदेश जाने तयारी गरेपछि यो रहस्य बाहिर आएको हो।
 
फ्रान्समा हुने रिसर्च एसोसिएसनको लागि १३ औं इन्टरनेसनल सम्मेलनमा भाग लिन जाने भन्दै ६ जनाले उपकुलपति माकजू र विश्वविद्यालयको छाप कीर्ते बनाई भिसा माग गरेका थिए। सम्मेलनमा भाग लिनका लागि विश्वविद्यालयको विद्यार्थी भन्दै रामचन्द्र गोदार, डेबिड गुरुङ, कैलाश गरुङ, पुनम बानियाँ, विक्रम पौडेल र सुवास ढकालले भिसा माग गरेका थिए।
 

उनीहरूले भारतमा रहेको फ्रान्सको दूतावासमार्फत भिसा माग गरेको पाइएको छ। उनीहरूले भिसाको माग गरेपछि दूतावासले भिसा दिन विश्वविद्यालयका विद्यार्थी हो वा होइनरु भनेर काठमाडौं विश्वविद्यालयमा पत्राचार गरेपछि मात्रै रहस्य बाहिर आएको हो।

कीर्ते गरी भिसा माग गर्ने ६ जना विश्वविद्यालयका विद्यार्थी नभएको भन्दै विश्वविद्यालयका रजिष्ट्रार डाक्टर भोला थापाले कीर्तेमा संलग्न ६ जनालाई आवश्यक कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...