Tuesday, December 16, 2014

राजेश हमालले भने - 'भर्खर त बिहे भयो, प्रोडक्सन भैहाल्छ नि'

अभिनेत्री नम्रता श्रेष्ठको प्रोडक्सन कम्पनीको सुरुवात कार्यक्रममा अतिथिका रुपमा आएका राजेश हमाललाई पत्रकारले सोधे, 'तपाईँको चाहिँ आफ्नै प्रोडक्सन कम्पनी खोल्ने विचार छैनर ?'

धेरैजसो गम्भीर भएर प्रस्तुत हुने राजेश आज भने मजाक गर्ने मुडमा देखिए। उनले पत्रकारलाई ठट्यौलो उत्तर दिए, 'भर्खर त बिहे भएको छ। प्रोडक्सन भैहाल्छ नि।'



नेपाली फिल्मका कलाकार तथा निर्माता र निर्देशक निम्त्याइएको कार्यक्रममा हाँसो फैलियो।

प्रमुख अतिथि सञ्चार मन्त्री मिनेन्द्र रिजाल पनि खित्का छाडेर हाँसे। 'मेरो प्रोडक्सन जारी छ' राजेशले भने। पहिलोपोस्ट.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...