Wednesday, December 17, 2014

दलाइ लामा अन्तिम हुनसक्ने

तिब्बतका निर्वासित आध्यात्मिक गुरु दलाई लामाले यो उपाधि पाउने आफू अन्तिम व्यक्ति हुनसक्ने स्वीकार गरेका छन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । बिबिसीको न्युजनाइट कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा दलाई लामाले यो पद कसरी अगाडि बढ्छ भन्ने कुरा भविष्यले नै निर्धारण गर्नेसमेत बताए।
 
उनले आफ्नो मृत्युको समयमा हुने परिस्थिति र तिब्बतीहरूले पदबारे निर्णय लिने बताए। चीनले सधैं अर्को दलाई लामाको चयन गरिने बताइरहेको छ। नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई चीनले पृथकतावादी व्यक्तिको रूपमा लिने गरेको छ। तर, दलाई लामाले चीनसँग मिल्न सकिने बताइरहेका छन्।
 
दलाई लामा सन् १९५९ मा भागेर भारत आएका थिए, त्यतिबेला तिब्बतमा विद्रोहको कोसिसलाई चीनले दबाएको थियो। दलाई लामाले हङकङमा जारी प्रजातन्त्रसमर्थक प्रदर्शनको बारे पनि बोलेका छन्।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...