Monday, December 22, 2014

'नेपालको नयाँ संविधान पर्खंदै भारत'


भारतीय संसद्का सदस्य एवं कांग्रेस पार्टीका वरिष्ठ नेता करण सिंहले भारत नेपालको नयाँ संविधानको पर्खाइमा रहेको बताएका छन्।  आफूलाई नेपालको ज्वाइँ भनी परिचित गराउन चाहने सिंहले भने, कहिले अग्रभाग तथा कहिले पृष्ठभागमा रहेर नेपालसँग ६० वर्षदेखि निकट छ। हामीले अहिले नेपालको नयाँ संविधानका लागि व्यग्रतापूर्वक पर्खिरहेका छौं।

नयाँदिल्लीमा नीतिगत समूह तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्टारटेजिक स्टडिजले नेपाल(भारत वार्ता विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सिंहले २० औं शताब्दीको दक्षिण एसियाको मानव इतिहास मृत्युको शताब्दी भएको टिप्पणी गरेका थिए।


सबै दक्षिण एसियाली मुलुकमा द्वन्द्व कायम रहे। यो साझा समस्या सार्कलाई सृदृढ गरी समाधान गर्नुपर्छ। सार्कलाई युरोपेली संघ मोडेलमा रूपान्तरण गरी द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुपर्छु, उनले भने।

 बौद्धवाद तथा हिन्दुवादका आधारमा नेपाललाई पर्यटकको आकर्षक केन्द्र बनाउन सकिने उनको भनाइ थियो। उनले नेपाल र भारतबीच जलविद्युत् विकासका लागि भएका सम्झौता १६ वर्षसम्म अगाडि बढ्न नसक्नु दुस्खद भएको पनि बताए।

कार्यक्रममा नोबेल पुरस्कार बिजेता पिके पाचुरीले नेपाल तथा भारतले जलवायु परिवर्तन सम्बन्धमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम एकसाथ गर्नुपर्नेमा जोड दिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...