Thursday, December 18, 2014

रंगशाला निर्माणमा कतारमा चार सय नेपालीको मृत्यु

कतार हुने विश्वकप फुटवलका लागि रंगशाला निर्माणको क्रममा अहिलेसम्म चार सय नेपालीको मृत्यु भएको छ । आगामी सन् २०२२ मा कतारमा गर्न लागिएको विश्वकप फुटवलको लागि भौतिक पूर्वाधार निर्माणका लागि ठूला संख्यामा नेपाली कामदारहरु परिचालित छन् । फुटवलको महामेला विश्वकप आयोजनाका लागि कतारले रंगशाला निर्माणदेखि भौतिक संरचनाहरु निर्माण कार्य तीब्र गतिले अघि बढाएको छ ।



कतारमा भौतिक पूर्वाधारहरु निर्माण कार्य धेरै भएकाले कतारले अझै ठूलो परिमाणमा नेपाली कामदारहरुको लिने जनाईसकेको छ । विश्वकप फुटवलको तयारीका लागि ठूलो संख्यामा श्रम सम्झौता हुने भए पनि कठिन काम हुने भएकाले जोखिम पनि उत्तिकै छ । नेपाली श्रम विक्रीसँगै ज्यान जाने जोखिम पनि उत्तिकै रहेपछि प्रवासी नेपालीहरुको हितमा काम गर्दै आएका संस्थाहरु तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु समेत चिन्तित छन् ।

बेलायतबाट प्रकाशन हुने अन्र्तराष्ट्र्रिय पत्रिका ‘द गार्जियन’मा प्रकाशित पछिल्ला रिपोर्ट अनुसार सन् २०२२ मा कतारमा हुुने विश्वकप फुटवलको रंगशाला निर्माणका क्रममा २०१० देखि २०१३ सम्म चार सय नेपालीले ज्यान गुमाएको उल्लेख छ ।

निर्माण संकिँदासम्म चार हजार श्रमिकको मृत्यु हुन सक्ने अन्तर्राष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ को अवसरमा बिहीवार बीडब्लुआईले राजधानीमा गरेको अन्तरक्रियामा बीडब्लुआईका संयोजक जेबी गुरूङले सोही अनुपातमा मृत्युदर कायम हुने हो भने निर्माण संकिँदासम्म चार हजार श्रमिकले ज्यान गुमाउने आशंका गरे । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दैनिक लास भित्रिने गरेकोले सरकार गम्भीर हुनुपर्ने गुरुङ्ले बताए ।

पछिल्लो समयमा नेपाली महिलाहरूसमेत विदेशीने दर अत्याधिक वृद्धि भइरहेको र उनीहरु विदेशमा यौन हिंसा, दुव्र्यवहार र उत्पीडनमा परेकोले तत्कालिन सन्दर्भमा राज्यस्तरबाटै तत्काल ध्यान दिन आवश्यक रहेको गुरुङ्ले बताए ।

श्रमको सिलसिलामा विदेशिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय हुँदासमेत सरकार गम्भीर नभएको उनले गुनासो गरे । प्रवासी नेपालीहरुको क्षेत्रमा काम गर्दै आएको बीडब्लुआईले गत बैशाख १४ गते प्रवासी श्रमिकका हक अधिकारका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । अनलाइनखबर.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...