Saturday, December 20, 2014

राहदानी फारम विग्रिए एसएमएसबाटै सूचना

तपाईँको मोबाइलमा ६००१ नम्बरबाट एसएमएस आएको छरु आएको भए राम्रोसँग पढेर मात्र डिलिट गर्नुहोला। किनकि, परराष्ट्र मन्त्रालयअन्तर्गत रहदानी विभागले तपाईँलाई जरूरी सूचना पठाएको हुनसक्छ, आजको नागरिकमा खबर छापिएको छ।

राहदानी विभागले यसैसातादेखि राहदानीका लागि बुझाएको फारम बिग्रिए सम्बन्धित ब्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउन थालेको छ।

बिग्रिएको फारम सच्याउन आउँदा सहज होस भनेर विभागले एसएमएसमा फारम भर्दा के समस्या भएको छ त्यो पनि खुलाउने गर्छ।
राहदानी सेवालाई अझ बढी उत्तरदायी बनाउन सेवाग्राहीलाई  यस्तो सुविधा उपलब्ध गराउन थालेको विभागले जनाएको छ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...