Sunday, December 21, 2014

सहमति नभए ८० प्रतिशत बढीको समर्थनमा संविधान : ओली

एमाले अध्यक्ष केपी ओलीले एमाओवादीलगायतका केही दल संविधान नबनाउने र बन्न पनि नदिने ढंगले प्रस्तुत भइरहेको दाबी गर्दै अब दुई तिहाईभन्दा बढी मतले संविधान जारी गर्ने दाबी गरे।  सहमतिका लागि अधिकतम लचिलो हुँदा पनि एमाओवादीलगायतका दलले संविधान निर्माणभन्दा पनि मोर्चाबन्दी र आन्दोलनका कार्यक्रम तयार पार्न थालेपछि उनीहरुको नियत स्पष्ट भइसकेको ओलीले बताए। ुउहाँहरुको छाँटकाँट संविधान नबनाउने र बन्न  पनि नदिने जस्तो छु अध्यक्ष ओलीले आइतबार कान्तिपुरसँग भने, ुसहमतिका लागि हामी तयार छौं तर कोही सहमति हुनै नदिने कसम खान्छ, त्यस्तो ढंगले अघि बढ्छ भने अब पर्खेर बस्न सकिदैन संविधानसभाको ८० प्रतिशतभन्दा बढी मतले संविधान जारी हुन्छ।


आजको कान्तिपुर अगाडि लेख्छ( शनिबार भएको प्रमुख चार दलको बैठकमा आफूले मोर्चाबन्दी नगरौं, संविधान जारी गरौ भन्ने आग्रह गर्दा एमाओवादी अध्यक्ष बम्किएर हिडेको ओलीले स्पष्ट पारे। प्रधानमन्त्री सुशील कोइरालाले सुरुमै मोर्चाबन्दी नगरौ भन्ने कुरा  गरेपछि पनि त्यसैलाई समर्थन गर्दै आफूले संविधान जारी गर्ने दिशातर्फ  लाग्न आग्रह गरेको ओलीले बताए। ुमोर्चा बनेदेखि नै मैले भन्दै आएको थिएँ, मोर्चा नबनाऔ, यसमार्फंत् आवेश उत्तेजना फैलाउने काम नगरौुं अध्यक्ष ओलीले भने,ुत्यही कुरा मैले नम्र भाषमा सानो स्वरमा भनेको थिएँ, तर यो कुरा सन्नेवित्तिकै प्रचण्डजी आफै बुरुक्क उफ्रर हिड्नुभयो।ु

एमाओवादी र मधेसी दलहरुका तर्फबाट आएको विचार तथा प्रस्ताव मुलुकलाई झन् समस्यामा पार्ने खालका रहेकाले त्यसमा सहमत हुन नसकिने ओलीले भनाइ थियो। ुसहमतिका नाममा हामी देशलाई रुवाण्डा बनाउने खालका बिषयमा सम्झौता गर्दैनौ, देशमा विखण्डन आउने खालका विचारमा सहमत हुन सक्दैनौुं अध्यक्ष ओलीले भने।

सबै जातजाति भाषाभाषी मिलेर बसेको ठाउँमा उत्पात मच्चाउने, जातीयता, क्षेत्रीयताको बिषय उछाल्नेलगायतका काम भइरहेकाले त्यसमा कुनै हालतमा सहमत नहुने ओलीले बताए। ुहिमाल, पहाड र तराई मिलेर बनेको देशमा तराईलाई पहाडसँग मिलाउनै नहुने रे रुु अध्यक्ष ओलीले भने,ु यसको पछाडिको नियत, उद्देश्य र कारण  के हो  रुु  

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...