Sunday, August 3, 2014

प्रधानमन्त्रीले थर्काए सञ्चारमन्त्री मिनेन्द्र रिजाललाइ

प्रधानमन्त्री सुशील कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नराम्ररी ‘थर्काए’ का छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग झोक्किएका हुन् । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’, रिजाललाई हपारेको देखेका कोइरालाका एक सहयोगीले भने, ‘यो ठीक भएन, तपाईं ‘ओभरस्मार्ट’ बन्न खोज्नुभयो ।’



ती सहयोगीका अुनसार भारतीय समकक्षीका अगाडि आफ्नै मन्त्रिपरिषदका सदस्यले गरेको त्यस्तो व्यवहारबाट कोइराालले अपमानित महसुस गरेका छन् ।
ती सहयोगीका अनुसार रिजालले आफूले अपमान नभई मोदीलाई छेकेकाले सहयोग मात्र गरेको जवाफ दिएका थिए ।

मोदीलाई कोइरालाले पुष्पगुच्छा दिएर स्वागत गरेदेखि मोदी कारगेटमा नचढेसम्म रिजालले पटकपटक कोइरालाको कोटमा समातेर तानेका थिए ।
-kathmandutoday

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...