Thursday, May 22, 2014
Saturday, May 17, 2014
Friday, May 16, 2014
दृष्टि बनिन् नयाँ लिटिल मिस युनिभर्स
टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी दृष्टि दाहालले शीर्ष उपाधि लिटिल मिस वल्र्ड युनिभर्स जितेकी छिन् ।मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया उनले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् । दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।
दृष्टिले उपाधिसँगै प्रशंशा पत्र तथा विभिन्न उपहार र पुरस्कार पनि हात पारिन् । प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् ।दृष्टि आमा यशोदाका साथ टर्की गएकी थिईन् । प्रतियोगितामा सहभागिता जनाउनु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।
इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।
राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट«िय प्रतियोगितामा सात उपाधि नेपाल भित्रयाईसकेको छ । संस्थाले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजना गर्ने तयारी गरिरहेको छ ।
Subscribe to:
Comments (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...
