Monday, June 3, 2013

२३ वर्षीयाले जन्माइन् ५ छोराछोरी

बच्चा पाउनु अघि किनोभा

बीबीसी–चेक रिपब्लिककी २३ वर्षे एक युवतीले ५ छोराछोरी जन्माएकी छिन् । यो सँगै उनी चेक रिपब्लिकै पहिलो पटक धेरै छोराछोरी पाउने आमा बनेकी छिन् ।
आइतबार (जुन १९, २०१३) अलेक्सन्द्र किनोभा नामकी ती युवतीले चार छोरा र एक छोरी जन्म दिएकी हुन् । उनले पाँचै सन्तान सजिलै जन्माएकी डाक्टरले बताएका छन् ।आमा र बच्चाहरुको स्वास्थ्य समेत सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा उनीहरुको नाम पनि राखिसकिएको छ । छोराहरुको नाम डेनियर, माइकल, एलेक्स र मार्टिन  अनि छोरीको नाम टेरेज्का । एक छोरा यसअघि नै जन्माइसकेको उनलाई धेरैले जुम्लयाहा पाउने शंका गरेको थिए । 


किनोभाका छोराछोरी

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA