नेत्र तामाङ । जेठ ८ गते विश्वभरका बौद्धमार्गीले आफ्नो औकतले भ्याएसम्म भव्य रुपमा बुद्ध जयन्ती मनाए । काठमाडौंमा दुईदिने अन्तराष्ट्र्रिय बौद्ध सम्मेलन भयो । लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जयन्ती समारोह उद्घाटन गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख राजनीतिक दलका नेताहरु लुम्बिनी पुगे । राष्ट्रिय सञ्चार माध्यममा पनि यसपटक बुद्ध जयन्तीले राम्रै कभरेज पायो ।
त्यही दिन विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामाले शुभकामना दिए । संयुक्त राष्ट्र संघले यस दिनलाई ‘वेसक डे’ को रुपमा मनायो । सन् १९९९ डिसेम्बर १५ को राष्ट्रसंघको ५४ औं सभाले अन्तरास्ट्र्रिय रुपमा हरेक बर्ष बुद्धको जन्म दिनलाई ‘वेसक डे’को रुपमा मनाउने निर्णय गरेको हो । गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई युनेस्कोले सन् १९९७ देखि विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।
गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर राष्ट्र संघलाई थाह छ । अधिकांश राष्ट्र जानकार छन् । तर, हामी कतिपय नेपाली नै बुद्धको नाम भजाएर खान पल्केकाहरु अझै ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कराइरहेका छन् । ती नेपाली जसले यी शब्दहरु बोकेर कराउँदै हिड्छन्, उनका शब्दहरु नेपालीबाहेक अरुले सुन्ने पनि होइन ।
ध्रुवसत्य कुरालाई अतिरञ्जित बनाई यस्तो कार्य गर्नेहरुबाट सचेत रहनु हामी सबैको हित हुने देखिन्छ । उनीहरुका कुरा सुन्दा साँच्चै संसारका अरु देशमा बुद्ध नेपाल नभएर अर्कै देशमा जन्मिएका हुन् कि भनेर प्रचार भए जस्तो लाग्छ । यसरी भ्रम फैलाउनु एक किसिमको अधर्म नै हो । सत्य सत्य नै रहन्छ ।
नेपाल बुद्धको देश, नेपाल सगरमाथाको देश भनेर आफुसँग भएका चीजको घमण्ड गर्ने र आफु चाहि केही नगर्ने दलाली प्रथाको अन्त्य हुनुपर्छ । नारा र रटान लगाउनुभन्दा बुद्धका चार आर्य सत्य, पाञ्चशिलका सिद्धान्त र आठ अष्ठ मार्गका सन्देश पालना गर्नु र प्रचार गर्नु नै सही कर्म हो ।
बुद्ध जयन्तीका रोचक तथ्य
इपु ५६३ मा जन्मेका गौतम बुद्धले बोधित्व प्राप्त गरे । ८० वर्षको उमेरमा उनको निधन भयो । तर, नेपालले सन् १९२६ बाट मात्र बुद्ध जयन्ती मनाउन सुरु गरेको देखिन्छ । प्राणी हिंसा नगर्नु भन्ने बुद्धको मुल मन्त्र रहेपनि त्यसबेलासम्म लुम्बिनीमा पनि पशुबलि दिइने प्रथा कायमै थियो । बुद्ध जयन्ती मनाउन थालेपछि लुम्बिनीमा पशुबलि प्रथा अन्त्य भएको इतिहासकारहरुले बताएका छन् । १९५१ मे २२ बाट नेपालमा बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिन थालियो । त्यो पनि सन् १९५० मा श्रीलंकामा भएको विश्व बौद्ध सम्मेलनले विश्वभर बुद्ध जयन्ती मनाउने घोषणा गरेपछि मात्र । राजा महेन्द्रले सन् १९५६ को बुद्ध जयन्तीमा नेपालभरी काटमार गर्न रोक लगाएको कुरा पनि इतिहासमा लेखिएको छ ।
सन् १९९८ डिसेम्बर २ मा लुम्बिनीमा पहिलो विश्व बौद्ध शिखर सम्मेलन भएको थियो । बौद्ध विश्व विद्यालय स्थापना गर्ने निर्णय भयो । तर सन् २००६ मा मात्र पढाई सुरु भयो । त्यो पनि स्नातकोत्तरसम्म मात्र । जबकि भारतमा बौद्ध धर्मसम्बन्धी अध्ययन गर्न प्रशस्त विश्वविद्यालयहरु छन् । जहाँ विदेशीमात्र हैन नेपालीसमेत अध्ययन गर्न पुग्छन् । नेपाल सरकार र नेपालीहरु बुद्ध वाज बर्न इन नेपाल भनेर नारा चाहि बुलन्द पार्ने तर अध्ययन केन्द्र बनाउने विषयमा भने मौन रहने गर्नले आज धेरैलाई भारत नै बौद्ध ज्ञानको स्रोत बन्न गएको जस्तो देखिन्छ । त्यसैले बौद्ध ज्ञान आर्जन गर्ने केन्द्रको रुपमा नेपाललाई विकास गर्नु नै आजको आवश्यकता हो ।
अरु धर्मभन्दा फरक
पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वारको रुपमा लिइन्छ । यसअनुसार बुद्धमार्गमा हिड्न प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने र आफ्नो पतिरपत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले चाहिं कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण गर्ने गरिन्छ । पञ्चशीलको चाखलाग्दो र अनौठो कुरा के छ भने यस पाठमा कुनै पनि ठाउँमा आफ्नो पुरानो धर्म त्याग्ने वा अरु धर्म छोड्ने विधि लेखिएको छैन । साथै, यी नियमहरु पालना नगरेमा ईश्वर वा कुनै भौतिक शक्तिद्वारा दण्डित गर्ने (वा नर्कमा जाने) पनि उल्लेख गरिएको छैन । धर्म पालना नितान्त व्यक्तिगत रुपमा छोडिएको छ । अतः, बुद्ध धर्म फैलिएका ठाउँमा बुद्ध धर्म भन्दा पहिलेका विश्वासहरुलाई पनि देख्न सकिन्छ । जस्तैः तिब्बती बौद्ध धर्ममा बोन संस्कृति, दक्षिण तथा दक्षिण पूर्वी एसियाली बुद्ध धर्ममा हिन्दू संस्कृति, जापानमा शिन्तो, चीनमा ताओ र कन्फ्युसियस संस्कृति बुद्ध धर्मसँगै गाँसिएको देखिन्छ । यसो हुनुमा पञ्चशीलको उदारता एउटा कारण भएको बताइन्छ । यो विकिपिडियामा उल्लेख गरिएको छ ।
अन्त्यमा,
हिन्दु धर्मअनुसार तीजका दिन शिव जस्तै श्रीमान पाउँ भनी युवतीहरु व्रत बस्छन् । विवाहितहरु श्रीमानको आयु लामो होस भनेर कामना गर्छन् । यसै सन्दर्भलाई जोडेर एक बौद्धमार्गी पुरुष मित्रले महिला मित्रलाई भने, ‘बुद्ध जस्तै श्रीमान पाउँ भनेर व्रत बस्नुपर्छ ।’
ती महिला मित्रले ओठ लेब्राईन् । अनि भनिन्, ‘के मेरो घरबार बिग्रेको हेर्ने चाहना हो तपाईको ?’ बैरग्यताका कारण गौतम बुद्ध राजसी जीवन र आफ्नी श्रीमती यशोधरा, छोरा राहुललाईसमेत छाडेर बुद्धत्व प्राप्त गर्न हिडेका थिए । त्याग नै जीवनको सबैभन्दा ठुलो कुरा रहेको बुद्धको यही कदमबाट देखाइसकेको छ । अतः बुद्धजस्तै श्रीमान पाउँ भनी व्रत बस्नु उचित देखिदैन भन्ने कुरा महिला मित्रको भनाईबाट प्रष्ट हुन्छ । माथिको हेडिङ पढेर कतिपय महिला मित्रहरुले नाक खुम्चाइ सक्नुभयो होला पनि । मनमनै सोचि पनि सक्नुभयो होला । के बुद्ध जस्तै श्रीमान ठिक हो त ?
tamang.netra@gmail.com

No comments:
Post a Comment