Friday, June 19, 2015

बलात्कारमा परेका पुरुषका लागि छुट्टै अस्पताल

बलात्कार पीडित महिलाका लागि औषधोपचारका लागि विभिन्न अस्पताल तथा क्लिनिकहरुले काम गरिरहेको तथा विभिन्न संघसस्था तथा अभियानकर्मीहरु समेत यौन हिंसा पीडित महिलाको संरक्षण तथा पुनस्र्थापनामा जुटिरहेको त हामीले देखिरहेका छौँ । तर बलात्कारमा परेका पुरुषको लागि भने यस्तो सेवा सुविधा र आवाज कतैबाट उठेको सुनिँदैन । सायद हाम्रोमा पुरषमाथिको बलात्कार तथा यौनहिंसाका घटना कम हुने भएकाले होला ।

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण

एसएलसी ९प्रवेशिका० परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७।४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३।९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी ९प्रवेशिका० परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए ।

एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।

Wednesday, June 10, 2015

सिन्धुपाल्चोकलाई स्विट्जरल्यान्ड बनाउने हो भने...


नेत्र तामाङ

‘सिन्धुपाल्चोक, त्यहाँ त सब ध्वस्त भयो रे त, सब कच्ची घर होलान्, लडी हाल्छ नि,’ काठमाडौंमा एकजनाले सिन्धुपाल्चोक भन्ने वित्तिकै जिब्रो निकाल्दै भने, ‘मान्छे नि बाँकी छैनन् होला !’ हो ‘गोरखा भुकम्प’ ले हाम्रो जिल्ला सिन्धुपाल्चोकको भौतिक संरचनालाई लगभग ध्वस्त बनायो ।
वैशाख १२ गतेको भुकम्पमा परी हामी धेरैले आफ्नो घर गुमायौं । धेरैले आफ्ना आफन्त पनि गुमायौं । त्यो क्षण वैशाख १२, ११ः५६ । धेरैका लागि काल बनेर आयो । धेरैका लागि दुःखदायी क्षण बन्यो । धेरैका लागि साँढे सातको दशा बन्यो ।

प्रमुख दलबीच जेठ २५, २०७२ मा भएको १६ बुँदे सहमति यस्तो छ

संघीयता र प्रदेश रचना
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ ।
२) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।
३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।

रमाइला चुट्किलाहरू-३



एउटाले टेलिकमको कस्टमर केयरमा फोन गरेछ
एउटी केटीले फोन उठाइः कस्टमर केयर सेन्टरमा तपाईंलाई स्वागत छ
केटाः थ्यांक यु ।
एनसेल स्टाफः म तपाईंको के हेल्प गर्न सक्छु ?
केटाः म तिमीसँग बिहे गर्न सक्छु ?
एनसेल स्टाफः तपाईंले गलत नम्बर डायल गर्नु भयो ।
केटाः हैन मैले सही नम्बर डायल गरेको, बिहे गर्छौ मसँग
एनसेल स्टाफः मलाई बिहे गर्न कुनै इन्ट्रेस्ट छैन ।
केटाः एकचोटि सुन न साथी
केटीः नट इन्ट्रेस्टेस्ड
केटाः लभ म्यारिज भए हनिमुनमा स्वीजरल्यान्ड, एरेन्ज म्यारिज गरे पेरिस
केटीः म तपाईंसँग बिहे नै गर्न चाहदिँन त तपाई अफर किन गर्नु हुन्छ ।
केटाः कोर्ट म्यारिजको खर्च रू. १०,००० सामान्य बिहेको खर्च रू. ३०००००

Saturday, June 6, 2015

कुकुरले मेरो मुखमा मुतेर गयो, धपाई दे न भन्दा धपाइदिइस्



दुइ अल्छी आँपको फेदमा बसेर कुरा गर्दै थिए ।

पहिलो अल्छी-ओइ , त्यो झरेको आँप ल्यएर
मेरो मुखमा लगाइदे त ।

दोस्रो अल्छी - इ लाई दिन्छु अगी कुकुरले
मेरो मुखमा मुतेर गयो, धपाई दे न भन्दा धपाइ दिइस

Thursday, June 4, 2015

कसरी पत्ता लाग्छ भूकम्पको केन्द्रविन्दु र म्याग्नेच्युडरु

लोकविजय अधिकारी, प्रमुख, राष्ट्रिय भुकम्प मापन केन्द्र
 नेपालभरि अहिले २१ वटा स्थानमा साइस्मिक स्टेशन राखिएका छन्। प्लेट आपसमा ठोक्किदा उत्पन्न हुने दुई तरंगलाई पी -प्राइमरी- र एस (सेकेण्डरी) नामले चिनिन्छ। पी तरंगको गति छिटो हुन्छ। त्यसैले यो केन्द्रविन्दुबाट छिटो स्टेशनसम्म पुग्छ। एस तरंगको गति सुस्त हुने भएकाले सँगै उत्पन्न भएपनि यो ढिलो गरी स्टेशनसम्म पुग्छ।

विद्युतको गोदाममा लागेको आगो १ घण्टापछि निभाइयो (भिडियो सहित)

काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय परिसर भित्रको गोदाममा लागेको आगो सुरक्षाकर्मीहरुले १ घण्टापछि निभाएका छन् ।

विहीबार दिउँसो साढे ३ बजेतिर विद्युत प्राधिकरणको गोदाममा आगो लागेको थियो । आगो लागेको खबर पाउनासाथ सेना र प्रहरीको टोली आगो निभाउन खटिएका थिए ।

आगो लागेको भिडियो हेर्नुस्

जसको मृगौलाले बाँचेका छन् एमाले अध्यक्ष ओली

  •     शंकर खैराली

चितवनको घिमिरे परिवारकी छोरी विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन्। आमाबाबुको काखमा सम्हालिएकी अञ्जानको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो। विस्तारै उनी ओली परिवारसँंग घुलमिल हुँदै गइन् । परिवार ठूलै थियो।

केही समयपछि उपचारका लागि थाइल्यान्ड गएका उनका जेठाजु अर्थात् केपी शर्मा ओली घर फर्किए। एउटै परिवार भएपनि राजनीतिमा व्यस्त हुने भएकाले केपीसँग उनको बाक्लो भेटघाट हुँदैनथ्यो।

घर आएपछि अञ्जान भेट्न गइन् । ढोग भेटपछि उनले सोधिन्, ‘दाजुलाई के भएको ?’

‘किड्नीमा समस्या छ, निको भएन’, केपीले भने ।

अञ्जानको जिज्ञासा थपियो, ‘अब के गर्नुपर्छ ?’

नेपालमा पनि म्यागी चाउचाउको बिक्री र आयातमा प्रतिबन्ध

सरकारले नेपाल भर म्यागी चाउचाउको बिक्री र आयातमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।

म्यागी चाउचाउमा मानव स्वास्थ्यमा असर पार्ने ‘खतरनाक’ केमिकल पाएको भन्दै भारतका विभिन्न राज्यमा बिक्रीवितरणमा रोक लगाएपछि नेपालले तत्कालका लागि बिक्री र आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

धराहरासँगै नढलेको एउटा सपना

डिबी खड्का

भूकम्पसम्बन्धी एउटा गीत हेर्दै गर्दा त्यसको भिडियोमा घुमाइएको एउटा तस्बिरले मथिंगल घुमाएको थियो । किनभने, त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरीको टिसर्टमा लेखिएको थियो, 'ड्रिम द वल्र्ड'

जब म धरहरा नजिकैबाट सुन्धारामै रहेको अफिसतिर गइरहेको हुन्थेँ, त्यही तस्बिर नाच्थ्यो आँखामा । लाग्थ्यो, धरहराको रेलिङमुनि एउटी युवती किचिएकी थिइनन्, यो संसारसँग जोडिएको एउटा जीवनको ठूलो सपना किचिएको थियो । लाऊँ–लाऊँ खाऊँ–खाऊँ भन्ने उमेरकी एउटी युवतीले देखेका हजार सपना धरहरासँगै भग्नावशेष भएका थिए ।

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA