Thursday, June 4, 2015

विद्युतको गोदाममा लागेको आगो १ घण्टापछि निभाइयो (भिडियो सहित)

काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय परिसर भित्रको गोदाममा लागेको आगो सुरक्षाकर्मीहरुले १ घण्टापछि निभाएका छन् ।

विहीबार दिउँसो साढे ३ बजेतिर विद्युत प्राधिकरणको गोदाममा आगो लागेको थियो । आगो लागेको खबर पाउनासाथ सेना र प्रहरीको टोली आगो निभाउन खटिएका थिए ।

आगो लागेको भिडियो हेर्नुस्



पुरानो बसपार्क नजिकै रहेको प्राधिकरण कार्यालय परिसरमा लागेको आगो निभाउन ६ वटा दमकल प्रयोग गरिएको थियो । आगोले निभाउने क्रममा गोदाम घरको टहरोको केही भाग भत्काइएको थियो । फर्निचर लगायतका केही सामान बाहिर निकालिएको थियो ।

विद्युत सट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । आगोले गोदाममा रहेका महत्वपूर्ण सामान र केही कागजपत्र जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...