Tuesday, January 6, 2015

न्यायाधीशलाई गोली प्रहार गरेको पेस्तोल १२ हजारको, सुटरका नाममा ‘डिफ्युजन नोटिस’

काठमाडौं । तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्न १२ हजार भारतीय रुपैयाँमा पेस्तोलहरू किनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याका योजनाकार बाबु थापाले भारतको बेतियाबाट चारवटा पेस्तोल खरिद गरेको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का अनुसार हत्याको करिब तीन महिनाअघि बाबुले पेस्तोल ल्याएका थिए । तीमध्ये दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लका अनुसार बमको हत्या गरेपछि बाबुले पेस्तोल अन्य आपराधिक समूहलाई बिक्री गरेका थिए । प्रहरीले यसअघि नै दुई आपराधिक समूहबाट ती पेस्तोल बरामद गरिसकेको छ । तिनै पेस्तोलबाट बमको हत्या भएको जानकारी भने प्रहरीले अहिले पाएको नयाँ पत्रिकामा खबर छ ।


प्रहरीले १२ असोज ०७० मा पोखरामा पक्राउ परेको एक समूहबाट बमको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको थियो । सिआइबीका एसपी पीताम्बर अधिकारीका अनुसार सो समूहबाट ‘मेड इन रसिया’ लेखिएको पेस्तोल बरामद भएको थियो । बममाथि बाबुको समूहले गोली हान्न प्रयोग गरेको दुई पेस्तोलमध्ये एक त्यही थियो । उक्त पेस्तोलसहित प्रहरीले विक्रम तामाङ, रिल्डो तामाङ र नरेन्द्र मगरलाई पक्राउ गरेको थियो । भगवान थापामार्फत रिद्धबहादुर थापाले उक्त पेस्तोल खरिद गरेको अनुसन्धानबाट खुलेको छ । रिद्धबहादुर अहिले फरार छन् ।

बम हत्यामा प्रयोग भएको अर्को पेस्तोल करिब दुई वर्षअघि ललितपुरमा बरामद भइसकेको अनुसन्धानबाट खुलेको छ । मिलन लामा नामका व्यक्ति गत वर्ष पेस्तोलसहित पक्राउ परेका थिए । उनीसँग भेटिएको पेस्तोल बाबु समूहले नै बिक्री गरेको सिआइबीले जनाएको छ ।

सुटर थापा विरूद्ध डिफ्युजन नोटिस

न्यायाधीश बमलाई गोली हान्नेमध्येका एक थिए भगवान थापा भनिने सञ्जय स्माइली मगर । वैदेशिक रोजगारीका क्रममा उनी अहिले साउदी अरेबियामा छन् । उनलाई पक्राउ गरी नेपाल भित्र्याउन नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको छ ।

थापाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको सिआइबीका प्रमुख डिआइजी हेमन्त पालले बताए । फरार अपराधीको अन्तर्राष्ट्रिय खोजीका लागि डिफ्युजन नोटिस जारी हुन्छ । अदालतले वारेन्ट जारी गरिएकाविरुद्ध रेडकर्नर नोटिस जारी हुन्छ भने अदालतमा मुद्दा दायर भएर वारेन्ट जारी नभएका अयिभुक्तको हकमा डिफ्युजन नोटिस जारी हुन्छ । यस्तो नोटिस जारी भएपछि सम्बन्धित देशका प्रहरीले ती अभियुक्तलाई पक्राउ गरी निष्कासन गर्छ । नेपालको कुनै देशसँग पनि सुपुदर्गी सन्धि नभएकाले अपराधी हस्तान्तरण गर्ने चलन भने छैन ।

नेपाल प्रहरीको आग्रहमा हालसम्म १४ नेपालीसहित १६ जना अभियुक्तविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । जसमा रामचन्द्र शुक्ला, मीना शुक्ला, भिओआइपीका नाइके भोलाकिशोर डंगोल, हत्या घटनाका गोकर्ण गुरुङ छन् । त्यस्तै युनिटीका कृष्णबहादुर क्षेत्री, क्यापिटल मर्चेन्ट बैंक ठगेर अमेरिका भागेका पवन कार्की, युरोप पठाइदिने भन्दै ठग्ने सञ्जीव मुडभरी र विनय पाण्डेय छन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...