Tuesday, January 6, 2015

प्लस टु पढ्ने १ सय ५८ विद्यार्थीमा १ सय १४ को प्रमाणपत्र नक्कली

काठमाडौ । एसएलसीको नक्कली प्रमाणपत्र बनाएर प्लस टु पढिरहेका नक्कली विद्यार्थीको ठूलो समूह फेला परेको छ ।

एसएलसीमा सात विषयसम्म लागेको विद्यार्थीले अर्काको सिम्बोल नम्बर चोरेर नक्कली प्रमाणपत्र बनाई प्लस टु उच्च माध्यामिक विद्यालयमा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेसन छानविन गर्ने क्रममा नक्कली विद्यार्थीको समूह फेला परेको हो ।


उच्च माध्यामिक शिक्षा परिषदको हेटौंडा कार्यालयले छानबिनका लागि पठाएका एक सय ५८ विद्यार्थीका प्रमाणपत्रमध्ये ४४ जनाको मात्र सक्कली भएको पाइएको नयाँ पत्रिकामा खबर छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु द्वारेले पनि परिषदको हेटौंडा कार्यालयले पठाएका एक सय ५८ प्रमाणपत्रमध्ये एक सय १४ जनाको नक्कली भएको पत्ता लागेको जानकारी दिए । नियन्त्रक द्वाराले कतिपय विद्यार्थीले नक्कली प्रमाणपत्रको फोटोकपी लिएर हराएको भन्दै ‘कपी अफ ओरिजिनल’ माग्न आउने गरेको पनि बताए ।

केही समयअघि पनिकाले ‘कपी अफ ओरिजिनल’ माग्न आउने नक्कली प्रमाणपत्रधारीलाई पक्राउ समेत गरेको थियो ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...