Tuesday, January 6, 2015

अर्थले रोक्यो सार्कको साढे २२ करोड भुक्तानी

काठमाडाैं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को गत मंसिरमा सम्पन्न १८ औं शिखर सम्मेलन क्रममा पानीसरह मनपरी खर्च गरिएको रकम भुक्तानी रोकिएको छ। अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयद्वारा भुक्तानीका लागि पठाइएको खर्च विवरणमा अनियमितता आशंका गर्दै करिब साढे २२ करोड रुपैयाँ भुक्तानी रोकेको हो।



सार्क तयारी क्रममा संलग्न विभिन्न मन्त्रालयबाट पत्याउनै नसकिने खर्च विवरण पेस गरिएको भन्दै अर्थले उक्त भुक्तानी लिन ‘दाबीबमोजिम खर्चको आधार खुलाउन’ सम्बन्धित निकायलाई पत्राचार गरेको स्रोतले जानकारी दिएको नागरिकमा खबर छ । अर्थस्रोतका अनुसार सार्क सम्मेलनका लागि विभिन्न निकायबाट १ अर्ब ८६ करोड ९७ लाख ५६ हजार रुपैयाँको खर्च विवरण पेस गरिएको मध्ये २२ करोड १९ लाख ५६ हजारको आधार प्रस्ट छैन।

‘एकमुष्ठ यति रकम खर्च भयो भनी सामान्य मान्छेलाई समेत पत्याउन गाह्रो विवरण पठाइएको छ। कुन शीर्षकमा, कति खर्च भयो भन्नेसम्म खुलाइएको छैन, न त बिल नै पेस गरिएको छ,’ अर्थस्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘हामीले शीर्षकअनुसार, औचित्य स्पष्ट हुने गरी खर्च विवरण पठाऊ भनी पत्राचार गरेका छौं।’

खर्चको औचित्य खुलाउन तीनपटकसम्म पत्र पठाउँदा पनि सम्बन्धित निकायले पत्यारिलो विवरण नबुझाएपछि भुक्तानी रोक्का गरिएको स्रोतले बतायो।
अर्थले परराष्ट्रलाई चित्तबुझ्दो खर्च विवरण नपाएको भन्दै ३ करोड ७५ लाख, काठमाडौं महानगरपालिकालाई ८ करोड ५० लाख, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ९ करोड ४ लाख र धुलिखेल नगरपालिकालाई ५४ लाख ५६ हजार रुपैयाँ निकासा गरेको छैन।

गत मंसिर १० देखि १२ गते काठमाडौंमा सार्कको १८ औं शिखर सम्मेलन भएको थियो।
सार्कका लागि सहर सज्जाका क्रममा रानीपोखरीमा पानीको फोहोरा निर्माण गर्न ५ करोड रुपैयाँ खर्च भएको काठमाडौं महानगरपालिकाले पठाएको विवरणमा उल्लेख छ। एयरपोर्टनजिक तीनकुनेमा बगैंचा बनाउन १ करोड खर्च देखाइएको छ, जब कि तीनकुनेमा बगैंचा बनेकै छैन। सार्कका लागि बगैंचा बनाउन नभ्याएपछि महानगरपालिकाले तीनकुनेको केही खण्ड जस्ताले बारेर काम चलाइएको थियो। अहिले पनि जस्ताको बार कायमै छ।

सडकछेउ झन्डा राख्ने पोल निर्माणका लागि १ करोड रुपैयाँ खर्च देखाइएको छ, जबकि यस्तो पोल धेरैजसो बन्दै बनेनन्। नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वरलगायत स्थानमा मात्र पोल निर्माण गरिएका छन्। अधिकांश ठाउँमा बिजुलीकै पोलमा झन्डा राखिएका थिए।

सहरी विकास मन्त्रालयले पेस गरेको २५ करोड ४१ लाख रुपैयाँको विवरणमा पनि कतिपय खर्च पत्यारिलो छैन। यसअन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी सौन्दर्यका लागि ९ करोड ४ लाख रुपैयाँको खर्च विवरण पेस गरेको छ। अर्थले यसलाई स्वीकार गरेको छैन। प्राधिकरणले नारायणचोक, माइतीघर–तीनकुने सडक सौन्दर्यीकरणको जिम्मेवारी पाएको थियो। यहाँ गमला राख्ने, फूल रोप्नेलगायत काम भए पनि त्यसका लागि ९ करोडभन्दा बढी खर्च पत्याउनै नसकिने अर्थ स्रोतले बतायो। अर्थले बारम्बार सोध्दा पनि उसले चित्तबुझ्दो जवाफ दिएको छैन।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...