Friday, January 9, 2015

अविवाहित नेताका दु:ख–सुख, भन्छन् 'भाले–पोथी मिलेकै राम्रो'

प्रधानमन्त्री सुशील कोइराला

सुख स् सम्पूर्ण जीवन पार्टी, आन्दोलन र राष्ट्रलाई समर्पित गरे, घरजम गरेका केही नेताजसरी ‘आर्थिक अनियमितता’का विवादमा परेनन्

दुस्ख स् केही समयअघि पोखरामा भएको सार्वजनिक कार्यक्रममा ‘बिहे नगरेर अव्यावहारिक भएको’ उनी आफैँले बताएका थिए
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एमाओवादी

सुख स् माक्र्सले ‘बिहे गरेर गल्ती गरेँ’ भनेका छन्, त्यसैले मैले बिहे नगरेर ठीकै गरेँ, देश र जनताप्रति समर्पित छु


दुस्ख एकपल्ट द्विविधामा थिएँ, अब गर्दिनँ, दुस्ख महसुस गरेको भए त बिहे गरिहाल्थेँ नि
गिरिराजमणि पोखरेल, सचिव, एमाओवादी

सुख स् बिहे गर्ने कतिपय नेताले उद्देश्य पूरा गर्न सकेका छैनन्, म पूर्ण रूपमा अगाडि बढ्न पाएको छु

दुस्ख स् प्राकृतिक ढंगले भाले–पोथी मिलेकै राम्रो, अविवाहित हुँदा समस्या र जटिलता नहुने होइनन्
शेरधन राई, पोलिटब्युरो सदस्य, एमाले

सुख स् एउटा राजनीतिक उचाइ हासिल गरेको छु, बिहेको झमेलामा परेको भए यहाँसम्म पुग्दिनथेँ होला

दुस्ख थकित र व्यस्त हुँदा अभाव खड्किन्छ, श्रीमती हुँदा राम्रै हुन्थ्यो भन्ने लाग्छ, अब भने बिहे गर्छु
रामहरि खतिवडा, केन्द्रीय सदस्य, कांग्रेस

सुख स् साँझ पर्‍यो कि ‘घर कतिखेर आउने हो’ भन्ने कचकच सुन्नुपरेको छैन, पार्टीमा खट्न पाएको छु

दुस्ख स् बेलुकी घर जाँदा ‘आइपुग्नुभयो’ भन्ने मान्छे छैन, लथालिंग हुन्छ, साथी सीधै ओछ्यानसम्मै पुग्छन्
जयन्ती राई, केन्द्रीय सदस्य, एमाले

सुख स् श्रीमान्को आदेश मान्नु परेको छैन, छोराछोरीको स्याहार गर्नुपरेको छैन, राजनीतिमा सक्रिय छु

दुस्ख स् आफन्तले ‘बिहे गर्नुपर्‍यो’ भन्दै दबाब दिँदा ‘बिहे गरेको भए पनि हुन्थ्यो कि’ भन्ने लाग्छ


प्रदीप पौडेल, केन्द्रीय सदस्य, कांग्रेस

सुख स् श्रीमतीको टेन्सन र बालबच्चाको झन्झट छैन, फुक्का भएर हिँडिन्छ, पूरै समय राजनीति गरिन्छ

दुस्ख स् सँगैका साथीहरूको घरबार देख्दा रहर लाग्छ, आमाले पनि ‘बुहारी चाहियो’ मात्रै भन्नुहुन्छ



नेपाली राजनीतिमा दर्जनौँ यस्ता नेता छन्, जसले ‘देश, जनता र पार्टी’को काम गर्दागर्दै आफ्नो घरजम गर्न पाएनन् वा सकेनन् । बिहे नगर्दा नेताहरूले झेल्नुपरेका दुस्ख–सुखका घटना र विवाहबारे उनीहरूका सोचाइ पनि फरक–फरक र रोचक छन् ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दश वर्षअघि ठूलो दुर्घटनामा परेर गम्भीर घाइते हुँदा पूर्वमन्त्री तथा एकीकृत माओवादीका सचिव गिरिराजमणि पोखरेलको ८६ दिन अस्पताल बास भयो । अस्पतालको शय्यामै अरूले उनलाई दिसापिसाब गराउँथे । अरू बिरामीको स्याहारमा श्रीमती वा छोराछोरी खटिएका हुन्थे । तर, अविवाहित पोखरेललाई कार्यकर्ता र सहयोगीले स्याहारे । अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनलाई ओछ्यान छाडेर हिँडडुल गर्न ६ महिना नै लाग्यो । त्यस्तो वेला पनि उनलाई सघाउने श्रीमती वा छोराछोरी थिएनन् । पोखरेलले त्यतिवेला परिवारको आवश्यकता महसुस गरे । यद्यपि, उनका कार्यकर्ता र सहयोगीले पनि स्याहार–सुसारमा कुनै कमी भने गरेका थिएनन् । ‘प्राकृतिक ढंगले भाले–पोथी मिलेकै राम्रो । अविवाहित हुँदा समस्या र जटिलता नहुने होइनन्,’ हालैको एक दिन उनले नयाँ पत्रिकासितको कुराकानीमा अविवाहित हुँदाको दुस्खतर्फ संकेत गर्दै भने ।

पोखरेल प्रतिनिधि पात्र मात्रै हुन् । नेपाली राजनीतिमा उनीजस्ता दर्जनौँ नेता छन् जसले ‘देश, जनता र पार्टी’को काम गर्दागर्दै आफ्नो घरजम गर्न पाएनन् वा सकेनन् । अहिले कति बिहे नगर्ने निष्कर्षमै पुगिसके भने केही ‘अब त गर्नुपर्छ’ भन्ने मनस्थितिमा छन् । केही नेता ‘बिहे’बारे औपचारिक रूपमा बोल्नै चाहँदैनन् । बोल्दा साथीभाइहरूले थप जिस्क्याउने उनीहरूको बुझाइ छ । समयमा बिहे नगर्दा नेताहरूले झेल्नुपरेका दुस्खसुखका घटना र बिहेबारेको सोचाइ पनि फरक–फरक र रोचक छन् ।

अविवाहित नेताहरूलाई परिवार, आफन्त र साथीभाइबाट बारम्बार आइरहने एउटा प्रश्न भने समान छ–‘बिहे कहिले गर्ने रु’ कतिपयलाई यस्ता प्रश्न आउने क्रम घट्दै छ भने कतिका लागि झन् जब्बर बनेर तेर्सिन थालेको छ । केही नेता ‘बिहे गर्दिनँ भनेर भनेको छैन’ भन्ने कूटनीतिक जवाफ दिएर यस्ता प्रश्नबाट उम्किन्छन् ।

‘चिनेको मान्छेले भेट्यो कि बिहे कहिले गर्ने भनिहाल्छ,’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘यो विवाह नगरेका सबैले जवाफ दिइरहनुपर्ने साझा प्रश्न होला ।’ नेताहरूको समान इच्छा पनि देखिन्छ, ‘यस्ता प्रश्नको सकभर सामना गर्नु नपरोस्’ भन्ने ।

बिहे नगर्दा नेताहरूले पारिवारिक झन्झट र तनावबाट मुक्त भएर सम्पूर्ण ध्यान राजनीतिमा मात्रै केन्द्रित गर्न पाएका छन् । अधिकांश अविवाहित नेताले राजनीतिक सफलताको खुड्किलो चढ्दै पनि गएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले पोलिटब्युरो सदस्यद्वय शेरधन राई र बिन्दा पाण्डे, नेतृहरू जयन्ती राई, गरिमा साह, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, रामहरि खतिवडा, सीता गुरुङ, फर्मुला मन्सुर, नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसाल अविवाहित नै छन् । त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, आमन्त्रित केन्द्रीय सदस्य कल्याण गुरुङ, केशव सिंह, महेन्द्र शर्मा, पूर्वराज्यमन्त्री रामहरि ढुंगेल, एमाले केन्द्रीय सदस्य ममता गिरी पनि अविवाहित नेताको सूचीमै पर्छन् । ‘पारिवारिक झमेला’ झेल्नुनपरे पनि यी नेताहरूले ‘पारिवारिक सुख’ पनि भोग गर्न पाएका छैनन् ।

कांग्रेस सभापति भइसकेपछि पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले भने, ‘धेरै मान्छे मलाई अव्यावहारिक भन्छन्, मैले बिहे नगरेका कारण यस्तो भएको हो ।’ उनको भनाइभित्र घरजम नगरेर ‘केही कमी भएको’ आशय झल्किन्छ । कोइरालालाई नजिकबाट चिन्ने एक कांग्रेस नेताका अनुसार ०५६ सम्म पनि उनी विवाह गर्ने मनस्थितिमा थिए । तर, विविध कारणले हुन सकेन । उमेरले ७४ पुगेका कोइराला पछिल्लो समय बिहे नगर्ने निष्कर्षमा पुगेका छन् । ‘मैले देश र प्रजातन्त्रसँग बिहे गरेँ,’ उनी भन्ने गर्छन् ।

करिब दुई महिनाअघि सम्पन्न दक्षिण एसियाली सहयोग संगठन ९सार्क० सम्मेलनमा प्रधानमन्त्री कोइरालाले ‘फस्र्ट लेडी’ सुजाता कोइरालालाई बनाए । उनी विवाहित भएको भए सुजातालाई फस्र्ट लेडी बनाउनुपर्ने थिएन ।

केही नेताहरूको विवाह नहुनुका पछाडि रोचक प्रसंग पनि छन् । कतिपय त बिहे गर्न तम्तयार भएर पनि पछि हटे । तिनैमध्येका एक हुन्– एमाओवादी उपाध्यक्ष श्रेष्ठ । १७ वर्षको उमेरमै उनी बिहे गर्ने तयारीमा थिए, तर पछि भएन । त्यतिवेला उनी कसैको प्रेममा थिए । ‘म १७ वर्षको हुँदा विवाह गर्नुपर्छ कि जस्तो भयो, तर भएन,’ श्रेष्ठ विगततर्फ फर्किए ।

उमेरले परिपक्व र देशको आन्दोलनको स्थिति पनि खुकुलो भएको समय नेता श्रेष्ठले ‘बिहे गर्ने कि नगर्ने’ दोमन गरेरै बिताए । भन्छन्– ‘आन्दोलनको स्थिति बिस्तारै सहज हुँदै गएपछि द्विविधाको स्थिति भयो । मनको एउटा पाटोमा अब विवाह गरेर जाने हो कि भन्ने पनि भयो, तर म फेरि काम गर्दै जाँदा होइन भन्नेमै पुगेँ ।’ अहिले त उनलाई ‘विवाह अनिवार्य छ’ भन्ने लाग्न पनि छाड्यो । बिहे नगर्ने टुंगोमै पुगिसके । ‘क्रान्तिकारी, देश र जनताप्रति समर्पितहरूले विवाह गर्नुहुन्न भन्ने मेरो सिद्धान्त होइन, विवाह गर्नैपर्छ भन्ने पनि मलाई लाग्दैन,’ उनले भने, ‘अब भने विवाह नगर्ने टुंगोमा पुगेको छु ।’

विवाह नगरेर ठीक गरेको निष्कर्ष श्रेष्ठको छ । विवाहका फाइदा–बेफाइदाबारे अहिले उनी धेरै बोल्न चाहँदैनन् । ‘दुस्ख भयो कि’ भनेर सोध्नेलाई उनको ‘रेडिमेड’ गतिलो जवाफ पनि छ, ‘दुस्ख हुने भए त म बिहे गरिहाल्थेँ नि ।’

आफूले बिहे नगरेर ठीक गरेको पुष्टि गर्न नेता श्रेष्ठ कार्ल माक्र्सको भनाइ प्रयोग गर्छन् । ‘माक्र्सले एक ठाउँमा भन्नुभएको थियो– सामाजिक मुक्तिको आन्दोलनमा लाग्ने मजस्तो मान्छेले विवाह किन गरेँ हुँला, ठूलो गल्ती गरेछु । म एकोहोरिएर काम गर्न सक्थेँ । केही न केही व्यवधान आइहाल्छ, केही न केही सम्झौता गर्नैपर्छ,’ श्रेष्ठले भने । कुनै समय नेता श्रेष्ठलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताले ‘बाबु, बिहे त गर्नै पर्‍यो नि’ भनेर सम्झाउँथिन् । प्रचण्ड पनि घच्घच्याउँथे, ‘बिहे गर्ने होइन भन्या’ भनेर । ‘बाबुरामजी कहिलेकाहीँ विगतमा आफूलाई पनि सामाजिक–राजनीतिक जीवनमा लाग्नेले किन बिहे गर्ने भन्ने लाग्थ्यो, तर अचेल बिहे गरेर सहयोग पनि हुनेरहेछ भन्ने लाग्छ । गरे पनि हुन्छ है बिहे भन्नुहुन्छ,’ श्रेष्ठले सुनाए ।

एमाले केन्द्रीय सदस्य जयन्ती राईले एकपटक बुबाले टुंगो लगाइदिएको बिहे खारेज नै गरिदिइन् । दुईपटक पार्टीले गरेको विवाह प्रस्तावलाई पनि लत्याइन् । तर, दबाब आउने क्रम अझै जारी छ । ‘एकपटक घरमा आएर कसैले मलाई बुबासँग मागिसकेछ, मैले क्यान्सिल गरिदिएँ,’ राईले सुनाइन्, ‘बिहे गर्नुपर्ला भन्ने सोच कहिल्यै दिमागमा आएन ।’

बुढेसकालमा ‘छोराछोरीले हेर्छन्’ भन्ने सामाजिक मान्यतामा नेतृ राईलाई विश्वास छैन । ‘विवाह गर्ने, सन्तान जन्माउने र बुढेसकालमा हेर्छन् भन्ने हाम्रो समाजको चलन छ, खोइ हामीले हाम्रो बुबाआमाको लागि के गर्‍यौँ र रु’ उनी भन्छिन् । विवाहित महिला साथीहरूको ‘बिहे नगरेर ठीकै गर्नुभयो’ भन्ने सुझाब पाउँदा उनलाई ‘ठीकै गरेछु’ भन्ने लाग्छ । ‘कतिपय साथीले तपाईंले बिहे नगरेर ठीक गर्नुभयो, हाम्रो जीवनभन्दा त तपाईंकै ठीक छ भन्छन्, त्यतिवेला मैले साँच्ची नै सही गरेछु भन्ने लाग्छ,’ उनले भनिन् ।

वैवाहिक जीवनको झन्झटबाट टाढा भएकै कारण आफू राजनीतिमा समर्पित हुन पाएको नेतृ राई बताउँछिन् । ‘श्रीमान्को आदेश सुन्नुपरेको छैन, छोराछोरीको स्याहारको चिन्ता लिनुपरेको छैन, विवाहित महिलाका दुस्ख देख्दा मैले नगरेकोमै खुसी हुन्छु,’ उनले विवाहिताहरूको दुस्ख सुनाइन्, ‘धेरै विवाहित महिला चाँडै घर जानुपर्छ, श्रीमान् आज कहाँ गए, बच्चाबच्ची के गरिराखेका होलान् भन्दै हिँड्छन्, मलाई त्यस्तो कुनै तनाव छैन ।’ परिवार, आफन्त र साथीबाट वेलावेलामा ‘विवाह गर्नुपर्‍यो’ भन्ने दबाब र सुझाब आएका वेला भने उनलाई ‘बिहे गरेको भए पनि हुन्थ्यो’ जस्तो लाग्छ ।

एमाओवादी सचिव गिरिराजमणि पोखरेल आफैँलाई थाहा छैन, विवाह किन भएन भन्ने । विवाहलाई आफूले प्राथमिकतामा नराखेको उनी बताउँछन् । ‘बिहे कसरी भएन मलाई पनि थाहा छैन । आन्दोलनसँग गाँसिएको जीवनमा कुनै वेलामा विवाह गर्न तयार नहुने, कुनै वेला गर्ने पो हो कि भन्ने पनि लाग्ने,’ उनी भन्छन्, ‘आन्दोलन र कामको बीचमा विवाह प्राथमिकताको माथिल्लो सूचीमा परेन ।’

पोखरेल मन्त्री हुँदा अरू मन्त्री र नेताहरूले ‘विवाह गर्नुपर्‍यो, केटी खोजिदिउँm’ भन्थे । केही युवा नेताहरू अहिले पनि उनलाई ‘विवाह गर्नुपर्‍यो’ भन्छन् । ८८ वर्षका बुबाले पनि वेलावेला ‘बिहे गरे हुन्थ्यो’ भन्ने खबर पठाउँछन् । तर, पोखरेल भने अझै दोमनमै छन् । ‘जतिखेर विवाह गर्ने कि भन्ने मनस्थिति बनाइयो, त्यो वेलामा विवाह भएन, भोलि के हुन्छ भन्ने कुरा अहिले कसरी भन्नु रु बिहे नगर्ने नै भनेर सिद्धान्त बनाएर बसेको त छैन,’ उनी भन्छन्, ‘माक्र्सवादीले संसार परिवर्तनशील छ भन्छौँ, गैरमाक्र्सवादीले पनि यो कुरा भन्छन् ।’

नेता पोखरेललाई उनका एकजना शिक्षकले ‘तँलाई पछि थाहा हुन्छ, विवाह जीवनको उत्तरार्धमा सहयोगी, सुरक्षाजस्ता विषयसँग गाँसिन्छ’ भनेका थिए । अहिले पनि उनी ती शिक्षकको भनाइ सम्झन्छन् । ‘प्राकृतिक ढंगले भाले–पोथी मिलेकै राम्रो । अविवाहित हुँदा समस्या र जटिलता नहुने होइनन्,’ उनले अविवाहित हुँदाको दुस्खतर्फ संकेत मात्रै गरे ।

आफू कसैको बुबा नभए पनि धेरैको अभिभावक रहेको पोखरेलले बताए । ‘महोत्तरीमा हाम्रो १५ परिवारको आधारशीला छ । केटाकेटी धेरै छन् । सामूहिक परिवारअन्तर्गत अभिभावकको जिम्मेवारी निर्वाह गरिरहेको छु,’ उनले भने, ‘म त ठूलो लेबलको परिवारमा छु ।’

चार कार्यकाल भोजपुरमा पार्टीको नेतृत्व गरिसकेका एमाले पोलिटब्युरो सदस्य शेरधन राई पछिल्लो समय विवाह गर्ने निष्कर्षमा पुगेका छन् । केटी पक्का नभए पनि उनले समय पक्का गरिसके । ‘संविधान जारी र विवाह सँगसँगै गर्ने निर्णयमा पुगेको छु,’ उनले योजना सुनाए, ‘पात्र त फिक्स्ड भएको छैन, विवाहचाहिँ फिक्स्ड हो ।’

निरन्तर पार्टीको नेतृत्व सम्हाल्दा प्रेम र विवाहतिर ध्यानै नगएको उनी बताउँछन् । बिहे नगर्दा ‘फुलफेज’मा राजनीतिक काम गर्न पाएको अनुभव उनीसित छ । ‘त्यसैले त म यो जिम्मेवारीमा पुग्न सकेको छु । एक खालको राजनीतिक उचाइ हासिल गरेको छु,’ उनी भन्छन्, ‘सानै उमेरमा विवाह गरेर पारिवारिक झमेलामा परेको भए सायद म यहाँसम्म पुग्न पनि सक्दिनथेँ हुँला, बन्धनमा बाँधिएको हुन्थेँ ।’

घरमा बुबाआमाले, पार्टीमा नेता–कार्यकर्ता र साथीभाइले बिहेका लागि नेता राईमाथि निरन्तर दबाब दिइरहेका छन् । वेलावेलामा उनी आफैँ पनि परिवारको अभाव महसुस गर्छन् । ‘जतिवेला थकित हुन्छु, व्यस्त हुन्छु, त्यस्तो वेलामा अभाव खड्किन्छ । घरपरिवार, श्रीमती हुँदा राम्रै हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘राजनीतिक काममा सुझाब, प्रतिक्रिया र व्यवस्थापनमा पनि सहयोग हुन्थ्यो होला ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘अहिलेसम्म बिहे नगरेर ठीकै गरेको’ ठानेका छन् । वैवाहिक झन्झटमा नअल्झिँदा पार्टी र साथीभाइलाई समय दिन सकेको उनी बताउँछन् । ‘बिहे नगरेर मलाई घाटा भएको छैन, पारिवारिक जिम्मेवारी छैन, फुक्का भएर हिँडिन्छ । श्रीमतीलाई सघाउने, बालबच्चा स्कुल पुर्‍याउने झन्झट छैन,’ उनी भन्छन्, ‘सबै समय राजनीतिमा खर्चिन पाएको छु, साथीहरूलाई पर्याप्त टाइम दिन पाएको छु ।’

आफूसँगैका साथीहरू घरबार जोडेर व्यवस्थित भएको देख्दा भने पौडेललाई पनि बिहेको रहर लाग्छ । ‘सधैँभरि यसरी त नचल्ला,’ उनी निष्कर्षतिर पनि पुगेका छन् । त्यसो भए चाँडै बिहे हुन्छ रु नयाँ पत्रिकाको जिज्ञासामा उनी लामो हाँसो हाँसे र कूटनीतिक जवाफ फर्काए, ‘मैले विवाह गर्दिनँ भनेर घोषणा गरेको छैन ।’

परिवार र आफन्तबाट विवाहका लागि पौडेलमाथि चर्को दबाब छ । बिहे नगर्दा ‘शंका’को दृष्टिले हेर्नेहरू देखेर पनि उनी थोरै डराएका छन् । ‘प्रेसर निकै छ, आमा बुहारी चाहियो भनिरहनुहुन्छ,’ उनले सुनाए, ‘नेपाली समाजमा विवाह रेगुलर प्रोसेस हो, नगर्दा आशंकाको दृष्टिले हेर्ने पनि चलन छ ।’

कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् रामहरि खतिवडा पनि ‘अब बिहे नगरी हुँदैन’ भन्ने निष्कर्षमा पुगेका छन् । बिहे नगरेर सुखभन्दा दुस्ख बढी पाएको उनले महसुस गरेका छन् ।

अविवाहित हुँदा घरमा सबै सामान लथालिंग हुने गरेको खतिवडाले बताए । ‘बेलुकी घर जाँदा आइपुग्नुभयो भन्ने मान्छे छैन, कहिले जुत्ता मिलेको हुँदैन, कहिले कपडा मिलेको हुँदैन, घरमा साथीहरू आए सीधै ओछ्यानमा पुग्छन्,’ उनले विवाह नगर्दा झेल्नुपरेका कठिनाइ सुनाए, ‘गाउँबाट साथीहरू साँझ–बिहान आउनुहुन्छ, उहाँहरूलाई खाना, चिया खुवाउन पाइँदैन, कहिलेकाहीँ बिरामी पर्दा हेरविचार गर्ने हुँदैनन् ।’

वैवाहिक बन्धनमा नबाँधिदा केही कुरामा सजिलो पनि भएको नेता खतिवडाले बताए । ‘कतिखेर घर आउने भन्ने प्रश्नको जवाफ दिनुपरेको छैन, कचकच सुन्नुपरेको छैन,’ उनी भन्छन् ।

एमाले केन्द्रीय सदस्य तथा सभासद् ममता गिरी विवाह नगरेर ठीक गरेको बताउँछिन् । ‘विवाह गरेको भए म पारिवारिक झमेलमा अल्झन सक्थेँ, अहिले मैले सबै समय देश र जनताका लागि खर्चन पाएकी छु, यसमा सन्तुष्ट छु,’ उनी भन्छिन् । बिहे नगर्ने निष्कर्षमा उनी पुगेकी छिन् ।

‘विवाह गरुँ भन्ने लागेको भए बिहे गरिहाल्थेँ नि,’ उनले भनिन्, ‘पहिले–पहिले घरपरिवार, साथीहरूले विवाह गर्नुपर्‍यो भनेर दबाब दिनुहुन्थ्यो, अहिले त कुनै दबाब पनि छैन,’ गिरीले भनिन् । प्रेम–प्रस्ताव भने धेरै आएको उनले बताइन् । ‘मैले धेरैका प्रेम–प्रस्ताव अस्वीकार गरेँ, मैले त कसैलाई प्रस्ताव राखिनँ,’ उनले भनिन् ।

केही अविवाहित नेता ‘बिहे’बारे औपचारिक रूपमा बोल्नै चाहँदैनन् । विवाहबारे त्यसै पनि प्रश्न ओइरिने र पत्रिकामा बोल्दा साथीभाइले थप उडाउने उनीहरूको बुझाइ छ । ‘मैले विवाह नगरेको, नगर्दाका सुख–दुस्खबारे बोलेँ भने मलाई गिज्याउँछन्, बोल्दिनँ,’ एक नेताले भने ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...