Saturday, January 10, 2015

मेरी बास्सैकी निर्मलीले सार्वजनिक कार्यक्रममै वर खोजेपछि….

हास्य टेलिशृंखला ‘मेरी बास्सै’ की निर्मली ९नीरु खड्का० ले वर खोज्दै हिँडेपछि धेरै युवा उत्साहित भए । हातमा वर माला बोकेर वर खोज्दै हिँड्न थालेपछि तनहुँ महोत्सवस्थित बीपी वनवाटिका मैदानको वातावरण रोमाञ्चक बन्यो ।

कार्यक्रम सञ्चालक कृष्ण कँडेलले वर खोज्ने क्रममा निर्मलीले भेटेका वृद्द पुरुष र उनीबीच गराएको कुराकानीले महोत्सवमा हाँसो गुन्जियो । काठमाडौंमा ह्यान्डसम पुरुष नपाएको भन्दै स्थानीय युवालाई ह्यान्डसम भनेपछि युवा पनि जोसिएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA