Friday, January 9, 2015

‘गुप्तांग ठूलो छ’ भन्ने पुरुषलाई किशोरी गायिकाको अनौठो जवाफ

१७ वर्षकी एक चर्चित गायिकाले आफ्नो खुट्टामा घुाडासम्मै कण्डम लगाएर पुरुषहरुलाई चोटिलो जवाफ दिएको समाचार अहिले पश्चिमा मिडियाहरुमा खुबै चर्चित बनिरहेको छ । स्विडेनकी किशोरी पप गायिका जारा लार्सनले ठूलो लिंग भएको भन्दै घमण्ड गर्ने पुरुषहरुका नाममा आफ्नो खुट्टालाई कण्डमभित्र घुसारेको तस्वीर इन्स्टाग्राममा अपलोड गरेपछि त्यो भाइरल बनेको छ ।



आफ्नो लिंग निकै ठूलो भएको र सोही कारण आफुलाई अस्थायी साधन कण्डमको आकार सानो भएर प्रयोगवीहिन भएको दाबी पुरुषहरुलाई व्यंग्य गर्दै उनले यस्तो गरेकी हुन् । आफ्नो त्यतिठूलो खुट्टालाई समेत मिल्ने आकारका कण्डम हुादाहुादै कतिपय पुरुषहरुले आफ्नो लिंग कण्डमका लागि ठूलो भएको तुजुक देखाएको सायद उनलाई मन परेनछ । त्यसैले उनले इन्स्टाग्राममा कण्डम बेरिएको आफ्नो खुट्टाको तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘कण्डमका लागि मेरो गुप्तांग निकै ठूलो छ भन्ने सबै पुरुषहरुका लागि, आसन ग्रहण गर ।’ ‘मेरो खुट्टा भन्दा ठूलो तिमीहरुको गुप्तांग त छैन होला नी रु’भन्ने उनको आसय हो ।
तन्नेरीलाई चुनौति दिनेगरि किशोरी गायिकाले यस्तो तस्वीर र सन्देश सोसल साइटमा राखेपछि त्यसलाई तत्कालै धेरै मानिसले हेरे, दशौा हजारले लाइक समेत गरिसकेका छन् ।

गायिकाको यो हर्कतलाई स्विडेन, नर्वे तथा डेनमार्कका मिडियाहरुले तत्कालै प्रकाशन तथा प्रशारण गरे । धेरै मिडियाहरुले गायिकाको यस्तो सन्देश गैरजिम्मेवार पुरुष पार्टनरहरुलाई पाठ भएको टिप्पणी गरे भने कतिपय पत्रिकाहरुले ती गायिकालाई महिलावादी आइकनको बिल्ला भिराएका डेलीस्टारले उल्लेख गरेको छ ।
आफ्नो तस्वीर र पोष्टले यतिधेरै चर्चा पाएकोमा जारा आफै अचम्मित छिन् । आफुले केवल रमाइलो जोकको रुपमा इन्स्टाग्राममा तस्वीर र भनाइ पोष्ट गरेको तर पत्रिकाहरुले आफुलाई अति महिलावादी जिनियस भनेर लेखिरहेको उनले बताइन् । आफु अति महिलावादी नरहेको उनको स्पष्टिकरण छ ।

सन् २००८ मा स्विडेनको टेलिभिजन रियालिटी शो जितेसागै चर्चामा आएकी जारा पछिल्लो समय निकै चर्चित छिन् । उनका गिति एल्वबहरुले ऐतिहासिक व्यापार गरिरहेका छन् । अनलाइनखबर.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...