Wednesday, January 7, 2015

२४ घन्टा नबित्दै प्रमुख दलका शीर्ष नेताहरूबीच थप तिक्तता

प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि अग्रसरता लिएको २४ घन्टा नबित्दै प्रमुख दलका शीर्ष नेताहरूबीच थप तिक्तता बढेको छ । बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मधेसी मोर्चासहित प्रमुख चार दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई ‘घोचपेच’ गरेपछि स्थिति थप बिग्रिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बैठकमा सद्भावना अध्यक्ष महतोले ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पहाडी भू–भागमा समावेश गरेर संघीयतामा जान नसकिने’ अडान राखेका थिए । जसको एमाले अध्यक्ष ओलीले कडा प्रतिवाद गरे ।
‘सम्म भूभागजति सबै मधेस भन्ने रु, त्यसो भए युपी र बिहारलाई पनि मधेस प्रदेशमा ल्याउन सक्नुहुन्छ रु’ भन्दै ओलीले आपत्ति जनाएका थिए ।

ओलीको ‘आक्रामक’ प्रस्तुतिपछि मधेसी मोर्चाका नेताहरू पनि आक्रोशित बने । ‘मधेसीलाई हेप्ने र अपमानित गर्नेगरी बोल्ने’ भन्दै उनीहरूले ओलीको भनाइप्रति आपत्ति जनाए । ‘कुरा बुझियो तपाईंहरूको, दुईतिहाइले संविधान जारी गर्ने तयारीमा हुनुहुन्छ होइन रु कसरी जारी गर्नुहुन्छ, हेरौँ । यस्तो बैठकमा कुरा गर्नुको कुनै अर्थ छैन । मधेसीलाई हेप्ने र अपमानित गर्नेगरी बोल्ने रु’ ओलीपछि बोलेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा भने । त्यसपछि मधेसी नेताहरू बैठक छाडेर हिँडे ।

ओलीको अभिव्यक्तिले ‘मधेसी जनतालाई अपमानित गरेको’ मधेसी मोर्चाको निष्कर्ष छ । बालुवाटारको बैठकपछि साँझ बसेको मोर्चाको बैठकले ‘ओलीका अभिव्यक्ति नसच्चिएसम्म एमालेसित छलफल नै नगर्ने’ निर्णय गरेको छ ।

मंगलबार बिहान एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्री एवं काग्रेस सभापति कोइरालाले सहमतिमै संविधान बनाउन बुधबार ‘सहमतिको प्रस्ताव’ ल्याउने बताएका थिए । तर, बुधबारको बैठकमा एमाले अध्यक्ष ओली र सद्भावना अध्यक्ष महतोबीचको ‘भनाभन’ले बैठक नै भाँडियो ।

बैठक सुरु गर्दै प्रधानमन्त्री कोइरालाले ‘सबै दल आ–आफ्ना अडानमा लचिलो हुनुपर्ने’ बताएका थिए । त्यसलगत्तै बोलेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ‘सहमति नै संविधान निर्माणको आधार भएको’ बताएका थिए । आजै ९बुधबार० सहमतिमा पुग्नुपर्ने बताउँदै प्रचण्ड केहीबेर बैठकबाट बाहिरिएका थिए । उनी फर्कंदा बैठक भाँडिइसकेको थियो ।

प्रचण्डपछि सद्भावना अध्यक्ष महतोले आफ्ना धारणा राखे । उनको प्रतिवाद गरे ओलीले । फोरम नेपालका अध्यक्ष यादवले ओलीको भनाइप्रति आपत्ति जनाउँदै ‘मधेसीलाई हेप्ने र अपमानित गर्ने बैठकको अर्थ नहुने’ बताए । र, मोर्चाका नेताहरू बैठकबाट बाहिरिए ।

बैठकमा उपस्थित मधेसी मोर्चाका नेता तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने मौन बसे । सुरुमा उनी बोलेनन्, पछि बोल्ने मौका नै पाएनन्, बैठक भाँडियो ।

‘सम्म भूभागजति सबै मधेसमा चाहियो भन्नुहुन्छ, छिमेकमा युपी, बिहार पनि दाबी गर्नुहुने हो कि,’ बैठकपछि एमाले अध्यक्ष ओलीले भने, ‘राज्य पुनर्संरचना गर्दा राज्यबाट जनताले शिक्षा, स्वास्थ्य, सुरक्षा पाउन सक्नेगरी विकासका सम्भावना हेर्नुपर्छ ।’ जातजाति र भूगोलबीच कलह मच्चाउने कुरा गर्नु उचित नहुने कुरा आफूले बैठकमा राखेको ओलीले बताए । ‘जनताका बीचमा यो जात र त्यो जात भनेर, यो भूगोल र त्यो भूगोल भनेर कलह मच्चाउने कुरा अनुचित हो,’ उनले भने, ‘अनि यो गाउँचाहिँ गैरपहाडिया छ, त्यो गाउँ यता पर्नुपर्छ भन्ने खालका कुरा पनि उचित हुँदैन ।’

आफूहरूसँग दुईतिहाइ भए पनि सहमतिका लागि वार्तामा बसेको बताउँदै ओलीले आफूले बैठक भाँडेको प्रचार गरिएको भन्दै प्रतिवाद गरे । ‘के निहुँ पाउँ कनिका बिकाउँ भन्ने भनाइ छ, यो कनिका बिकाएको मात्रै हो,’ उनले भने, ‘हामीसँग दुईतिहाइ छ, हामी वार्तामा बसेका छौँ । चाहिने–नचाहिने कुरा सुनाउने रु पाखुरा सुर्केर राज्य पुनर्संरचना हुँदैन, छलफल गरेर हुन्छ ।’

सद्भावना अध्यक्ष महतोले नेपालमा संघीयता गर्ने कुरामा कसरी युपी, बिहार आयो भन्दै ओलीलाई प्रश्न गरे । ‘हामीले मोरङ, झापा, सुनसरी, कैलाली र कञ्चनपुर मधेसको भूभाग हो । यसलाई मधेसबाट अलग बनाउन सकिँदैन भनेका थियौँ । तर, एमाले अध्यक्ष केपी ओलीजीले बैठकको माहोल भड्काउनुभयो । उहाँले बिहार र युपीसमेतलाई मधेस प्रदेशमा राख्ने हो कि भनेर कुरा राख्नुभयो,’ महतोले भने, ‘हामीले नेपाललाई संघीयतामा लैजाने हो, नेपालको भूभागमा राज्य पुनर्संरचना गर्ने भनेको हो । भारतको भूभागमा होइन नि । हामी बालुवाटारमा भारतीय भूभागको पुनर्संरचना गर्न बसेका थिएनौँ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले घोचपेच भएपछि बैठक भाँडिएको बताए । ‘हिजो ९मंगलबार०बाट छलफल सकारात्मक दिशातिर, सहमतितिर गएको भन्ने भएको थियो । हिजोको बैठकमा प्रधानमन्त्रीको भनाइ सकारात्मक नै थियो । आज त्यहीँबाट छलफल सुरु गर्नुपर्‍यो, सकेसम्म आजै एउटा निष्कर्षका पुग्ने कोसिस गर्नुपर्‍यो भनेर म एउटा कामका लागि बाहिर निस्केको थिएँ,’ प्रचण्डले भने, ‘फर्केर आउँदा त वातावरण अर्कै भइसकेको रहेछ, छलफल गर्दागर्दै अलिकति घोचपेचजस्तो भएछ ।’

मंगलबार एमाओवादी र मधेसी मोर्चाका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री कोइरालाले झापा, मोरङ, सुनसरीमा एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौला तथा कैलाली र कञ्चनपुरमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको गम्भीर चासो रहेको बताएका थिए । एमाओवादी स्रोतका अनुसार त्यसको समाधान खोज्न गाह्रो भएको कोइरालाले बताएका थिए ।

एमाओवादीसहितको विपक्षी दलहरूको मोर्चाले अघि सारेको साझा प्रस्तावमा १० प्रदेशको प्रस्ताव गरिएको छ । पूर्वका झापा, मोरङ र सुनसरीलाई मधेस तथा पश्चिमका कैलाली र कञ्चनपुरलाई थारुवान प्रदेशमा राखिनुपर्ने प्रस्ताव मोर्चाको छ । सत्तारुढ दलहरूले यसलाई अस्वीकार गरेका छन् ।

एमाले नेताहरूले भने संघीयताको भौगोलिक सिमाना कुनै नेताविशेषको व्यक्तिगत चासोको विषय नभएको बताए । ‘कुन नेताको कुन जिल्ला भन्ने हल्ला प्रायोजित हो,’ एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकासँग भने, ‘सदियौँ पुरानो राष्ट्रिय एकता भत्काउन प्रायोजित रूपमा ल्याइएका राष्ट्रघाती सोच केपी ओलीले होइन एमालेले मान्दैन र यसलाई सफल हुन दिँदैन ।’ आफूहरूसँग संविधान जारी गर्न दुईतिहाइ मत हुँदाहुँदै कार्यतालिका अवरोध हुँदा पनि सहमतिको कोसिसमा लागेको, तर सहमतिको प्रयासलाई धम्कीको भाषाले तह लगाउन खोजिएको खनालले बताए ।

के भयो बैठकमा रु

प्रधानमन्त्री सुशील कोइराला ९बैठक सुरु गर्दै०
विवादका विषयमा अब धेरै समय छलफल गरेर बिताउनु राम्रो हुँदैन । विवाद धेरै नराखौँ, पुराना आ–आफ्ना अडानबाट विन–विन सिचुएसनमा कतिसम्म लचिलो हुन सकिन्छ, त्यो गरौँ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
सहमति नै संविधान निर्माण गर्ने आधार हो, पहिले भएका सहमतिका आधारमा टेकेर नै संविधान निर्माणको सहमतिमा पुग्नुपर्छ । त्यसका लागि हामीले धेरै त्याग गर्दै पनि आएका छौँ, अहिले पनि संविधान निर्माणलाई नै ध्यानमा राखेर निचोडमा पुग्ने काम गरौँ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो
कञ्चनपुरदेखि झापासम्मको मधेसको भूभाग पहाडमा मिलाउन सकिँदैन । त्यसमा चुरे क्षेत्र र भित्रीमधेस पनि पर्छ । त्यसलाई पहाडमा मिलाउने कुरा मानेर सम्झौता हुँदैन । झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पहाडमा मिलाउने कुरा कुनै पनि हालतमा मानिँदैन ।

एमाले अध्यक्ष केपी ओली
पहाड र तराईलाई टुक्र्याउन दिइँदैन । राज्यको पुनर्संरचना भनेको विभेद र विखण्डनका लागि होइन, अधिकारको विकेन्द्रीकरणका लागि हो । समथर भूभागजति मधेसको भन्ने रु बिहार र उत्तरप्रदेशलाई पनि मधेस प्रदेशमा ल्याउन सक्नुहुन्छ रु तर्कका आधारमा पुष्टि गरे स्विकार्न सकिन्छ, बन्द–हडतालको धम्कीको बलमा यो हुनैपर्छ भनेर मानिँदैन ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव
कुरा बुझियो तपाईंहरूको । तपाईंहरू दुईतिहाइले संविधान जारी गर्ने तयारीमा हुनुहुन्छ होइन रु कसरी जारी गर्नुहुन्छ हेरौँ । यस्तो बैठकमा कुरा गर्नुको कुनै अर्थ छैन । मधेसीलाई हेप्ने र अपमानित गर्नेगरी बोल्ने रु
९यादवले बोलेपछि मधेसी नेताहरू बाहिरिए ।०

बैठकपछि कसले के भने
सम्म भूभाग सबै मधेस रु युपी, बिहार पनि राख्ने कि रु
केपी ओली, एमाले अध्यक्ष

मधेसी दलका नेताहरू सम्म भूभागजति सबै चाहियो भन्नुहुन्छ । कहाँ–कहाँ छ सम्म जमिन रु अनि क–कसका आँगन छन् रु आँगन पनि सम्म नै हुन्छ । छिमेकमा रहेका युपी, बिहार पनि दाबी गर्नुहुने हो कि रु यस्ता कुराको कुनै तुक हुँदैन । नचाहिने कुरा गर्नुहँुदैन । राज्यबाट जनताले पाउन सक्ने शिक्षा, स्वास्थ्य, सुरक्षा पाउन सकून् । सर्वोपरी कुरा हामीले राज्यको पुनर्संरचना गर्दा विकासका सम्भावना हेर्नुपर्छ । राष्ट्रिय एकता, राष्ट्रिय भावना प्रबल हुनुपर्छ । त्यसका लागि हामीले राज्यको पुनर्संरचना गर्ने हो ।

जनताका बीचमा यो जात र त्यो जात भनेर, यो भूगोल र त्यो भूगोल भनेर कलह मच्चाउने, अनि यो गाउँचाहिँ गैरपहाडिया छ, त्यो गाउँ यता पर्नुपर्छ भन्ने खालका कुरा गर्नु उचित हुँदैन । राज्यको पुनर्संरचना भनेको देशका लागि, जनताका लागि हुने हो । भूगोलका लागि राज्य पुनर्संरचना होइन । जनताको सुविधा, सहुलियत, अधिकार र विकासका लागि चाहिने हो । ‘के निहुँ पाउँ कनिका बिकाउँ’ भन्ने भनाइ छ । कनिका बिकाएका मात्रै हुन् । हामीसँग दुईतिहाइ छ । तैपनि, हामी वार्तामा बसेका छौँ । चाहिने–नचाहिने कुरा सुनाउने रु पाखुरा सुर्केर राज्य पुनर्संरचना हुँदैन । छलफल गरेर हुन्छ ।

छलफलमा घोचपेच भएछ
पुष्पकमल दाहाल प्रचण्ड, एमाओवादी अध्यक्ष
हिजोबाट छलफल सकारात्मक दिशातिर, सहमतितिर गएको भन्ने भएको थियो । हिजोको बैठकमा प्रधानमन्त्रीको भनाइ सकारात्मक नै थियो । आज त्यहीँबाट छलफल सुरु गर्नुपर्‍यो, सकेसम्म आजै एउटा निष्कर्षका पुग्ने कोसिस गर्नुपर्‍यो भनेर म एउटा कामका लागि बाहिर निस्केको थिएँ । फर्केर आउँदा त वातावरण अर्कै भएको रहेछ बैठकमा । छलफल गर्दागर्दै अलिकति घोचपेचजस्तो भएछ । साथीहरूले यसमा ‘रियलाइज’ गर्नुपर्छ भन्नुभएको रहेछ । हामी छलफल गर्दै जान्छौँ ।

ओलीले माहोल भड्काए
राजेन्द्र महतो, सद्भावना अध्यक्ष
हामीले मोरङ, झापा, सुनसरी, कैलाली र कञ्चनपुर मधेसको भूभाग हो, यसलाई मधेसबाट अलग बनाउन सकिँदैन भनेका थियौँ । तर, एमाले अध्यक्ष केपी ओलीजीले बैठकको माहोल भड्काउनुभयो । उहाँले बिहार र युपीसमेतलाई मधेस प्रदेशमा राख्ने हो कि भनेर कुरा राख्नुभयो ।


अभिव्यक्ति नसच्याएसम्म एमालेसित वार्ता नगर्ने
चार दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले दिएका अभिव्यक्ति ‘मधेसी जनतालाई अपमानित गर्ने’ खालका भएको निष्कर्ष मधेसी मोर्चाले निकालेको छ । बुधबार साँझ बसेको मोर्चाको बैठकले ओलीका अभिव्यक्ति नसच्याएसम्म एमालेसित वार्ता नगर्ने निर्णय गरेको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...