Wednesday, January 7, 2015

पत्रिकाको कार्यालयमा बन्दुकधारीले गोली बर्साउँदा १२ को ज्यान गयो

फ्रान्सको पेरिसस्थित एक पत्रिकाको कार्यालयमा बन्दूकधारीले आक्रमण गरेर १२ जनाको हत्या गरेका छन् । दुईजना बन्दुकधारीले पेरिसस्थित चर्चिच ब्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा गोली बर्साउँदा १२ जनाले ज्यान गुमाएका हुन् ।


दुई बन्दुकधारीले पत्रिकाको कार्यालयमै पसेर एसल्ट राइफलबाट गोली बर्साएको बीबीसीले उल्लेख गरेको छ ।  ब्यंग्य समाचार तथा कार्टुन प्रकाशित गर्ने सो पत्रिकाका सामग्रीहरु यसअिघ विवादमा पर्दै आएका थिए ।



पत्रिकाले केही दिनअघि इराका र सिरियामा विद्रोह गरिरहेको इस्लामिक स्टेट फोर्सका नेता अबु बक्र अल बगदादीको कार्टुनसहितको सामग्री ट्वीट गरेको थियो ।


एक प्रत्यक्षदर्शीले कालो पोशक लगाएका दुईजना मानिस आधुनिक हतियार एके ४७ सहित पत्रिकाको कार्यालयमा पसेको देखेका जानकारी फ्रान्सस्थित एक टेलिभिजन लेटेललाई जानकारी दिएका छन् । घटनालाई नरसंहारको संज्ञा दिँदै फ्रान्सका प्रहरी अधिकारी ल्यू पोइगन्यान्टले  यो घटनाको पुष्टि गरेका छन् ।
अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...