Wednesday, December 28, 2011

करोडपति जनावर



संसारमा जनावरसँग पनि प्रशस्तै सम्पत्ति हुँदो रहेछ । पैसा धन के हो चिन्नै नसक्ने जनावरले ती सम्पत्ति कसरी कमाए होलान् कसले दिए होलान् कुकुर बिराला कुखुरा ह्वेल निकै धनीका रुपमा चिनिएका छन् । गिनिज बुकमा समेत उनीहरुको नाम छ । उनीहरुसँग करोडौं सम्पत्ति छ । र रमाइलो जीवन बिताइरहेका छन् । तिनै प्रसिद्ध र करोडपति जनावरबारे बुझौं न आज !

पहिलो करोडपित

ुगन्टर चौथोु कुकुर विश्वकै सबैभन्दा धनी जनावर हो । जर्मनीकी धनाढ्य गन्टर तेस्रोले उनलाई पालेका थिए । उनी मरेपछि सबै सम्पत्ति कुकुरको नाममा आयो । अहिले गन्टरसँग १२ करोड अमेरिकी डलर सम्पत्ति छ । जर्मन सेफर्ड जातको यो कुकुर १९९३ देखि एक्लो धनीका रुपमा चिनिँदै आएको छ । सन् १९९८ मा उसलाई विश्वकै धनी भनेर गिनिज बुकले पनि लेखेको छ । सन् २००० मा उसले मियामी भिल्लामा गायिका म्याडोना सुत्ने कोठा ५० लाख अमेरिकी डलर तिरेर किन्यो । गन्टर रिफर्म ट्रस्टका मालिक पनि हो ऊ । उसको अर्को कुनै मालिक छैन । रमाइलो र फुर्तिलो कुकुरका रुपमा चिनिने गन्टरले थुप्रै तालिम पनि लिइसकेको छ । उसको सम्पत्ति इटाली जर्मनी र बहमासमा पनि छ ।

दोस्रो करोडपित

अस्ट्रेलियाको कालु नामको चिम्पान्जी दोस्रो धनी जनावर हो । अस्ट्रेलियाका पौडीबाजले कालुलाई पालेका थिए । त्यही कालु अहिले विश्वकै दोस्रो धनीमा गनिएको छ । प्रुंक ओनेल नामका ती पौडीबाज मरेपछि उनकी श्रीमतीले कालुलाई ६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति दिइन् । पछि त्यो सम्पत्ति आफूलाई दिइनुपर्छ भन्दै ओनेलकी छोरीले झगडा गरेकी थिइन् । आफू पौडी खेल्ने बेला कालुले टाउकोमा हिर्काउने जथाभावी दौडने आरोप उनले लगाएकी छन् । जे भएपनि कालु अहिलेसम्म विश्वकै दोस्रो धनी जनावरका रुपमा चिनिएकै छ ।

तेस्रो करोडपित

संसारकै तेस्रो धनी टम्मासो नामको बिरालो हो । केही वर्षअघि इटालीको रोममा भौंतारिएर हिँड्ने टम्मासो अहिले खुसीसाथ रोम सहरबाहिर बस्न थालेको छ । उसको सम्पत्ति १ करोड ३० लाख अमेरिकी डलर छ । उसकी मालिक्नी मरेपछि सबै सम्पत्ति उसले पायो । ९४ वर्षे धनाढ्य वृद्धा मरिया असुन्ताले टम्मासोलाई निकै माया गर्थिन् । उनका सन्तान थिएनन् । उनका श्रीमान पनि मरिसकेका थिए ।

उनी मर्नुअघि सबै सम्पत्ति बिरालोको हुने बताएकी थिइन् । टम्मासो अहिले ४ वर्ष पुगेको छ । टम्मासोलाई माया गर्ने स्टेफनियाले सम्पत्तिको रखवारी गर्नेछिन् । टम्मासो भर्खरै धनी भएपछि टब्बी राइम्स नामक कुकुर चौथो करोडपति भएको छ । टब्बी यसअघि तेस्रो धनी थियो । चौथोमा गिग्गो नामको भाले थियो । भालेको सम्पत्ति एक करोड थियो ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...