Wednesday, December 28, 2011

स्वस्थ रहन साल्सा


हिपहप, बि-बोइङ र साल्सा युवाको रोजाइ बन्दैछ । आजभोलि बिहेपार्टी ग्यादरिङतिर पश्चिमा संगीतमा नाच्छन् । नाच्न नजाने अप्ठेरोमा परिन्छ । जाने आकर्षणको केन्द्र र स्वस्थसमेत होइनाले यी नाच सिक्ने बढेका छन्





नेत्र तामाङ



नम्रता सापकोटा आफूलाई मिडियाको विद्यार्थीका रुपमा चिनाउन मनपराउँछिन् । देवकी बन्दनाको मन चंगा भो फूलको थुंगा भो रुपक डोटेलको मेरो बोली सुन्दा… जस्ता चर्चित गीतमा मोडलिङ गरेकी उनी दुई वर्षयता साल्सा धाउँदैछिन् । नाचमा सानैदेखि रुचि थियो रे उनको । उनले भनिन् ुमिडिया र म्युजिक भिडियोमा पनि सघाउ पुग्ला भनेर साल्सा रोजेकी हुँ ।ु



अन्य क्षेत्रमा झैं नाचमा पनि बिस्तारै पश्चिमे शैली भित्रँदैछ । बेलाबेला आयोजना हुने हिपहप ब्याटल बि-बोइङ नाचले यसको प्रतिनिधित्व गरिरहेको छ । नौलो कुरा जोसुकै सिक्न मनपराउने बताउँछिन् नम्रता साल्सा हिपहप डान्स नयाँ भएकाले यसमा युवाहरुको झुकाव बढेको हुनुपर्छ भन्छिन् ।



जोडी नाचका रुपमा चिनिने साल्सा जाँदा सुरुमा परिवारले अप्ठेरो मानेको उनको अनुभव छ । तर अहिले यस्तो अवस्था छैन सबैले सामाजिक नाचका रुपमा स्विकारिसकेको उनको बुझाइ छ । साल्साका फाइदा थुप्रै रहेको उनले पाएकी छन् । ुबडी मेन्टेन गर्न साल्सा नै कफी छु उनी भन्छिन् ुमलाई कुनै फिटनेस सेन्टर र जिम धाउनुपरेको छैन ।ु उनी काठमाडौं भाटभटेनीमा रहेको साल्सा एकेडेमीमा एड्भान्स लेभल सिक्दैछिन् ।



काठमाडौं महाराजगन्जका २८ वर्षे सन्तोष श्रेष्ठ कम्प्युटर इन्जिनियर हुन् । सन्तोष पनि आजभोलि साल्सा सिक्दैछन् । सानैदेखि नाचमा रुचि भएको बताउने उनी तीन वर्षयता साल्सा सिक्दैछन् ुसानोमा स्टेज प्रोग्राम गरिरहन्थेँ । तर नाच सिक्न पाइनँ । त्यही इच्छा पूरा गर्न अहिले साल्सा धाउँदैछु ।ु



चर्चित बन्दै गएको साल्सा निकै मनपरेको बताउँछन् सन्तोष । ुदिनभरि कम्प्युटर मनिटरमा आँखा लाइरहनुपर्ने आँखा र टाउको दुख्छु नाच मन पराउनुको कारण खुलाए उनले ुसाल्सा नाचेपछि रिप्रुेस भइन्छ ।ु



साल्सा फुस्रतलाई सदुपयोग गर्ने माध्यम पनि हो । ुकाम सकेपछि अरु ठाउँ जानुभन्दा यहीँ आउनु बेस ज्यानलाई ताजकी राख्न पनि साल्साले सहयोग गर्छु सन्तोष भन्छन् । आफू कम्प्युटर इन्जिनियर भए पनि स्वस्थ रहन साल्सालाई निरन्तरता दिने पक्षमा छन् उनी ।



पुतलीसडकका मनिष शर्मा २१ पनि साल्सा सिक्दैछन् । ुपढाइसँगै साल्सा सिक्दैछुु शर्माले भने ुदुई वर्षदेखि आउँदैछु मनोराजनकै लागि आएको ।ु आत्मविश्वास बढाउने हो भने यो नाच रोज्नु ठिक हुने उनको अनुभव छ ।



साल्साभित्रै अनेक नाच छन् । तीमध्ये चाचाचा बचाता मेिरंगे स्विङ रेगेतो सिक्दैछन् सन्तोष र मनिष । चाचाचा क्युबाबाट आएको बचाता डोमिकन रिपब्लिकबाट आएको नाच हो । यी सबै नाच जोडी नाच हुन् । रेगेतो स्विङ र मेिरंगे अमेरिकी नाच हुन् ।



हिपहप ब्याटल



हिजोआज युवाको ध्यान तानेको छ साल्साले । मौलिक नाचभन्दा फरक र शारीरिक व्यायामसमेत हुने भएकाले यसमा आकर्षण बढेको साल्सा एकेडेमीका संस्थापक विनायक श्रेष्ठको बुझाइ छ । गएको हप्ता साल्सा पश्चिमे नाच र नेपाली नाच प्रचार गर्न एकेडेमीले इन्टनरनेसनल डान्स फेस्टिबल आयोजना गरेको थियो । दोस्रो पटक आयोजित फेस्टिभलमा चार सय युवा सहभागी थिए । तीनदिने फेस्टिभलमा हिपहप ब्याटल र डान्स म्याराथन आकर्षण बने ।

ुफेस्टिबलको थकान मेटाउन विदेशबाट आएका प्रशिक्षकसित हामी रातभर नाच्यौं यसैलाई डान्स म्याराथन भनिएको होु नम्रताले जानकारी दिइन् । फेस्टिभलमा बलिउड डान्स र बि-बोइङको मज्जा बेग्लै रहेको सहभागीले बताए । फेस्टिभलमा अमेरिका भारत क्यानडा प्रुान्स नेदरल्यान्ड्सबाट प्रशिक्षक आएका थिए । नेपालमा सात वर्षअघि साल्सा प्रशिक्षण सुरु भएको साल्सा एकेडेमीका संस्थापक विनायक श्रेष्ठ बताउँछन् । उनले बबरमहल रिभिजिटेडबाट प्रशिक्षण सुरु गरी सन् २००७ मा भाटभटेनीमा एकेडेमी खोलेका हुन् । सुरुमा साल्सा धाउने कम भए पनि हरेक वर्ष चालीस प्रतिशतले बढिरहेको उनले बताए ।



बि-बोइङ बहार



बिहे होस् वा कुनै पार्टी गीत घन्किएपछि जोसुकै नाच्न मनपराउँछन् । तर राम्रो नाच्नलाई तालिम त चाहिन्छ नै । एकेडेमीमा बि-बोइङ जुम्बा कत्थक पि्रुस्टाइल बलिउडको कक्षा पनि साचालन भइरहेको छ । धेरैको आकर्षण बि-बोइङमा बढेको प्रशिक्षक गम्भीर विष्टले बताए । सन् १९६० को दशकतिर सडकमा मनोराजन दिएर पैसा माग्ने अपि्रुकी मूलका अमेरिकी युवाले प्रदर्शन गरेको नाच नै अहिले बि-बोइङका रुपमा चम्केको मानिन्छ ।



यसलाई हिपहपमा आधारित ब्रेक डान्सका रुपमा पनि लिइन्छ । संगीतको तालमा कम्मर मर्काउने हात र टाउको टेकेर उभिँदै ज्यान पि्रुज गर्ने टाउकोमा अडिएर फनन घुम्दै नाचिने नाच हो यो । जिम्न्यास्टिकबाट सुरु भएको भनिन्छ बि-बोइङलाई । रियालिटी सो छमछमीमा कोरियोग्राफर समेत रहेका विष्टले भने ुहिपहपभित्र धेरै पश्चिमा नाच पर्छन् ।ु बि-बोइङमा नाच्ने केटालाई बि-ब्वाई र केटीलाई बि-गर्ल भनिन्छ ।

एकेडेमीमा विष्ट बलिउड डान्स पनि सिकाउँछन् । ुहिन्दी फिल्मका नाच नै बलिउड डान्स हुन्ु उनले प्रस्टुए ।





फिटनेसका लागि जुम्बा



मर्निङ वाक जान अप्ठेरो लागे जिम जान वा कुनै फिटनेसमा जान गाह्रो भए जुम्बा नाच्न सकिन्छ । फिटनेसकै लागि कोलम्बियाबाट सुरु भएको यसलाई एरोबिक नाच पनि भनिन्छ । एकेडेमीमा श्रेष्ठ जुम्बा सिकाउँछन् । गीतहरु रिमिक्स गरी कहिले स्पिडमा त कहिले बिस्तारै नाचिने उनले बताए । कति जना त यहीँ नाच सिकेर प्रशिक्षकसमेत बनेका छन् ।

ुमैले यहीँ सिकेकी हुँ एकवर्ष सिकँेु प्रशिक्षक मनिषा गुरुङ १८ ले भनिन् ुदुई महिनायता सिकाउँदै पनि आएकी छु ।ु

उनी भन्छिन् ुलाइफ कलरफुल बनाएको छ जुम्बाले रिप्रुेसमेन्ट दिएको छ ।ु नियमित जुम्बा गर्दा हुने हातखुट्टा पेटको व्यायामले मोटोपन हट्ने उनले बताइन् । ुफिटनेससँगै इन्ज्वेमेन्ट र मेन्टल्ली एक्साइटमेन्ट हुन्छु उनले भनिन् ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...