Wednesday, December 28, 2011

प्यारो पुस्तकालय



नेत्र तामाङ

सात कक्षा पढ्ने अमिसा न्यौपाने सोमबार ुहाई वान होपु पुस्तकालयमा भेटिइन् । धापासिको तििलंगाटार उमावि कम्पाउन्डभित्रको पुस्तकालयमा उनी रोमियो जुलियटको कथा पढ्दैथिन् ।

ुस्कुलमा जाडो बिदा सुरु भइसक्यो । खेलेर बस्नुभन्दा पढ्नु बेसु केन्द्रीय विद्यालयकी असिमाले भनिन् ुकोस्रबाहिरको किताब पढ्दा मज्जा पनि हुनेरहेछ ।ु

उनी कथा र इतिहासका किताब पढ्न मन पराउँछिन् । घर नजिकै पुस्तकालय भएकाले बिदाभर यहीँ पढ्न आउने उनको योजना छ । फराकिलो ठाउँ र प्रसस्तै किताब भएको पुस्तकालयमा पढ्न पाएकोमा खुसी छिन् उनी ।

एक वर्षअघि खोलिएको पुस्तकालय तीन कोठमा छ । उनी पढ्दै गरेको कोठा सबैभन्दा ठूलो रहेछ । छ कक्षामाथिका विद्यार्थी र अरु जोसुकै यही कोठामा पढ्न पाउँछन् । पाँच कक्षा भन्दा तलका नानीहरुलाई अर्कै कोठा छ । ससाना मेच रंगीविरंगी किताब यस कोठमा । खेलौना पनि छन् । टेलिभिजनमा कार्टुन हेर्न पनि मिल्छ ।

तेस्रो कोठामा १० कम्प्युटर छन् । विद्यालयमा पढ्नेले पालैपालो कम्प्युटर सिक्छन् । पुस्तकालयमा किताबका अतिरिक्त पाठ्यसामग्री खोज्न इन्टरनेट पनि उपलब्ध छ ।

त्यही दिन भानुभक्त मेमोरियलको ६ कक्षाकी प्रशंसा पौडेल पनि भेटिइन् पुस्तकालयमा । परीक्षा सकेर फुस्रदमा रहेकी उनले विज्ञानका किताब पढ्दै थिइन । ुपहिले पनि आएकी थिएँ । थुप्रै किताब देखेँ । त्यसैले बानी नै लाग्योु उनले बताइन् ।

सुरुमा विद्यार्थीबाट केही रकम जम्मा गरी खोलिएको यो पुस्तकालयको सहयोगी पाएपछि रुप फेरिएको छ । ुपहिले सानो थियो किताब पनि थोरै थिएु तिलिङगटार स्कुलको दस कक्षाका गणेश भण्डारीले भने ुअहिले पुस्तकालयमा किताब पनि धेरै छन् ।ु हप्तामा चार दिन पुस्तकालय आउने उनी सामाजिक विषयका विस्तृत पाठ यहीँ भेट्ने बताउँछन् । विभिन्न देशका राजनीतिक इतिहासका किताबसमेत पढेका उनलाई फुस्रद हुनेबित्तिकै यहाँ आउन मन लाग्छ ।

पुस्तकालय कोरियन नेसनल कमिसन फर युनेस्को मिजी सेन्टर हाई वान रिसोर्ट र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोगमा बनेकॊ विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले बताए । यहाँको भौतिक संरचना पनि कोरियन नेसनल कमिसन फर युनेस्कोले नै बनाइदिएको हो ।

विद्यालयको पुस्तकालय ठूलो भएपछि विद्यार्थी पनि खुसी छन् । ुहामीलाई निकै राम्रो भएको छु तििलंगाकै नौ कक्षाकी अस्मिता महराले भनिन् ुक्विज कथाका किताब पढ्न पाएकी छु ।ु कोस्रका किताबभन्दा पुस्तकालयका किताब धेरै पढेको उनले बताइन् । संखुवासभाबाट एक वर्षअघि पढ्न आइपुगेका लाक्पा शेर्पा हप्ताको तीन दिन आइपुग्छन् यहाँ । ुएकैचोटिमा किताब पढिसकिन्नु उनले भने ुअधुरा र रहरलाग्दा कथा पढ्न फेरि आउनै पर् यो ।ु

पुस्तकालयमा सागर न्यौपाने सोनाम तामाङ रुपेश राई अर्जुन पाण्डे सविता थापामगर र अमरबहादुर कार्की पनि थिए । कक्षा सुरु नहुन्जेल रमाइला किताब पढिसिध्याउने उनीहरु बताउँछन् । कम्प्युटरको कक्षा लिन पाएको र बेलाबेला इन्टरनेट पनि चलाउन पाइने उनीहरुले बताए ।

पुस्तकालयमा विभिन्न शीर्षकका १२ हजार किताब भएको लाइबेरियन सुभद्रा वाग्लेले जानकारी दिइन् । जसमध्ये बढीजसो अंग्रेजी भाषाका छन् । बालबालिकादेखि वृद्धसम्मले मनपराउने कथा कविता उपन्यास आत्मकथा जस्ता साहित्यिक विधाका किताब छन् । ुस्कुलमा खोलिएको भए पनि यो सामुदायिक होु उनले भनिन् ुयहाँ जोसुकै आएर पढ्न सक्छन् ।ु

पुस्तकालय हरेक दिन बिहान सातदेखि साँझ पाँच बजेसम्म खुला हुन्छ । शनिबार भने १२ देखि २ बजेसम्म मात्र खुल्ने वाग्लेले जानकारी दिइन् । पचास रुपैयाँ तिरे वर्षभरि सदस्य बन्न सकिन्छ । अहिलेसम्म १ सय ५० जना समुदाय सदस्य बनिसकेको उनले बताइन् ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...