Wednesday, December 28, 2011

कि्रसमस कहानी

नेत्र तामाङ

कि्रसमस नजिकै आइसक्यो । भोलि आइतबार यो चाड विश्वभर धुमधामसित मनाइँदैछ । हामीकहाँ पनि पसल ठूला सपिङ मल कसैकसैको त घरै कि्रसमस टि्र र झिलिमिली बत्तीले सजिइसकेका छन् । बाटोबाटोमा सन्त क्लजले उपहार बाँड्दै होलान् ।

ुसेतो दाह्रीवाल सन्त क्लजले उपहार बाँडेको देख्दा यो चाड निकै रमाइलो लाग्छु ज्वाला ढकालले भनिन् । ज्वाला ललितपुर जावलखेलमा रहेको सेन्टमेरिज स्कुलको ७ कक्षामा पढ्दैछिन् । उपहारमा चकलेट क्यान्डी खेलौना र किताब हुने उनले बताइन् । सानाका लागि यो चाड निकै रमाइलो हुन्छ । स्कुलमा जाडो बिदा सुरु भइसकेकाले उनी कि्रसमस घरैमा मनाउँदैछिन् ुसाथीहरुलाई गिफ्ट दिने सोचमा छु यो दिन ।ु

हरेक वर्षको डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । अमेरिका बेलायत युरोपका देश रसियामा यस दिन बिदा हुन्छ । नेपालमा पनि केही वर्षयता बिदा दिन थालिएको छ ।

ुगरिब परिवारमा जन्मेर पनि धेरै मानिसको कल्याण गर्न सफल जिजस क्राइस्टको जन्मदिन पारेर यो पर्व मनाइन्छु ज्वालाले प्रस्टुइन् । शंखमुलमा रहेको केएमसी स्कुलको ४ कक्षाका आभाष थापा कि्रसमसको दिन नयाँ किताब पढ्ने योजना सुनाए । ुस्कुल बिदा छ हामी यो चाड मनाउँदैनौंु उनले भने ुयो दिन कथाका किताब पढेर बिताउँछु ।ु एलाइन्स एकेडेमीको ५ कक्षामा पढ्ने गरिमा ज्ञवाली यस पर्वबारे केही थाहा नभएको बताउँछिन् ।



विश्वमा ६।८ प्रतिशत जनसंख्यामध्ये २ अर्ब १० करोड मानिसले यो पर्व मनाउँछन् । यो पर्व मनाउने सबै कि्रस्चियन हुन् । तर आजभोलि अन्य धर्म मान्नेले पनि मनाउँछन् । धार्मिक सहिष्णुता बढ्दै गएकाले पनि यस्तो भएको हो ।

देखासिकीले यसको उमंग विश्वभरि नै छाएपछि आजभोलि गैरकि्रस्चियनले पनि यो पर्व मनाउन थालेका हुन् । पर्व सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै पसल सपिङ मलमा हामी सन्त क्लज देख्न सक्छांै ।

रातो कपडा लगाएका सन्त क्लज खुसी देखिन्छन् । सेतो दाह्री भएका उनले कि्रसमसको दिन उपहार पनि दिन्छन् । यस दिन सन्तलाई गाडीमा राखी सहर घुमाउने गरिन्छ । पश्चिमी देशमा ुकि्रसमस ट्रीु र बत्तीले घर सिँगारिन्छ । कोही भने सामूहिक रुपमा चर्चमै कि्रसमस मनाउँछन् ।

सन्त क्लजको कथा

सन्त क्लजको अवधारणा किुमेन्ट क्लार्क मुर नामक लेखकले सन् १८२२ मा लेखेको कविता ुअ भिजिट बाइ सेन्ट निकोलोसु बाट सुरु भएको मानिन्छ । जर्मन अमेरिकन कार्टुनिस्ट थोमस नास्टले १९८१ मा सन्त क्लजको पूर्ण आकृति दिएका थिए ।

सन्त क्लजको सुरुवात डच निवासी सन्त निकोलसले गरेका हुन् । उनी अमेरिकाको न्यु अम्सटरडममा रहेका बेला पादरी भएका थिए । सानालाई माया गर्ने र दानी भएकाले सबैले मन पराउँथे । आफू पादरी भएकै बेला उनले यो रमाइलो पर्वको थालनी गरे । कतिपय भने गरिबलाई प्रसस्त पैसा दिने गरेका उनको सम्मानमा यो पर्व मनाउन थालेको बताउँछन् ।

डिपार्टमेन्टल स्टोर र सपिङ मलमा सन्त क्लज सजाउने काम भने जेम्स एगरले थालेका हुन् । सन् १८९० मा उनले आफ्नो स्टोरमा सन्त क्लज सजाएका थिए । बालबालिकालाई उपहार बिक्री गर्नका लागि उनले सुरु गरेको यो प्रथा अहिले विश्वभरका सपिङ मल र डिपार्टमेन्टल स्टोरले अपनाएका छन् ।

अमेरिकामा सन् १९७० मा कि्रसमसमा सार्वजनिक बिदा दिन थालेको हो । कतिपय केटाकेटी कि्रसमस आउनुअघि नै मन परेको खेलौनाको सूची तयार पारी बसेका हुन्छन् ।

यो कि्रस्चियनका लागि हिन्दुको दसैंतिहार जस्तै रमाइलो चाड हो ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...