Saturday, February 28, 2015

बाबुराम भट्टराई भारततिर


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा निस्किएका छन् । राजधानी दैनिकमा समाचार छ ।

३० दलीय मोर्चाको खुल्लामंचको शक्ति प्रर्दशन लगत्तै उनी पार्टी महासचिव कृष्णबहादुर महराका साथ नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

दिल्लीमा भट्टराईले भारतीय राष्ट्रपति, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका विभिन्न दलका उच्च नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

माधव नेपालले भने,‘तत्काल संघीयता असम्भव’

एमालेका नेता माधवकुमार नेपालले नेपालमा संघीयता चाहिए पनि तत्काल सम्भव हुने नदेखिएको बताएका छन् । 

नेपाल बुद्दिजीवी परिषद् भक्तपुरको सातौं जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै उनले भने,‘नेपालमा अब संघीयता लागू हुन्छ किनकी अब पछि हट्न मिल्दैन र सकिँदैन पनि तर यो तत्काल सम्भव छैन ।’

नेपालले आत्मनिर्णयको अधिकारसँग संघीयतालाई जोड्न र बुझ्न नहुने बताए । उनले भने,‘स्वायत्तता,स्वशासन र जनसहभागितामूलक अर्थमा संघीयतालाई बुझ्नुपर्छ । 

जातीयतासँग जोड्नु पटक्कै सान्दर्भिक हुन्न ।’ बुद्दिजिीवीले राजनीतिक संक्रमण चिर्न थिंक ट्यांक’ का रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा नेपालले जोड दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

मर्न तयार छु तर झुक्न तयार छैन्-प्रचण्ड

बहुमतीय प्रक्रिया रोकेर सहमतिमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

संविधानसभामा अगाडि बढाइएको बहुमतीय प्रक्रियालाई एमाओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराई नेतृत्वको संम्बैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति मार्फत समाधान खोज्न सत्ता पक्ष तयार भएमा आइतवारदेखि नै वार्ता हुन सक्ने जनाउ बिपक्षी गठबन्धनले दिएको छ। 'सम्वाद समिति मार्फत सहमति खोज्न सत्ता पक्ष तयार हुन्छन भने भोलीदेखि नै वार्ता शुरु हुन्छ।

भुटानमा २८ हजार नेपालीभाषी अनागरिक

भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोखेको नागरिकता अझै फिर्ता पाएका छैनन ।

सन १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोपल लगाउँदै खोसेर दरबार पुर्याइएको नागरिकतथा उनीहरु अझै नपाएका हुन् ।

नागरिकता फिर्ता नहुदाँ उनीहरुले आधारभूत सुविधाबाट पनि बन्चित हुनुपरेको छ ।

नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालिन सरकारको निर्णयविरुद्ध आन्दोलित भएका नेपालीभाषी सारछोक्या जातिका भुटानीलाई राजाको आदेशमा देश निकाला गरिएको थियो ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

भारतमा रहेका श्रीमानसँग ठाक्कठुक्क परेपछि छोराको निर्मम हत्या

बिदेशमा रहेका आफना लोग्नेसंग टेलिफोनमा झगडा गरेकी निर्दयी आमाले आफनै ९ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेकी छन् ।

प्रहरी निरीक्षक हरी बरुवालका अनुसार नवलपरासीको तम्सरीया स्थित बसन्तपुरकी जमुना जिसी (३१ बर्ष) ले छोरा प्रजितको घाँटीमा शललें थिचेर हत्या गरेकी हुन । छोराको हत्यापछि आफूले पंखामा झुण्डिएर आत्महत्या गर्न गरेको प्रयास सफल हुन सकेन् । शल चुडिएर बचेकी हुन ।

शुक्रवार दिउँसो उनले घरमै छोराको हत्या गरेकी हुन । छिमेकमा भएको बिहेमा जान साथीहरु घरमा आएर बोलाउदा नबोलेर उनि छटपटिएको अबस्थामा भेटिएको छिमेकिहरुको भनाई छ । उनको प्रहरी निगरानीमा  उपचार भैरहेको छ । श्रीमान प्रकाश भारतिय सेनामा कार्यरत छन । उनकी छोरी छन ।

अनुसन्धानमा खटिएका बरुवालका अनुसार घटना अघि उनले  श्रीमानसंगको टेलिफोनमा निकैबेर बोलेको (झगडा गरेको आसंका) भेटिएको छ । प्रहरीसंग उनले श्रीमानलाई पनि हत्या गर्ने धम्कि दिएकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।

चिनियाँ बारमा नेपाली छोरी

बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन  ।
पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो ।

रातको ११ बजेको हुदोँ हो । रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो ।
५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए । उनीहरु अर्धनग्न अवस्थामा थिए ।

नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेछन् । जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गएँ ।  नेपालसमाचार पत्र दैनिकमा खबर छ ।

युवतीसँग रक्सी खाएर सुतेका पत्रकारको अण्डकोष नै गायब

पत्रकार भएपनि पनि कस्ता हुस्सु रु एकजना टेलिभिजन पत्रकारले आफ्नो अण्डकोष नै चोरी हुँदा समेत सुइँको पाएनन् । भट्टीमा एक सुन्दर युवतीसँग मस्तले रक्सी पिएर सुतेका ती पत्रकारले बिउँझिँदा मात्र आफ्नो अण्डकोष कसैले काटेर लगेको पत्तो पाए ।

घटना रुसको हो । पेशाले टेलिभिजन कलाकार तथा पत्रकार रहेका ३० वर्षीय दिमित्री निकोलेभको अण्डकोष चोरी भएको छ ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...