Thursday, August 15, 2013

बुनुमैचालाइ धेरैले मनपराएका छन् : रेश्मा

उनलाई धेरैले बुनु मैचाको नामले चिन्छन् । हिजोआज कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला ‘डिट्ठा सा’ब’ मा उनी तामाङनीको भुमिकामा देखिन्छिन् । केही समययता नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला ‘तितो–सत्य’ मा नेवार युवतीको भुमिकामा देखिइकी छन् ।
दर्पण फिल्म्समा केही समय अभिनय प्रशिक्षणपछि अभिनय यात्रामा निस्केकी उनी पहिलोपटक ‘अब त अति भो’ मा देखिएकी थिइन् । त्यसयता उनी ‘५२ घुस्सा ५३ ठक्कर’, ‘हर्के हवाल्दार’ पनि देखिइन् । ललितपुरको दलचोकीमा जन्मेकी उनी धेरैजसो नेवारी अभिनयमा देखिएकी छिन् । उनै रेश्मा तिमल्सिनासँग एकैछिनको गफ :


हिजोआज कुन सिरियलमा व्यस्त हुनुहुन्छ ?
‘डिट्ठा सा’ब’मै व्यस्त छु । तितो–सत्यको सुटिङका लागि बेलाबेला पुग्ने गर्छु  ।

यी दुईको भुमिकामा कतिको फरक छ ?
डिट्ठा सॉब्मा तामाङनी छोरीको भुमिकामा छु । तितो–सत्यमा आशा मैचाको भुमिकामा छु । यी दुबै भुमिका मलाई एकदमै मनपर्छ । दर्शकले पनि रुचाइदिनुभएको छ । त्यसैले दुबै रुचाइएको भुमिका जस्तो लागिरहेको छ ।



धेरैले रुचाइएको भुमिका ?
नेवार्नीको भुमिका नै धेरैले रुचाइदिनुभएको छ । कतिले त मलाई नेवार्नी हो भनी सोध्छन् पनि । तर मेरो वास्तविक नाम थाहा पाउने वित्तिकै सरप्राइज हुन्छन् ।

वास्तविक लवज पनि नेवारी जस्तै सुनिन्छ नि ?
सुरुमा नेवारी लवज मनपरेर यस्तै बोल्न थालेको । यस्तै भइगयो ।

नेवार समुदायको प्रतिक्रिया कस्तो छ ?
राम्रो नै पाइरहेकी छु । तर कहिलेकही चाहि हामीलाई होच्याएको भन्ने जस्ता आरोप पनि आउँछन् ।

अभिनयमा नेपाल भाषा पनि प्रयोग गर्नुहुन्छ, नेपाल भाषा आउँछ ?
आउँदैन नि । बरु तामाङ भाषा बोल्न आउँछ ।

कसरी जान्नुभो ?
मेरो जन्म ललितपुरको दलचोकीमा भएको हो । त्यहाँ केही घर तामाङको पनि छ । त्यहीबाट मैले केही भाषा सिके ।
तपाईंको जीवन र तितोसत्यको कथा कतिको मिल्छ ?
म तितोसत्यको कथा भन्दा धेरै फरक खालकी परे । अहिलेसम्म म कसैलाई पनि बिहे गर्दिनुप¥यो भनेर हिडेकी पनि छैन । न त मेरो बाले त्यसो भन्दै हिड्नु भएको छ । बिहे गर्ने उमेर भएपछि आफसे आफ भइहल्ला नि ।

तितोसत्य हेरेपछि कसैले माग्न आएनन् ?
म अहिले पढ्न र करियर बनाउन पाटनमा बस्दै आएकी छु । घरमा बाआमा हुनुहुन्छ । कोही कोही घरमा पुगेर तपाईको छोरीको अवस्था यस्तो रहेछ । हामी केटा खोज्दिन्छौ बिहे गर्नलाई भन्नेहरु आउँदो रहेछ ।

बाले के भन्नुहुन्छ रे ?

Saturday, July 6, 2013

जियाको जवानी ‘रङ वे’ मा(भिडियोसहित)

फिल्म एटिएम अश्लिल अभिनय गरेकी नायिका जिया केसीले त्यस्तै प्रकारको अभिनय ‘रङ वे’ मा गरेकी छिन् । अनेक उपाय गरेर चर्चामा आउन खोजेकी जिया उक्त फिल्ममा पुरै खुलेकी बताइएको छ । हालै सार्वजनिक गरिएको प्रोमोमा उनको प्रदर्शनबारे सजिलै थाहा पाउन सकिन्छ ।फिल्मका निर्देशक दीपक श्रेष्ठ हुन् । यो फिल्म अश्लिल भएको चर्चा फिल्मी बजारमा चल्न थालिसकेको छ । फिल्मको प्रोमोमा केटीलाई जाडो महिनाको हट स्विमिङ पुल भएको बताइएको छ । त्यही पुलमा पौडी खेल्ने संवादमा जियाले उत्तेजक दृश्य दिएकी छिन् । हेरौ यो फिल्मले पनि प्रदर्शनको अनुमति पाउने हो कि होइन ।

Wednesday, June 26, 2013

विद्युतीय बाइक

तीन वर्षअघिको अगस्टमा न्युयोर्कको बजारमा विद्युतीय बाईक स्मार्ट चपर आएको थियो । यो जर्मन कम्पनी साइमन्स र अमेरिकी कम्पनी अरेन्ज काउन्टी चपर्सको संयुक्त प्रयासमा बनेको थियो ।


सिंगल ब्याट्रीले ६० किलो मिटर दुरी पार गर्न सकिन्थ्यो । ब्याट्री फुल चार्ज गर्न ५ घन्टा लाग्थ्यो । प्रतिघन्टा १६० किलोमिटर दौडन सक्ने क्षमता यो बाइकको सन् २०१० मा लिलामी गरियो ।


Wednesday, June 19, 2013

एक कप कफीको ११ हजार

प्याराडोक्सुरस जसले कफी उत्पादनमा सघाँउछ ।

काठमाडौं । हामी एक कप कफीको कति रुपैया तिर्छौ, बढीमा पाँचसय । तर इन्डोनेसियाको सुमात्रामा बन्ने एक कप कफीको एकसय २० अमेरिकी डलर पर्छ । यसको नेपाली रुपैया ११ हजार भन्दा बढी पर्न आउँछ । सुमात्रामा यो कफीको मुल्य एक पाउन्डको एकहजार अमेरिकी डलर तोकिएको छ ।


स्थानीय भाषामा यस कफीको नाम ‘कोपी लुवाक’ राखिएको छ । यो कफी उत्पादन तरिका पनि अजीवको छ । खासमा बिरालो जस्तै देखिने जनवार ‘प्याराडोक्सुरस’ ले यो कफी उत्पादन गरेको समाचार एजेन्सीमा जनाइएको छ ।


उनीहरुका अनुसार ती जनवारले कफी, चेरी का वियाँ खान्छन् । नपचेका वियाँहरु पाचनप्रणाली मार्फत बाहिरिन्छन् । तिनै वियाँलाई सँगालेर साफ गरेपछि कफी तयार हुन्तछ । ती जनवारको पेटमा रहदाँ वियाँमा रसायनिक उपचारले कफी निकै स्वादिलो र बासनादार राम्रो हुने बताइएको छ ।–एजेन्सी



Monday, June 10, 2013

म आदिवासी जनजातिको अधिकारको स्वतन्त्र अभियन्त हुँ–नगेन्द्र कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ

नगेन्द्र कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ

अध्यक्ष हुनुभयो, के कस्तो कार्यक्रमहरु ल्याउनुभएको छ आदिवासी जनजातिको उत्थानका लागि ?

हामीले चितवनबाटै ३० बुदेँ घोषणापत्र जारी गरेका छौ । यसैमा जनजाति उत्थानका लागि आवश्यक कार्यक्रमहरु छन् । सरकारले गर्नुपर्ने काम, हामी आफैले गर्नुपर्ने कामहरु पनि यसै घोषणापत्रमा समेटिएको छ । आदिवासी जनजातिको अधिकारकै लागि लविङ गर्ने कार्यक्रमहरु छन् यसमा ।

यो घोषणापत्रमा त पुरानै कार्यक्रमहरु छन् नि ?


हाम्रो माग नै पुरानै विषयहरु मुद्दाहरुमा सरकारले ध्यान देओस भन्ने हो । यसको कर्यान्वयनका लागि निरन्तर अभियान चलाउने, पुरा नभएसम्म यसै विषयहरुमा महासंघ लागिरहन्छ ।


राजनीतिक दलले उठाएका विषयहरु पनि छन् नि ।

Saturday, June 8, 2013

१६ नेपाली ‘एन पिस अवार्ड’को मनोनयनमा

सबैभन्दा अघि विष्णुमया पाण्डे  

काठमाडौं।थाइल्यान्डको एनपिस नेटवर्कले घोषणा गरेको ‘एन पिस अवार्ड’को मनोनयनमा १६ नेपाली मनोनयनमा परेका छन् । महिलामा सात जना र पुरुषमा नौ जना मनोनयमा परेका हुन् ।
अवार्डका लागि मनोनयनमा परेका महिलामा सीता बुढा, संगीता ठाकुर, शशीकुमारी अधिकारी(राउत), सबित्री भण्डारी, धनकुमारी सुनार, कमला विश्वकर्मा र विष्णुमया पाण्डे छन् । त्यसैगरी पुरुषमा सन्तोष बिडारी, सुरेश कुमार ठाकुर, विजय कुमार झा, केशव प्रसाद बास्तोला, घनश्याम मिश्र, सतेन्द्र यादव, चक्रमान विश्वकर्मा, प्रमोद शाह र भरत वस्ती मनोनयमा परेका छन् ।
महिला अधिकारमा काम गरेका महिला र समनताका पक्षमा वकालत गरेको पुरुषका लागि यो विधा शुरु गरिएको एन पिस नेटवर्कले जनाएको छ ।
यस अवार्डका विश्वभरबाट ४४ महिला र २४ पुरुष विभिन्न विधाका लागि मनोनयनमा परेका हुन् । मनोनयनमा परेकालाई n-peace.net/candidate/candidate मा भोट हाल्न सकिने जनाएको छ । भोट असार ६ गतेसम्म दिन सकिनेछ । अक्टोबरमा थाइल्यान्डको राजधानी बैङ्ककमा घोषणा गरिने पुरस्कारको राशी एकहजार अमेरिकी डलर रहेको छ । 

Friday, June 7, 2013

किन्डलमा नेपालीको किताब

काठमाडौं । अशोका फेलो अनिल चित्रकारले लेखेको ‘टेक द लिड नेपाल्स फ्युचर ह्याज बिगन’  किन्डलबाटै पढ्न सकिने भएको छ । कथालय प्रकाशनले दुई साता अघि काठमाडौंमा सार्वजनिक गरेको पुस्तक विश्वको सबैभन्दा ठूलो पुस्तक सञ्जाल अम्याजन डट कममार्फत् किन्डल संस्करणको बिक्री थालिएको हो ।
पाठकले अम्याजन डट कममार्फत किन्डल, कम्प्युटर तथा स्मार्टफोनमा सहजै डाउनलोड गरी पुस्तक प्राप्त गर्न सक्छन् । 

नेपाली पुस्तकको नयाँ बजार खोजीको अभियान र नेपाली डिजिटल पुस्तकको पाइरेसी समस्यालाई ध्यान दिँदै  कथालयले प्राविधिक विश्वसनियतामा विश्वमै ख्याती कमाएको किन्डल संस्करणमा टेक द लिडलाई पुर्याएको हो । कथालयको स्थानीय पेमेन्ट गेट वे साझेदार ठमेल डट कम रहेको छ ।
नेपालको सामाजिक– राजनीतिक पक्ष, विकास र अर्थतन्त्रको वास्तविकता बारे लेखिएको पुस्तक विश्व बजारमा पुग्नु सकारात्मक कुरा भएको लेखक अनिल चित्रकार बताउँछन् ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...