Friday, July 7, 2023

देउवा सिंगापुरमा हुँदा प्रचण्डको सुटुक्क मोर्चाबन्दी: अलमलमा कांग्रेसी नेता, एमाले कांग्रेस मिल्दै हो?


काठमाडौं: सत्ता घटकका प्रमुख नेता हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। हाल उनी उपचारका लागि सिंगापुरमा छन्।


देउवा देशमा नभएको मौका छोपी कांग्रेसइतर सत्ता गठबन्धनले मोर्चाबन्दी कसिसकेको छ।


सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा दूई पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाललाई दायाँबायाँ उभाएर नयाँ लडाइँ छेड्ने उद्घोष गरे। 'अराजक र प्रतिगामी तत्वले केही मान्छेहरुले टाउको उठाउन खोजेकै छ। के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भन्ने पक्कै पनि हो,'  सत्ताघटक एकीकृत समाजवादी र जनता समाजवादीका नेतृत्वलाई पनि सँगै उभ्याएर प्रचण्डले भने।


३२ सांसद भएको माओवादीले १२ सांसद भएको जनता समाजवादी र १० सांसद भएको एकीकृत समाजवादीलाई मोर्चामा अटाएर ५४ सांसद पुर्‍याएको छ मोर्चामा। तर अर्को समाजवादी नाम भएको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नअटाए पनि चोइटिएर गएको नेत्रविक्रम चन्द विप्लवलाई भने समेटेको छ। समाजवादी मोर्चा निर्वाचनअगाडिकै कुरा भएकोले सत्ताधारीसँग भने नआत्तिन ढाडस दिए प्रचण्डले। 'निर्वाचन अगाडिबाटै तीन पार्टीबीच मोर्चा गठनको कुरा थियो। अहिले विप्लव पनि आउनुभएको छ,' प्रचण्डले भने। प्रचण्डले देशलाई प्रतिगमनतिर फर्काउन खोज्नेका लागि मोर्चा घोषणा चुनौति नै भएको बताए। 'अहिले हामी परिवर्तनका पक्षधर दशकौंदेखि झन्डै ७०/७५ वर्षदेखि विभिन्न खालका संघर्ष र बलिदानको शृंखलाबाट गुज्रेका पार्टी र नेताहरुलाई विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौ शहीदहरु र बेपत्ता योद्धहरुलाईको त्याग र तपश्य र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने अपमानित गर्ने ह्युमिलिएट गर्न खोज्ने अराजक र प्रतिगामी तत्वले केही मान्छेहरुले टाउको उठाउन खोजेकै छ,' मोर्चा घोषणा गर्दै उनले भने, 'के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भन्ने पक्कै पनि हो। उत्साहित हुँदै प्रचण्डले भनेका छन्। फेरि देशलाई प्रतिगमनतिर फर्काउन खोज्ने तिनका एउटा अभियान र चुनौति पक्कै पनि हो। तिनीहरुलाई चुनौति पक्कै पनि हो।'


कुल डाउनपछि बाबुरामको असन्तुष्टि!


आफूलाई मोर्चामा नराखेपछि बाबुराम सोमवार मध्यराति ट्वीटरमा कुल डाउन कमेन्ट राखेका छन् मोर्चाबारे। मोर्चालाई 'कथित' आरोप लगाउँदै बाबुरामले सबैलाई सधैं ठाग्न नसकिने तर्कसमेत पेश गरेका छन्। 'समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,' बाबुरामले भने, 'कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!'


प्रचण्डले कसेको मोर्चालाई कतिपयले सत्ता बार्गेनिङको अश्त्रकै रुपमै अर्थ्याएका छन्। किनभने प्रचण्ड जबजब अप्ठेरोमा पर्छन् तबतब मोर्चाबन्दीको अड्को थाप्छन्। गत निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा टिकट बाँडफाँटको कुरा नमिल्दा प्रचण्डले मोर्चाको चर्चा चलाएका थिए। अहिले सत्तामा आफू अप्ठेरोमा परेको संकेत जेठ ३१ गते गरेका थिए। पार्टी सम्बद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर प्रचण्डले आफूलाई अप्ठेरोमा पारेकोसमेत गुनासो गरेका थिए। प्रचण्डले त्यतिबेला आफूले सरकार छाड्ने बरु कुनै सम्झौता नगर्ने बताएका थिए। देउवा सिंगापुर पुग्नुअघि कांग्रेसका संस्थापनइतरका नेता डा शेखर कोइराला पनि सिंगापुर पुगेर फर्केका थिए। कतिपय स्रोतहरुको दाबी मान्ने हो भने देउवा र शेखरबीच मेल गराउन भारत सक्रिय छ। प्रचण्डको पछिल्लो छटपटीले त्यो पुष्टि हुने विष्लेषकहरुको दाबी छ।


अलमलमा कांग्रेसी नेता


समाजवादी मोर्चाका लागि माओवादीसहितका चार दल राष्ट्रिय सभा गृहमा जुट्दा कांग्रेसीहरु डेढ किलोमिटर पर नेपाल प्रज्ञा प्रतिष्ठानमा एकैमञ्चमा देखिएका थिए। देउवाबाहेक कांग्रेसकाका शीर्ष भनिएका पदाधिकारीले प्रतिष्ठानमा ट्रेड युनियन कांग्रेसलाई पढाइरहँदा समाजवादी मोर्चाबारे चुइक्क बोलेनन्।  


बरु नेता डा शेखर कोइरालाले सकारले बाटो बिराएको हो कि भनी कार्यवाहक सभापतिका जिम्मेवारी सम्हालेका पूर्णबहादुर खड्कालाई प्रश्न गरे। खड्का कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी छन्। 'हामीहरु कता कता अलिकति बाटो बिराएको हो कि भन्ने आभास हुन्छ। लोकतन्त्र भनेको सुशासन र दण्डहीनताको अन्त्य हो। हामी लोकतन्त्रको कुरा गर्छौ,' कोइरालाले भने, 'तर खरो उत्रन नसके लोकतन्त्र सुदृढ हुन सक्दैन। मलाई चिन्ता दण्डाहीनताको छ। सुशासनको छ भ्रष्टाचार मौलाएको चिन्ता छ। सरकारमा कांग्रेस साथीको उल्लेख्य उपस्थित छ।'


बजेटमा पनि कांग्रेसलाई सत्ता गठबन्धनले नै पेल्न खोजेको शेखरको भनाइ थियो। लिएर कांग्रेसका नेताहरुलाई अहिलेको सत्ता गठबन्धनका सहयात्रीले अप्ठेरो पार्न सक्ने संकेतसमेत गर्दै कोइरालाले थपे, 'कांग्रेसले धेरै बोलेको छैन। बजेटलाई हामीले भनेको कुरा नभए पास हुन दिन्नौं। भनेर अरु पार्टीले भनेका छन्।' शेखरको प्रश्नको सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले घुमाउरो पारमा सत्तामा संकट आइपरेकोतिर संकेत गरे। 'मुलुकको अवस्था जटिल छ। मुलुकको अवस्था तरल छ। मुलुकको अवस्थालाई धेरै ठुलो वर्षौ वर्षाको परिवर्तनलाई विभिन्न बाहनामा पर्गल्याउने, तोड्ने त्यसलाई भत्काउने निरन्तर चलिरहेको छ,' खड्काले भने। तर उनले पनि मोर्चाबारे चुइक्क बोलेनन्।


निर्वाचनमा हार व्यहोरेपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने नेपाली राजनीतिको अवस्था अस्थिरतातर्फ गएकोतर्फ इंगित गरे। छोटै सम्बोधनमा सिटौलाले यस्तै तरिकाले राजनीति गइरहने हो भने देशको अवस्था २०५९ को शुरुतिर पुग्ने तर्क पेश गरे। 'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन।'


२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए। २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो। १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो। निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए। 'नेपाली कांग्रेसले यो देशलाई व्यवस्थापन दिनुछ,' सिटौलाले भने।


समाजवादी मोर्चा घोषणा भएकै दिन सिटौलाको बोललाई बल पुग्नेगरी सत्ता गठबन्धन नै हेरफेर हुनेतिर संकेत गरेका छन् विश्लेषक अरुणकुमार सुवेदीले। कांग्रेस सभापति देउवा प्रधानमन्त्री रहेका बेला परराष्ट्र सल्लाहकारसमेत रहेका सुवेदीले संघीयता हट्नेतर्फ संकेत गर्दै आफ्नो भिडियो सार्वजनिक गरेका छन्। आफ्नै च्यानलमार्फत सुवेदीले युट्युबमा सार्वजनिक गरेको भिडियोमा कांग्रेस र एमालेको एकता हुनेतर्फ संकेत गरे। समाजवादी मोर्चा गठनको सन्दर्भमा उनले भनेका छन् - संविधान संशोधन नै मुख्य मुद्दा बनेर नेपालको राजनीति अघि बढ्ने देखिन्छ। अब के के गर्ने भन्ने पान्डोरा बक्स खुल्यो। त्योबाट के के निकाल्ने भन्ने कुरा आयो।




सुवेदीले यसका राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत कांग्रेसलाई साथ रहने दाबी गरेका छन्। 'संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ। यस मुद्दालाई नेपाली कांग्रेसले ल्याउन चाहेको चुपचाप राप्रपा र एमालेले हेरिरहेको जस्तो देखिन्छ। यी पार्टीहरुको गणित जम्मा १७८ पुग्छ। दुई तिहाईका लागि लोसपा पनि कांग्रेससँग रहन सक्छ। अथवा उन्मुक्ति पार्टीसँग हुनसक्छ,' सुवेदीले भनेका छन्, 'त्यो अवस्थामा संविधान संविधान संशोधनका कारणले कतै कांग्रेस र एमाले त नजिक हुन खोजिरहेको त हैन भन्ने विश्लेषण अर्को कोणबाट भइरहेको छ।' उसो त सुवेदी देउवा निकट व्यक्ति हुन्। उनले आफूलाई त्यस रुपमा नहेर्न र यो स्वतन्त्र विश्लेषण भएको बताए।


संघीयताको विपक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा पनि देखिएकोले यो अवस्थामा संघीयता फाल्ने कुरा आए कांग्रेस, एमाले, रास्वापा एक ठाउँमा उभिने दाबी उनको रह्यो। 'राजतन्त्रको पुनरर्वृति सम्भव देख्दिनँ। नेपाली कांग्रेस अन्तिम शक्ति हो। कांग्रेसले इन्डोर्स गरेको अवस्थामा एमाले पनि एक ठाउँमा आउन सक्छ। भारतले पनि त्यही अवस्थामा सौदाबाजी गर्दा वातावरण परिवर्तन आउन सक्छ,' सुवेदीले भनेका छन्, 'संविधान संशोधनका मुल मुद्दा धर्मनिरपेक्षता, संघीयता र निर्वाचनको प्रणालीबारे राजनीतिक धुव्रीकरणका लागि गर्भादान शुरु भएको प्रतीत हुन्छ। आर्थिक दुरावस्थाका बीच नेपालमा राजनीनित द्वन्द्व शुरु भइसकेको छ। त्यो सांसदमा हुने हो शुरु भइसकेको छ। हेर्दै जाउँ।'


अहिले संसदमा कांग्रेससँग ८८ सिट, एमालेसँग ७८ सिट र राप्रपासँग १४ सिट छ। संविधान संशोधनका लागि दुई तिहाई सांसद चाहिन्छ। यसका लागि १८३ सांसद पुर्‍याउनसमेत कांग्रेस एमाले गठबन्धनलाई खासै गाह्रो नहुने उनले बताए। सुवेदीले प्रदेश खारेज हुनेतर्फसमेत संकेत गरेका छन्। उनले धर्मनिरपेक्षताको विषयमा संशोधनको विषय उठान गरेर देश हिन्दुराष्ट्रतर्फ जाने संकेत गर्दा एमाले पनि मौन देखिन्छ। के देशमा परिवर्तनको सिन क्रिएट हुँदै हो त? विश्लेषक सुवेदीले भने झैं पान्डोराको बाकस खुलेको हो त? यी विषयको पर्दा खुल्न भने देउवाको नेपाल आगमन कुर्नैपर्ने देखिन्छ।

प्रकाशित : ५ असार २०८०/पहिलोपोस्ट

बियरले बग्गीखाना पुर्‍याएपछि…

 साँझको साढे ८ बजे। बबरमहलबाट विष्णुमती करिडर हुँदै बसुन्धरातिरको यात्रा। बाइक हुँइक्याउँदै थिएँ। कालोपुलमुनि ट्राफिक प्रहरी गौँडा छेकेर जाँचमा उत्रिसकेका रहेछन्।

रफ्तारमा थिएँ। अरुलाई रोक्ने, मलाई नरोक्ने भन्ने कुरै भएन। ढिला नगरी 'ब्रेथलाइजर'मा फुकिहालेँ।

'अपपपप…. साइड लगाउनु त।'

ट्राफिक प्रहरीले चाबी खोसिहाले। अलिकति देब्रेतिर बाइक थन्क्याएपछि ती प्रहरीले लाइसेन्स मागे।

कति नपर्खी पर्सबाट निकालेर थमाइहालेँ।

'कति बोतल हो सर?' नीलो चिटमा लेख्दै सोधे।

'दुई बोतल हो,' सोझो जवाफ फर्काएँ।

'हैन होला। अलि कडै छ,' मेरो सोझो उत्तर पत्याएनन् उनले।

'बडवाइजर हो नि त !,' म फुर्ती लगाउन उत्रिहालेछु।

नाम सोधे। बताएँ।

भोलि १० बजे बग्गीखाना जानु भन्दै नीलो चिट थमाए।

बग्गीखानाको लोकेसन बताएपछि कोही साथी छ कि भनेर सोधे। चिटमा एक हजार रुपैयाँ जरिवाना चढाइसकेछन्। नयाँ बजेट आएकै दिन ‘चुना’ लागेको चिर्कटो थमाएपछि झर्किँदै भनेँ - कोही छैन।

'कोही साथी भए तपाईंको बाइक लगेर जान हुन्छ कि भनेर। बोलाउनु न।'

ओहो ! साथी त यसका लागि पो खोजेका रहेछन्। एकछिन घोत्लिएँ। यताउता को होलान् र बाइक चलाउने? मनमनै साथीको सूची बनाए। नम्बर वानमा परेका साथीको फोन डायल गरिहाले।

'मेरो त स्कुटरको मात्र हो। बाइकको छैन,' उताबाट जवाफ आयो, 'एकछिनमा म कोही साथी खोजेर खबर गर्छु।'

म आफू ठीक छु भन्ने देखाउन सीधा भएर यताउति फड्को चाल्न थाले। लाइसेन्स लिएर बाइक हुइँकाउन थालेको ७ वर्षजति पुगिसक्यो। बढुवा गर्न मिल्ने हो भने अहिले मेरो पद हो - वरिष्ठ मोटरसाइकल चालक। यति बेलासम्म त म ट्राफिकबाट जोगिएरै हिँडेको थिएँ। तर, यसपटक भने कर्‍याप्पै पारे।

'म अहिलेसम्म कतै यसरी परेको थिइन। कोहीकोहीलाई त नरोक्ने रहेछ, मैले चाहिँ पिएको हो भनेर कसरी थाह पाउनुभएको के?'

मैले ठट्यौली पारामा सोधेँ।

ती प्रहरीले पनि मक्ख पर्दै सुनाए – ‘थाहा पाइहाल्छु नि!’

'खोइ साथी आइपुग्ने भएन?'

कारबाहीको चिट थमाएका प्रहरीले १५ मिनेटपछि सोधे।

'आउँदैछन्।'

म हात बाँधेर यताउति टहलिन थालेँ।

त्यहीबेला कालोपुल मुनिबाट पुरानो हिरो बाइक बिस्तारै आइपुग्यो। ट्राफिक प्रहरी उसलाई रोक्न खोजिरहेका थिए। तर उ बटारिँदै विस्तारै भित्री सडकतिर बढाउँदै थिए। प्रहरीले ब्रेथलाइजर सोझ्याइहाले। ब्रेथलाइजरमा उनले सास फुकेनन्। बरु भित्रतिर पो सास ताने त। कुनै बेला मैले यस्तै विधि अपनाएर उम्केको थिएँ। झलस्स सम्झिएँ।

'तान्ने हैन फुक्ने,' प्रहरी झर्किए।

फुकेपछि उनको बाइक पनि मेरो छेवैमा साइड लाग्यो। मेरो भने हाँसो फुत्कियो।

'आफैँ बियर खाएर कारवाहीमा परेको छ। अझ हाँसेर बसेको छ,'

सायद ती प्रहरी मलाई दु:खी देख्‍न चाहन्थे।

ट्राफिक प्रहरीले मेरो हविगत सम्झाए। म मुख थुनेर रल्लिन थालेँ। केहीबेरमा साथीको फोन आयो। अर्का साथीले पनि 'बजेट भाषण' मनाएछन्। चाँडै काम सकाएर बासस्थान पुल्चोक फर्कने कार्यतालिका थियो। बत्तिएर गएको, काम लागेन। त्यसै आधा घण्टा बित्यो।

बाटोमा सवारी आउजाउ पातलिँदै थियो। ट्राफिक प्रहरी फेरि मेरो नजिक आए।

'तपाईँले पिएर पनि सही चलाउनुहोला। तर, रफ चलाउने मान्छे आएर ठोक्किदिए मुख्य दोष तपाईँकै हुन्छ। त्यही भएर पिएर नचलाउनु,' ट्राफिक प्रहरी भन्दै थिए, 'लिन आउने मान्छे छिटो बोलाउनुस् है। हामी जान लागेको।'

'हस्' भन्दैभन्दै एकघण्टा उभिएँ। साथी स्कुटर लिएर कालोपुलमुनि आइपुगे। पछाडि अर्को साथी। बाइक चलाउने तयारीमा उत्रेका ती साथीको पनि मापसे जाँच भयो। त्यसपछि उनको लाइसेन्स मागियो।

'२४ घण्टाभित्र जिम्मा लिएको बाइकबाट कुनै दुर्घटना भयो भने तपाईँ जिम्मेवार,' साथीलाई ट्राफिक प्रहरीले चेतावनी पो दिए।

साथी रातोपिरो। उसले सोचेकै थिएन यस्तो जोखिम!

एक घण्टा त्यहीँ उभिँदा अलअलि जोगिएको नसा पनि गायब! झन्डै सवा १० बजे त्यहाँबाट आफ्नै बाइकको पछाडि बसेर गन्तव्यतिर लागियो।

 

बग्गीखाना जानै डर…

भोलिपल्ट बिहानै कक्षा लिन बग्गीखाना जाने तयारी थियो। बिहानै पुग्दा फेरि ब्रेथलाइजरमा फुक्नुपर्ला र अल्कोहलको मात्र देखिएर कक्षा नै क्यान्सिल होला भन्ने डर! त्यही डरले बग्गीखाना नै गइन। पर्सिपल्ट बग्गीखाना पुगेँ साढे १० तिर। भित्र देब्रेतिर भिड बाक्लै रहेछ। त्यतै होला आजको कक्षा। म भिडतिर लम्किँदै थिएँ।

'पैसा तिर्ने कता हो दाइ?'

एकजना युवा हजारको नोट र मेरोजस्तै नीलो चिट बोकेर मैलाई नै सोध्न आइपुगे।

आफैँ त यो भिडमा के गर्ने हो भन्ने पत्तोभेउ नपाई अन्योलमा थिएँ। अर्का आइपुगे उल्टै सोधखोज गर्दै। मैले भनेँ - सँगै जाउँ न।

एकैछिनमा ती युवा भिडमा हराए।

भिडको छेउमा ट्राफिक प्रहरीको सूचना कक्षा रहेछ। त्यहीँ टोकन लिन ठाउँ। तुरुन्तै औंलाले दबाएर टोकन लिएँ। ४७२ नम्बर। अब के गर्ने?

‘पैसा तिर्ने अनि लाइन बस्ने कक्षाका लागि,’ – सोधपुक्ष कक्षामा बसेकी प्रहरीले भनिन्।

खल्तीलगायत अरु बैंकिङ एपबाट पनि सीधै जरिवाना तिर्न मिल्ने रहेछ। म भने सीधै भित्तातिर राखिएको इ-पेमेन्ट मेसिनतिर अघि बढेँ। त्यहाँ पटकपटक 'इरर' आइरह्यो। नभएकाहरु छेउछाउ लागिहाल्थे। यसले पनि पालो छिटो आयो। मैले आफ्नो जरीवाना तिरेँ। पैसा तिरेको रसिद लिएँ। रसिद लिएर छेउ लाग्दा अघि इरर भएकाहरु मोबाइलबाट पैसा तिर्दै थिए। त्यहीँ पाँच रुपैयाँ सेवाशुल्क लिएर मोबाइलबाट पैसा तिरिदिनेको व्यापार पो चल्दो रहेछ।

 

कक्षा पसेपछि…

ट्राफिक नियम उल्लंघन गर्नेहरुका लागि दुईवटा कक्षा रहेछ। एउटा सोधपुछ सेन्टर नजिकै। अर्को अलि पर देब्रेतिर पार्किङभित्र। एउटा कक्षामा झन्डै ८० जना। म छिरेँ पार्किङतिरको कक्षामा। सुरुमा चिटको ‘क्रस चेक’ गरे। आफ्नो परिचय खुल्ने कागज चाहिने रहेछ। कोही मोबाइलमा खिचेको नागरिकता देखाउँथे। परिचयपत्र छुटाएकाहरु फोन गरेर मगाउँदै पनि थिए। म तेस्रो लाइनमा बसेकाले नागरिक एपमा भएकै लाइसेन्समा क्लिक गरेर बसेँ। चिट चेक गर्न आइपुग्नसाथ त्यही देखाएँ। झन्डै २० मिनेटपछि सबैको चिट जाँच सकियो।

‘चाँडो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’

‘जथाभावी बाटो नकाटौं, ट्राफिक नियम पालना गरौं’

अगाडि स्क्रिनमा ट्राफिक सचेतना गीतसँगै ट्राफिक नियम उल्लङ्घन गर्दा भएका दुर्घटनाको 'भिडियो क्लिप्स' चल्न थाल्यो। तीव्र गतिमा चालकको सेकेन्डको गल्तीले कतै गाडी ठोक्किएको, कतै यात्रु नै माइक्रोबसबाट झरेको। यस्ता दृश्य हेर्दा हलमा हाँसो गुञ्जियो।

मलाई भने ती दृश्यले बाल्यकालतिर डोर्‍यायो।

२०५४ सालतिर म कक्षा ७ मा पढ्थेँ। त्यतिबेला काकाले काठमाडौंबाट अति आकर्षक पोस्टर ल्याएर सुत्ने कोठाका भित्तामा 'गोरखापत्र'माथि टाँसेका थिए। पोस्टरमा झुटो बोल्ने, रक्सी पिउने, चोरी गर्नेदेखि लिएर पशुहत्या गर्नेलाई गरिने सजाय सचित्र देखाइएको थियो। कसैलाई उधोमुन्टो पारेर तेल तताइरहेको कराहीमा त कसैलाई नाङ्गै पारेर गोरु बनाएर जोताइहरेको। कसैलाई दन्किरहेको आगोमाथि ‘ग्रिल’ गरिरहेको। कसैलाई काँडाको लौरोले पिटिरहेको !

जब स्क्रिनमा नियम तोडिएका घटना आउँथे - लेन क्रस गरेको, ओभरटेक गरेको, बाइक चलाउँदै गर्दा फोन रिसिभ गरि कुरा गरेको… यस्ता सबै चालकमा म आफैँ पाएँ। यमराजले एकएक पापको हिसाब खाता पल्टाए झैं सडकमा मैले गरेका एक एक गल्ती ती दृश्यमा समेटिएका रहेछन्। पहिले शक्त मान्छे चालकको गल्तीका कारण खुट्टा गुमाएर जीवन नै बर्बाद बनाएको। २५ मिनेटजति भिडियो प्ले भएपछि नेमप्लेटमा कमल गुरुङ लेखिएको असई मञ्चमा उक्लिए।

'सबैले सबैको अनुहार यहाँ हेर्नुभएको होला। सबै उमेरको सबै नेपालको परिपक्व र सक्षम मान्छेहरु यहाँ हुनुहुन्छ,' गुरुङले कक्षा सुरु गरे।

एक जनाले गल्ती गर्दा बेफ्वाँकमा पैदलयात्रीको ज्यान गएको घटना सम्झाए। विदेशी सडकको उदाहरण दिए। नेपाली चालकको तछाडमछाड पारा र तीब्र गतिबारे सतर्क गराए। सडकको लेन पालना नगरेको कुरादेखि ट्राफिक नियम ट्राफिक प्रहरीका लागि नभएर चालक आफ्नै सुरक्षाका लागि पालना गरिदिन आग्रह पनि गरे।

नियम पालनाका लागि रातो बत्तीमा लाइनमा बस्नुपर्छ भन्दै कक्षा सकियो एक घण्टामा। त्यसपछि मापसे र लेनका लागि कोठा नम्बर ५ र ओभर स्पिड र रातो बत्तीका लागि ६ नम्बर कोठामा जान भनियो। अरु झैं म पनि लागेँ ५ नम्बरतिर। लाइसेन्स लिन कोठा ५ र ६ मा पुगेका कोही भने लाइन मिचेरै अगाडि बढिरहेका थिए।

‘हतार नगर्नु, लाइन बस्नु भनेर भर्खर एक घण्टा कक्षा लिएको, अहिल्यै लाइन मिच्न आइहाल्ने?,’ त्यही लाइनमा उभिएर पालो पाउन लागेका एक जना भन्दै थिए। उनको प्रश्न सुनेर म फेरि मुसुक्क मुस्काएँ।

पहिलोपोस्टमा प्रकाशित २८ जेठ २०८०

Sunday, March 19, 2023

Tamang Delegates 2023


HitBahadur Tamang
Suryaman Dong

Mina Tamang

Sushila Theeng

Tara Lama Tamang
All photo by Prabin Ranabhat

 

अन्तिम भूत


नेत्र तामाङ-

धेरै धेरै अघिको कुरा हो । त्यतिबेला किसिम किसिमका भूतहरु थिए । उनीहरु बस्ने देश पनि ठुलो थियो । राजारानी थिए । सेनाप्रहरीसहित घनघोर जंगलभित्र उनीहरुको राज्य थियो । जंगलका हात्ती, गैडा, बाघ, जरायो, जेब्रा, अर्ना, मृग, जिराफ उनीहरुको दैनिक खाना हुन्थ्यो । प्रत्येक जनवारको मुटुकलेजो भने दरबारमा राजारानीका लागि बुझाउनुपथ्र्यो । 

एक दिन राजाले राज्यबाहिर घुम्न जाने योजना बनाए । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर राजाले सबैलाई घुम्न जाने प्रबन्ध गरे । राजारानीका लागि वादलको विशेष विमान, राजकुमार डाइनोसरमा । सेनाहरु ठुलाठुला उडन्तरी कुचोमा राजाको सुरक्षामा निस्के । कोही चिन्डोको गाडीमा, कोही फर्सीको कारमा जमिनबाटै घुम्न निस्के । चिन्डो र फर्सीको गाडीको तेज वादलको विमान जत्तिकै हुन्थ्यो ।

संसारमा सबैभन्दा बलियो र संसारकै ठुलो जनवार नै आफूलाई ठान्थे भूतहरु त्यतिबेला । राजाको वादल विमान अघिपछि डायनोसर चढेका सेना थिए । डायनोसरको स्कर्टिङमा  राजाको राजाको सवारी चल्यो । 

उनीहरु उड्दैउड्दै धेरै डाँडा पार गरेपछि सबैभन्दा अग्लो डाँडा देखियो । त्यही डाँडा पनि नाघ्यो । उक्त डाँडाबाट रमाइलो उपत्यका देखियो । त्यो उपत्यका उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । त्यही उपत्यकामा सबैजना उत्रने सल्लाहसहित विस्तारै वादल विमानलाई तलतल झार्न थालियो । चिन्डो, फर्सी गाडी पनि विमान राखिने नजिक पुग्दै थियो ।

विमान जति नजिक हुदैं गयो, भूतहरुका लागि त्यो उपत्यका अनौठो लाग्न थाले । त्यहाँ घरहरु देखिए । ती घरबाट मसिनामसिना जीवहरु निस्के । दुई खुट्टामा हिड्ने जीव आफूहरुबाहेक यसअघि भूतले देखेकै थिएनन् । ‘यी जीवलाई पक्रेर ल्याउ त, न त हाम्रै जाति हुन् कि ?’ राजाले सेनाहरुलाई आदेश दिए । 

राजकुमार दुसुराको नेतृत्वमा सेनाहरु घर भएकोतिर लागे । राजा, रानी र भारदार भूतहरु भने विमानस्थलमै बसे । राजकुमारको डायनोसार र भूत सेनाहरुको उडन्तरी कुचो विमानस्थलमै राखियो ।

दुसुराको नेतृत्वमा भूतका सेनाहरु तलतल पुग्दै गर्दा घरहरु ठुलो ठुलो देखिदै गए । यताउति हिड्दै गरेका जीव अग्लोअग्लो र फूर्तिलो देखिदैं आयो । धनुवाणसहित गएका भूतसेनाहरु चलाखीपूर्वक गाउँ पुगे । घरहरु त निकै अग्लाअग्ला रहेछन्, ती जीव पनि अग्लाअग्ला देखिए । 

अचम्मका ती जीव मानिस थिए भनेर उनीहरुले पत्ता लगाए । मानिसका बच्चाहरु खेलिरहेको ठाउँमा उनीहरु पुगे । ती बच्चाहरु वयस्क भूत जतिकै अग्ला थिए । गोरुको जस्तो कान, भैंसीको जस्तो सिङ, भैसीकै जस्तो आँखा, कुकुरको जस्तो दाँत, कुकुरको जस्तै जिब्रो निकालेर जीउमा रौं भएको कालो कालो जीव काँधमा वाण बोकेर मानिस जस्तै गरी हिँड्दै आएको देखेर बच्चाहरु भागाभाग गर्न थाले । दुसुराले एकजना बच्चालाई वाण हानिहाल्यो । बच्चा ढल्यो । अरु बच्चाहरु खोलातिर बेतोडले भागे । 

बच्चाहरु खेल्ने चौरको छेवैमा खोला थियो । खोलामा माझीहरु माछा मार्दै थिए । बच्चालाई बाण हान्ने भूत ती माझीहरुले देखे र तुरुन्त जाल हानेर भूतका राजकुमार दुसुरासहित सेनाहरुलाई कब्जामा लिए । त्यहाँका मानिसहरु कोहीसँग डराउँदैन थे । बच्चाहरु पनि कोहीसँग डराउँदैन थे । तर जब भूत देखे, बच्चाहरु डराउन थाले । 

कहिल्यै नडराउने बच्चाहरु यी भूत देखेर डराएको देख्दा माझीहरुले विचार गरे, ‘अब सबैको घरमा यी भूतहरुलाई लगेर राख्नुपर्छ अनि बच्चाहरु डराउँछन्, रुदैनन् । बाआमालाई दुःख दिदैनन् ।’ गाउँलेको सहयोगमा भूतका सेनालाई कब्जामा लियो । माझीले सबै घटना सुनाउँदै घरघरमा भूत बाँडे । कुकुर बाँध्ने साङ्लोले बाँधेर आँगनमा भूत राखियो । एकजना भूतका सेना बल्लबल्ल फुत्केर भाग्न सफल भए । उनी असिनपसिन भएर असुरा भएको ठाउँमा पुगे ।

आफ्नो राजालाई राजकुमारमाथि आइपरेको आपत सुनाए । भूतका राजाले आफ्नो राजकुमार दुसुरासहितका सेनालाई उद्दार गर्न सबै शक्ति पठायो । यो टोलीमा राजाका सम्पूर्ण भारदार, सेना र सर्वसाधारण भूत पनि थियो । तर भूतको त्यो टोलीलाई गाउँले मिलेर नियन्त्रणमा लियो । कतिपयको मृत्यु पनि भयो । अन्तमा भूतका राजा असुरा र रानी मुजुरा गाउँमा ओर्ले ।

भूतका राजाले वास्तविकता थाहा पाएपछि राजकुमारलाई छाडिदिन अनुरोध गरे । तर, मानिसहरु क्रोधित हुँदै राजारानीलाईसमेत नियन्त्रणमा लिन कस्सिए । मानिसहरुको उद्दण्डता देखेरा रानीसहित राजा त्यहाँबाट उम्केर वादलको जहाजमा उडेर आफ्नो देश फर्के । देश सुनसान थियो । सुनसान देशमा बस्न उनीहरुलाई पनि डर लाग्यो । 

यता मानिसहरुले भूतहरुलाई कडाभन्दा कडा कारबाही गर्न थाले । भूतहरुलाई फलामे डन्डीको पिजँडा बनाएर राखे । पिँजडाभित्रको उनीहरुको क्रन्दन डरलाग्दो हुन्थ्यो । भूतहरु आक्रोशित भएर जोडले रुन्थे । त्यो रुवाई सुन्नसाथ बच्चाहरु थुरुरु डराउँथे । त्यसपछि संसारमा भूतको चर्चा हुन थाल्यो । अरु गाउँका मानिसले पनि बच्चाहरुलाई डर देखाउनकै लागि त्यस ठाउँबाट भूत लग्न थाले । यसरी संसारभर भूतको बाँडफाँड भयो ।

यता भूतका राजारानी भने आफ्नो प्रजा र सेनाहरुलाई बचाउन नसकेकोमा निकै पछुतो लाग्यो । सबैभन्दा ठुलो पछुतो त आफ्नो छोरा दुसुरालाई पक्रेकोमा थियो । उनले छोरा र आफ्नो सेना छुटाउन अन्तिम प्रयास ग¥यो । विमान चढेर उपत्यका फर्कियो र आकाशबाट अनुरोध ग¥यो, ‘ए मानिसहरु तिमीहरुले हाम्रा छोरा, सेना र जनतालाई छाडिदेउ, विन्ति छ । हामीले के बिगारेका छौ र ?’

भूतको वाण लागेको एकजना बच्चाको मृत्यु भइसकेको थियो । त्यही क्रोधमा मानिसहरु भेला भएर भने, ‘हामी छाड्दैनौ । तिमीहरुले वाण हानेर हाम्रो बच्चा मा¥यौ । वाण हान्नेलाई त हामीले मारिसक्यौ । त्यो राजकुमार नै रहेछ ।’

राजकुमार मारिएको सुनेर राजारानी दुखित भए । भूतको राजाले सेना र जनता छाडिदिन अनेक विन्ति गरे । तर मानिसहरुले कब्जामा लिएका भूत छाडेनन् । बरु जहाजतिरै बन्दुक पड्काउन थाले । कुनै सीप नचलेपछि राजाले रानीसँग सल्लाह गरे, ‘अब हामी मात्र बाँचेर के काम, देशै डरलाग्दो छ, राजकुमार मरिसके । जनता मानिसको नियन्त्रणमा छन् । हामी यो जहाज गाउँमा ठोक्काएर मरौं ।’ रानीले राजाको कुरामा सहमति जनाए ।

वादल विमान गाउँमा ठोक्काउनुअघि राजाले मानिसहरुलाई चेतावनी दिए, ‘हेर मानिस हो, तिमीहरुले हामीलाई दुःख दिएका छौ, हामी पनि बदला लिन्छौ, अध्याँरो भएको बेला तिमीहरुलाई छाड्दैनौ, एकलास, एकान्त ठाउँमा हामी अदृश्य भएर तिमीहरुको सातो खान्छौं, खोलानाला गुफामा हामी अदृश्य भएर बस्छौ, तिमीहरुकै रुप लिएर तिमीहरुको गाउँमा अशान्ति मच्चाउँछौं ।’ 

मानिसहरुले भूतको कुरालाई वास्ता गरेनन् । केही सीप नचलेपछि असुरा र मुजुराले वादल विमान गाउँमा ठोक्काए । तर, वादल विमानले एउटै घरमा पनि क्षति पुगेन । घरमा ठोक्किएर भूतका राजारानीको भने गयो । मानिसहरुलाई केही भएन । यता समय वित्दै गएर अरु भूतहरुको पनि मृत्यु भयो । यसरी भूतहरुको प्रजातिको अन्त्य भएको भनाई छ । 


भुतको जहाज


नेत्र तामाङ - लेखक

स्केच - युवक श्रेष्ठ

धेरै अघि एउटा गाउँमा भुतहरु बसाइ सरी आए । भुतहरु मानिसहरुको बस्ती नजिकै बसे । केही दिनपछि ती भुतहरुले मानिसका खानेकुरा लुटेर खान थाले । मानिसलाई वर्षदिन पुग्ने खानेकुरा एकैदिन खाइदिए । खेतबारीमा पाकेका अन्न एकै रातमा सखाप पारे । 

बालबालिकालाई समातेर भुतले आफ्नो बच्चाको खेलौना बनाउँन लैजान्थे । मानिसका बच्चा रुँदा भुतको बच्चा हाँस्थे ।

खानेकुरामात्र हैन आफ्ना बालबालिका पनि असुरक्षित हुन थालेपछि त्यसको समाधानका लागि गाउँले भेला भए । भुतलाई तह लगाउने उपायबारे छलफल गरे । गाउँका बुद्धिमानहरुको उपस्थितिले एउटा निर्णय ग¥यो–औंशीको रात भुतको बस्तीमा गएर उनीहरुलाई तर्साउने, अनि त्यहाँबाट लखेट्ने ।

भुतलाई लखेट्न नसकेमा र साँच्चैको नाम थाहा पाएमा भुतले जेसुकै गर्न सक्थ्यो । त्यसैले भुतलाई लखेट्न जानेहरुको उपनाम राखियो । कसैको नाम धामी, कसैको नाम नामी । कसैको नाम थाँक्री, कसैको नाम झाँक्री, कसैको नाम काठ, कसैको टाट, कसैको धाम आगो, कसैको नाम धागो । 

सबैले अग्ला र बलिया बाँस ल्याए । त्यसैमाको टुप्पोमा राँको राखे । यस्ता बाँसको राँको थुप्रै बनाए । काठको बलियो मुखुन्डो लगाएर सबै जना भुतको बस्तीमा आक्रमण गर्न गए । भुतको गाउँमा चारैतिरबाट आक्रमण भयो । झ्याम्टा, कोदाली, दमाहा, मादल, नरसिंह बजाएर आक्रमण शुरु भयो । मध्यरातको समयमा यस्तो आक्रमणले गर्दा भुतको सातो उड्यो । उनीहरु त्यहाँबाट ज्यान जोगाउन बेतोडले भागे । त्यसरी भाग्दा केही मानिसहरुको कुल्चिएर मृत्युसमेत भयो ।

भुतलाई लखेटेको भोलिपल्ट गाउँलेहरु खुसी भए । यता भुतहरुको भने दुःखका दिन सुरु भयो । तितरवितर भएका भुतहरुको भेट हुन सकेन । उनीहरु कसैले कसैलाई भेट्टाउन सकेनन् । भुतको एउटै शक्ति भनेको उनीहरु केही नखाए पनि कहिल्यै मर्दैनथ्यो । तर, खान नपाउँदा उनीहरुको आकार भने घट्दै जान्थ्यो । धेरै दिन खान नपाउँदा भुतको आकार घट्दै घट्दै सानो भयो । 

कतै खान नभेटेपछि उनीहरु फोहोरका डंगुरमा पसेर खान खोज्न थाले । फोहोरमा भेटिएका खानामा पौष नहुने भएकोले उनीहरुको आकार बढ्न सकेन । यसरी दुःख पाएका भुतमध्ये केहीको भेट  फोहोरकै डंगुरमा भयो । एकले अर्कालाई चिन्नै नसक्ने गरी दुब्लाएकोमा उनीहरु निकै चिन्तित भए । निकै रोए । रोएर समस्याको समाधान हुदैनथ्यो । त्यसैले उनीहरुबीच निकै छलफल चल्यो–कसरी जीवन चलाउने ? कसरी पहिलेको जस्तै बलिया र अग्लो हुने ?

एक जनाले उपाय सुझाए–हामी एक ठाउँबाट अर्को ठाउँमा पुग्न वर्षौ लाग्छ । यसरी त न हाम्रो छुटेका साथीहरुलाई भेट्छौ न त हामी बलियो नै हुन्छौ । त्यसैले हामीले सबैभन्दा पहिले सबै साथीहरुलाई चाँडो भन्दा चाँडो भेट्न उड्ने जहाज बनाउनुपर्छ । जुन जहाज तीव्र गतिमा उड्नेछ । जसले गर्दा हामी मानिसलाई पनि आक्रमण गर्न सक्नेछौ । उसको कुरालाई एउटा भुतले त यसरी उडाए–गुड्ने हुति त छैन, उड्ने कुरा गर्छ ।

केही भुतले भने उसको कुरामा समर्थन जनाए । उसले केही साथीहरुलाई लिएर दिनरात जहाज बनाउन लागे । नभन्दै दुइवटा जहाज तयार भयो । एउटा दिउँसो उडाउन मिल्ने जहाज । जसको नाम राखियो झिंगा, अर्को राति उडाउने मिल्ने नाइटभिजन जहाज । जसको नाम राखियो लामखुट्टे । ती भुतहरुले बनाएका जहाजको उडान परीक्षण सफल भयो ।

सबैभन्दा पहिले भुतहरुले आफ्ना छुटेका साथीहरुलाई खोजे । सबैजना भेटिएपछि सल्लाह भयो–हाम्रो शत्रु भनेको मानिस हो । मानिसलाई आक्रमण गर्नुपर्छ । हाम्रो आकार अहिलेलाई ठिक छ । 

फोहोर सुरक्षित वस्ती हुन थाल्यो भुतहरुको । फोहोर ठाउँमै भुतहरुको दैनिक परेड हुन्थ्यो । योजनाअुनसार नै जहाज चढेर भुतहरु मानिसको फोहोर हात, फोहोर शरीरमा, घाउमा जान थाले । कुनैकुनै त मिठो खानेकुरा खाने मानिसको दाँतमा बस्न पनि पुगे । 

यसरी हात, छाला, दाँत, फोहोर खान, फोहोर पानी हुदैं शरीरभित्र पसेर उनीहरुले आक्रमण गर्न थाले लामखुट्टे जहाजमा चढेर भुतहरुले रातिराति आक्रमण गर्न थाले भने दिउँसो झिंगा जहाज चढेर । यसरी भुतको आक्रमणबाट धेरै मानिसहरु रोगी हुन थाले । (१२ फागुन २०७४ मा नागरिकको जूनकीरीमा प्रकाशित)


Wednesday, February 3, 2021

Not only Government, Oli demonstrating his strength on Street

Nepal Communist Party (NCP) Prachanda, Madhav group has announced a Mass strike for tomorrow after government action. Prime Minister KP Sharma Oli's government given an appointment constitutionally body's head Wednesday and they take the oath of the Presidential office in the morning by Chief Justice Cholendra Shamsher Jabara.

After this action, NCP calls Mass Strike against the government. Puspakamal Dahal Prachanda and Madhav Nepal leading NCP are on the road from Dec 20, 2020, for the restoration of Parliament. The issue is running on Supreme Court for a month. They said the action of the government is unconstitutional.

Prime Minister Oli also demonstrating his strength on street after tomorrow in front of Narayanhiti Palace. By Dec 20, leading by Oli and Prachand NCP informally isolated. Prachanda and Madhav trying to kick out Chairman PM Oli from their party NCP. But Oli also claiming NCP. 


 

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...