Wednesday, June 18, 2014

उपचारपछि लिंग छोटो भएको भन्दै अस्पताल विरुद्ध मुद्दा


क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पताल विरुद्ध त्यहाँ उपचार गराउन गएका एक पुरुषले आफ्नो लिंग छोटो बनाइदिएको आरोपमा मुद्दा हालेका छन् ।

अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै भताभुंग भएको भन्दै उनले अस्पताल विरुद्ध मुद्दा हाल्दै १ लाख ५५ हजार डलर क्षतिपूर्ति समेत माग गरेका छन् ।

नाम तथा अन्य परिचय गोप्य राखिएका ती पुरुषले आफ्नो लिंगको उपचारका क्रममा डाक्टरहरुले लापरवाही गरेको दाबी गरेका छन् । सन् २०११ मा आफ्नै श्रीमतीसँग सम्भोगका क्रममा लिंगमा चोट लागेपछि उनी उपचारका लागि उक्त ली गार्डर अस्पतालमा पुगेका थिए । अस्पतालमा पूराइएपछि उनलाई एकजना नर्सले सामान्य चेकजाच गरिन्, उनको लिंग नछोइकन हेरेर मात्र त्यसमा सानो चोट लागेको निष्कर्ष निकालिन् । त्यसपछि उनलाई कुनै उपचार नगरी केही औषधि दिएर घर पठाइयो ।

घर फर्किएपछि औषधि खाँदा केही दिनमा लिंग निको हुने आशामा रहेका ती पुरुषको लिंग झनै दुख्न थाल्यो, उनले सम्भोग गर्न सकेनन् । त्यसपछि अस्पताल गएर राम्रोसँग जाँच गराउँदा पो पत्तो लाग्यो उनको लिंगमा गहिरै चोट लागेको रहेछ र फ्याक्चर भएको रहेछ । त्यसपछि उनको लिंगको शल्यक्रिया गनुपर्यो र त्यसो गर्दा उनको लिंग एक इन्च छोँटो भयो ।

अस्पतालको लापरवाहीका कारण आफुले २ वर्षसम्म सेक्स गर्न नपाएको र सोही कारण श्रीमतीले पनि छाडेर हिँडेको उनको दुखेसो छ । एजेन्सी
-अनलाइनखबरबाट

नेदरल्यान्डले हरायो अष्ट्रेलियालाइ


विश्वकपमा जारी पहिलो चरणको दाेस्रो खेलमा नेदरल्यान्डले अष्ट्रेलियालाइ ३-२ ले हराएको छ । अष्ट्रेलिया यसअघि पनि चिलीसँग हारिसकेको छ ।

यता नेदरल्यान्डको भने यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा नेरल्यान्डले स्पेनलाइ ५-१ को फराकिलो अन्तरले हराएको थियो ।

अाजको खेलमा नेदरल्यान्डलाइ अार्जेन रोबिन, रबिन भान पर्सी र मेम्फिस डिपेले अंक दिए ।

हिरोइन जति अर्जेन्टिनातिर

अर्चना देलाल ।

 केकी अधिकारी ।
सुष्मा अधिकारी
अशिष्मा नकर्मी

भुतले अस्पतालबाटै घिसारेपछि

लन्डन । भुतको बारेमा विवाद हुँदै आएको छ । विज्ञानले भुतको अस्तित्व नभएको दाबी गरिरहँदा समाजका केही घटनाले भुतप्रेतमाथि अन्धविश्वास कायमै राखेको पाइन्छ । हालै युट्युबमा जारी गरिएको एउटा भिडियोले भुतको अस्तित्व देखाएको मात्र होइन, विज्ञानलाई नयाँ चुनौती दिएको छ ।

करिब एक मिनेटको सो भिडियो एउटा अस्पतालको सिसिक्यामेराले खिचेको बताइन्छ । अस्पतालमा एक्लै हिडिरहेका एक युवकको सामू एक्कासी एउटा छायाँ आउँछ । छायाँ देख्नासाथ ती युवक तर्सिएर भुइँमा लड्छन् । यत्तिकैमा त्यो छायाँले युवकको खुट्टा समातेर घिसार्दै पर लैजान्छ र केहीबेरपछि ती युवक उम्कन सफल हुन्छन् ।

उक्त भिडियो एक लाखभन्दा बढीले हेरिसकेका छन् । डेली मेलका अनुसार उक्त भिडियोसम्बन्धी समाचार प्रकाशित भएपछि कतिपयले आफ्नो विगतमा समेत यस प्रकारको घटना भएको तर कसैले नपत्याएका कारण थप उजागर गर्न नसकेको

पेलेले आफ्नै देशको खेल हेर्न पाएनन्, किन होला थाहा पाउनुस

फुटबलका महान खेलाडी पेलेले आफ्नै देशमा भएको विश्वकपमा आफ्नै देशको खेल हेर्न पाएनन ।
मंगलबार राति मेक्सिकोसँग बराबरी भएको खेल उनले हेर्न नपाएका हुन् । ट्राफिक जाममा परेका कारण खेल हेर्न नपाएको बताइएको छ ।

सान्तोषबाट साउपाओले जाने क्रममा पेले ट्राफिक जाममा परेका थिए । ट्राफिक जाममा फसेपछि आफूले खेलको पहिलो हाफको रेडियोमा कमेन्ट्री सुनेको बताए । उनले भने ‘मैंले जिन्दगीमा दोश्रो पटक आफ्नै देखको खेल रेडियोमा सुन्नु पर्यो ।’

कोइराला न्युयोर्क पुगे, उपचार भोलिबाट

काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाको नियमित स्वास्थ्य जाँच भोलिबाट हुने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कोइराला उपचारका लागि यहि असार २ गते अमेरिका प्रस्थान गरेका हुन् । केही दिनअघि प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरेका थिए । 

कोइरालाको उपचार अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि र दक्ष चिकित्सक सहितको सुविधा सम्पन्न अस्पतालमा हुँदै छ । करिब दश दिनको उपचार पछि कोइराला स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाका साथमा उहाँका निजी चिकित्सक डा.करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षाकर्मी कर्णेल प्रकाश देउजा छन् । 

अोबामालाइ चक्कु उपहार

विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरुले आफ्ना शुभेच्छुक तथा समकक्षीबाट कस्ता(कस्ता उपहार पाउँदा हुन् रु जान्ने इच्छा सबैलाई होला । सायद निकै अत्याधुनिक तथा महंगा सामान उपहारका रुपमा पाउँछन् होला भन्ने अनुमान धेरैको हुन्छ ।

तर यो अनुमान सबै हकमा लागु नहुने रहेछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाएका उपहार हेर्दा त्यो प्रमाणित हुन्छ । आफ्नो राष्ट्रपतीय कार्यकालमा ओबामाले निकै अनौठो लाग्ने खालका उपहारहरु समेत पाएका छन् । यस्ता उपहारहरु अमेरिकाको शिष्टाचार उपहार इकाइबाट छानविन भै विदेश मन्त्रालयको वेबसाइटमा समेत सार्वजनिक रुपमा जानकारी राखिएको छ ।

ओबामाले पाएका उपहारहरुमा एक झोला कफी, एउटा मैनबत्ती, छ चुच्चे चक्कु तथा चिया खाने कपको सेट समेत रहेका छन् । त्यस्तै कफी राख्ने ठूलो चाँदीको भाँडो समेत उनले उपहार पाएका छन् । ती उपहार उनलाई कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस क्लाडेरोनले दिएका रहेछन् । त्यस्तै भित्र किताब राखिएको सुन लेपन गरिएको बाकस, ठूलो आकारमा देखाउने सिसाका साथै परम्परागत मसीले लेखिएको ब्यानर उनलाई उपहार दिएका छन् । ओबामालाई यस्तो उपहार दिने इटालियन प्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनी हुन् ।

साथै उनलाई परम्पारत पोलो सर्ट, लाइटर, सिसाको ग्लास, चाँदीको कलम, छालाको पर्स तथा काठे बाकस उपहार दिएका छन् प्रmान्सका जनताले ।
ओबामाको कार्यालयले प्राप्त सबै उपहार स्विकार गरेको तथापि ती मध्ये बिग्रिने वा सड्ने खालका सामानलाई तत्काल व्यवस्थापन गरी अन्यलाई राष्ट्रिय अभिलेख व्यवस्थापन निकायमा पठाइएको बताइएको छ ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...