बालकृष्ण अधिकारी(नागरिक) काठमाडौं -संविधानसभा उपनिर्वाचनमा मतदान गर्न चार दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका उम्मेदवारले भोटको राजनीतिलाई तीव्र बनाएका छन्। दोहोरो विजयी सभासदले छाडेका काठमाडौंको एउटा क्षेत्र (२ नम्बर) सहित चार क्षेत्रमा असार ८ गते संविधानसभा उपनिर्वाचन हुँदैछ।
नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीसहित ३७ जना चुनावी प्रतिस्पर्धामा रहेको काठमाडौं २ मा उम्मेदवारहरू प्रचार कार्यक्रमसहित चुनावी मैदानमा जुटेका छन्। यहाँ कांग्रेसका दीपक कुइँकेल, एमालेका कृष्णगोपाल श्रेष्ठ र एकीकृत माओवादीका लीलामणि पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। यो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको क्षेत्र हो।
कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्कीले मंसिर ४ को संविधानसभा निर्वाचनमा भन्दा कांग्रेसको संगठन अझ बलियो भएको बताउँदै २० देखि २५ हजार मत आउने दाबी गरे। कांग्रेसले स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाएकाले त्यसको फाइदा पुग्ने उनको जिकिर छ।
पछिल्लो तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय बढेको देखाएसँगै प्रतिव्यक्ति ऋण पनि बढेको छ । अहिले प्रतिव्यक्ति ऋण झन्डै ३३ हजार रुपैया“ पुगेको छ । एकवर्ष अघिसम्म प्रत्येक नेपालीको टाउकोमा २५ हजार ऋण थियो ।
नेपाल राष्ट्र ब्यांकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकले कुल आठ खर्ब ७० अर्ब रुपैया“ ऋण प्रवाह गरेका छन् । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पा“च सय चार छ ।
कुल ऋणलाई अहिलेको जनसंख्याले भागा गर्ने हो भने प्रत्येक नेपालीको टाउकोमा ३२ हजार आठ सय ३० रुपैया“ पर्न आउ“छ । ऋण बढ्ने क्रम बर्सेनि बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ ।
विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र सहकरीको ऋण जोड्ने हो भने यो रकम अझै धेरै बढी देखिन्छ ।
यसबाट नेपालीले बैंकमा रकम जम्मा गर्ने र ऋण लिने प्रवृत्ति बढिरहेको देखिन्छ, जुन अर्थतन्त्रको लागि सकारात्मक संकेत हो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकले कुल आठ खर्ब ७० अर्ब रुपैया“ ऋण प्रवाह गरेका छन् ।
काठमाडौं । आगामी आर्थिक वर्षदेखि कृषि व्यवसायमा लाग्ने युवालाई सरकारले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने भएको छ । कृषि व्यवसायमा युवालाई आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यले उक्त योजना ल्याउन लागिएको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले अनुदान उपलब्ध गराउनका लागि यो वर्षको बजेटमा २३ करोड रुपैयाँ प्रस्ताव गरिएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ रकम विनियोजन गरिएको भए पनि लक्षित कार्यक्रममा युवालाई समेट्न नसकेपछि यो आवमा बजेट वृद्धि गरिएको हो ।
तरकारी खेती, मौरीपालन, पशुपालनलगायतका कार्यक्रमका लागि मन्त्रालयले उक्त अनुदान उपलब्ध गराउने भएको हो । १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका युवाले उक्त अनुदान प्राप्त गर्न सक्ने सहप्रवक्ता लुइँटेलले जनाए । व्यवसाय गर्न चाहने युवालाई व्यवसायको प्रकृति हेरेर ५० हजारदेखि दुई लाखसम्म अनुदान उपलब्ध गराइने छ ।
बाँके । जिल्लाको गनापुरमा देशकै पहिलो खुल्ला कारागार बन्ने भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलोपटक खुल्ला कारागार बनाउन थालेको हो ।
कारागारका लागि नाप, नक्सा, अनुमानित लागत खर्च, भौतिक पूर्वाधार संरचना निर्माण ढाँचा सम्पन्न भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले सबै प्रक्रिया पुगेको बताए ।
खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान र स–परिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ । राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर बाहिर काम गर्ने र साँझ कारागारमा सुत्न आइपुग्नुपर्ने प्रावधान हुनेछ ।
पहिलो चरणमा कारागारमा १०० कोठा बनाइने भएको छ । एक कैदी बराबर एक कोठा आवश्यक पर्ने हुँदा पहिलो चरणमा सय क्षमताको खुल्ला कारागार बन्नेछ । नेपालमा खुल्ला कारागार नरहेकाले देशभर लक्षित गरी बाँकेको गनापुरमा खुल्ला कारागार बन्न थालिएको हो । चालु आर्थिक वर्षमा निर्माण सुरु गरी तीनदेखि पाँच वर्षभित्रमा काम सकिने कारागार व्यवस्था विभागको दाबी छ । अन्य कारगारभन्दा खुला कारगार व्यवस्थित र सुविधासम्पन्न मानिन्छ ।
एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् । असार १९ देखि २५ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनबारे जानकारी गराउने उद्देश्यले जेठ २७ गते पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनले हाल समूहगतरुपमा देखिएका सबै खेमालाई एक ठाउँमा ल्याउने दाबी गरे ।
कुनै समूहभन्दा पनि सिंगो पार्टीको पक्षमा आफू रहेको जानकारी गराउँदै उहाँले नवौं महाविधेशनले पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा स्थापित गर्ने बताए । सम्मेलनमा अध्यक्ष खनालले नवौँ राष्ट्रिय महाधिवेशनको लोगोसमेत सार्वजनिक गरे ।
महाधिवेशन प्रतिनिधिको चयन आगामी असार ७ गते देशैभर एकै दिन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको र उपनिर्वाचन हुने काठमाडौंलगायत चार जिल्लामा असार १० गते सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ ।महाधिवेशनमा विभिन्न ६० देशका भाइचारा तथा मित्रपार्टीलाई निमन्त्रणा गरिएको पार्टीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका आउने भएका छन् । फोक्सोमा समस्या देखिएपछि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । स्वास्थ्य परीक्षणका लागि चिकित्सकको समय निर्धारण भइसकेकाले असार ५ गते अमेरिका आइपुग्ने बताइएको छ ।
जेठ २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको उक्त भ्रमण तय गरेको हो । बैठकले कोइरालाको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए । यसअघि जिब्रोको उपचारका लागि कोइराला अमेरिकाको न्युयोर्कस्थित केटरिङ क्यान्सर अस्पतालमा उपचार गराई फर्केका थिए ।
दुबै हात र दुबै खुट्टा नभएका मानिसले के गर्न सक्ला ? एक चोटि हामी सोचौ न, हात विनाको जिन्दगी के जिन्दगी ? साथीहरुसँग कसरी अँगालो मार्ने, कसरी हात मिलाउने, कोही माया गर्ने छ भने उनीहरुलाई कसरी समाउने, औला विना स्पर्श अनुभव कसरी गर्ने, केही सामानहरु कसरी उचाल्ने? हातहरु नहुदाँको जीवन सोच्दा मात्रै पनि धेरै गाह्रो हुने रहेछ । अनि खुट्टा नि? नाच्न, हिड्न, दौडन र उभिन समेत सक्दैनौ । अब यी दुबै नभएको कल्पना गरौ न, सच्चै यस्तै भए, यसले दैनिक जीवनमा के असर पार्ला?
अष्ट्रेलियाका एक नागरिक यस्तै छन् । उनी विना हात, विना खुट्टा जन्मे, हुर्के । तर उनी फुटबल खेल्छन् । टेनिस खेल्छन् । पौडन्छन् । आफै दाँत माझ्छन् । यस्तै कामहरु गर्छन उनी । सन् १९८२ डिसेम्बर ४ मा अष्ट्रेलियाको मेलवर्नमा जन्मेका उनको नाम हो निक भोइजिक् । आजभोलि उनी अपांगता भएका व्यक्तिलाई मात्र नभइ हरेकको प्रेरणाको स्रोत बनेका छन् । संसारका लाखौ मानिसलाई उनले जिउने कलाबारे प्रवचन दिइसके । उनले लेखेको 'लाइफ उइदाउट लिमिट्स' किताब लाखौप्रति विक्री भए ।
उनै निकको पुरा नाम निकोलस जेम्स भोइजीक् हो । आफ्नो पहिलो सन्तानको यस्तो रुप देखेर उनका बाआमा निकै दुःखी भएका थिए । उनको शरीरमा सानो खुट्टा झुन्डिए जस्तो देखिन्छ । निक आफै यसलाई कुखुराको पखेटा(चिकन ड्रमेस्टिक) भन्छन् । यसमा दुई औलाहरु छन् । यसैको सहयताले उनी बल खेल्छन् । किबोर्ड बजाउछन् । उनी हुर्कदै गर्दा त्यतिबेला फ्रान्सको भिक्टोरिया राज्यमा शारीरिक रुपमा अस्वस्थ विद्यार्थीलाई भर्ना लिइदैनथ्यो । कानुनले समेत यस्ता विद्यार्थीलाई भर्ना गर्न बर्जित गरिएको थियो ।
तर उनको बाआमाले आफ्नो छोरालाई पढाउन चाहे । भाग्यवश भनौ, उनलाई भर्ना गरियो । त्यो राज्यको नियम नै परिवर्तन भयो । स्कुलमा दिनहरु निकै नरमाईलो भयो उनको । साथीहरुले गिज्याए, जिस्काए । सानैदेखि किशोरअवस्थासम्माका यस्ता बुलिङ सहे । स्कुलमा एक्लै हुन्थे । साथीहरु सबैको हातखुट्टा थिए, तर बीचमा आफु एक्लैको यस्तो अवस्था हेरेर उनी आफैलाई प्रश्न सोध्थे 'म मात्र किन यस्तो जन्मेको?' बुलिङले गर्दा उनले ८ वर्षकै उमेरमा आत्महत्या गर्न खोजेका थिए । १० वर्षको उमेरमा पोखरीमा डुबेर मर्ने प्रयास पनि गरे ।
छोराको यस्तो अवस्था देखेका उनकी आमा चिन्तित थिइन् । एकदिन उनले निकलाई पत्रिकाको एउटा लेख देखाइदिए । पत्रिकामा अपांगता भएका व्यक्तिका लागि प्रेरणादायक कुराहरु लेखेका थिए । त्यो पढेपछि निकमा बाँच्ने केही आशा पलाएर आयो रे । अनि उनले आफ्नो देब्रे खुट्टामा भएका साना दुइऔलाले लेख्न सिके । ती औला र कुर्कुच्चाको मद्दतले कम्प्युटर चलाउन सिके । 'म साधारण कम्प्युटरमा एकमिनेटमा ४३ शब्द लेख्न सक्छु,' उनी भन्छन् । तिनै औलाले टेनिस बल हुत्याउन जाँने । अनि आफैले कपाल कोर्न, दाँत माझ्न, फोन उठाउन, पानी पिउन र ड्रम पेडल बजाउन सिके ।
यस्ता कामहरु गर्न सकेकोमा उनमा थप साहस बढेर आयो । जब कक्षा सातमा प्रवेश गरे । उनी कक्षाको क्याप्टेन पदमा चुनिए । यहाँ उनले स्टुडेन्ट काउन्सिलमा काम गरे र अपांगता भएकाहरुलाई सघाउन स्थानीय स्तरमा चन्द संकलन गर्ने अभियानमा लागे ।
स्कुलको पढाई सकेपछि निक एकाउन्टिङ र फाइनन्सियल प्लानिङ विषय पढ्न ग्रिफिथ युनिभर्सिटि पुगे । उनले दुबै विषयमा स्नातक पनि गरे । अहिले उनी अमेरिकाको क्यालिफोर्नियामा छन्, लाइफ उइदाउट लिम्ब्स नामक संस्थाका अध्यक्ष छन् । १७ वर्षको हुदाँ उनले यो संस्था स्थापना गरेका हुन् । १९ वर्षको उमेरमा उनले आफ्नो जीवन कहानी सुनाउन संसारका विभिन्न ठाउँ पुगे । उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, युवाहरुलाई आफूले भोगेका कुराहरु बाँडे । र, विभिन्न टेलिभिजनहरुमा अन्तर्वाता पनि दिए ।
सन् २००५ मा उनी 'योङ अष्ट्रेलियन अफ द इयर'मा मनोनित भएका थिए । उनले पाँच महादेशका ४३ देशमा ३० लाख मानिसलाई युवाका सवालमा प्रवचन दिइसके । दुई वर्ष अघि उनले 'लाइफ उइदाउट लिमिट्स' किताब प्रकाशन गरे । जुन किताब संसारभरका मानिसहरुले रुचिपुर्वक पढे । र, राम्रो किताबमा दरिए । उनैबारे विभिन्न डकुमेन्ट्री पनि बनेका छन् । तीन वर्ष अघि उनले 'द बटरफ्लाई सरकस' नामक छोटो फिल्ममा अभिनय गरे । यो फिल्मबाट उनी सवोत्कृष्ट नायकमा छानिए । यो फिल्मले 'डोरपोस्ट फिल्म प्रोजेक्ट–२००९' र 'द फिल गुड फिल्म फेस्टिबल–२०१०' जस्ता उत्कृष्ट छोटो फिल्मको उपाधि जित्यो । उनले हालै 'समथिङ मोर' नामक म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् ।-(नेत्र तामाङ)एजेन्सीको सहयोमा