बन्दको मौका छोपेर एम्बुलेन्स चालकले सिकिस्त बिरामीलाई ुव्यापारु बनाएका छन्। बन्दका दिन मंगलबार वीर, पाटन, शिक्षण र परोपकार तथा प्रसूति अस्पताल पुग्दा एम्बुलेन्स चालकबाट ठगिएका प्रशस्त बिरामी भेटिए।
टाइफाइड बिग्रिएर रगत वान्ता गर्न थालेपछि रसुवा र्भोले(३ का ७० वर्षीय डसिङगे तितुँङलाई वीर अस्पताल ल्याउन उनका परिवारले सुरुमा एम्बुलेन्स नै पाएनन्।
बल्लतल्ल पाएको एम्बुलेन्सले अघिपछि भन्दा धेरै भाडा असुल्यो। उनका छोरा योसिङगेले भने, ुअरू केही पाएन, एम्बुलेन्सले लुट्नसम्म लुट्यो। बुवालाई अस्पताल ल्याउनै पर्ने थियो, त्यही भएर जति भने त्यति पैसा तिरें।ु
उनले अघिपछि भन्दा एक हजार पाँच सय रुपैयाँ बढी अर्थात् ६ हजार पाँच सय रुपैयाँ तिर्न बाध्य थिए। रेडक्रसद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक राजन न्यौपानेले भने आफूले झन् सस्तोमा मिलाइदिएको दाबी गरे।
भक्तपुर काँडाघारीका कृष्णबहदुर तामाङलाई डालयसिसका लागि ठिमीबाट वीर ल्याउन उनीकी पत्नी मायाले एम्बुलेन्सलाई अरु बेलाभन्दा पाँच सय रुपैयाँ बढी तिर्नु पर्यो। ुआजै डायलसिस गर्नुपर्ने थियो,ु मायाले भनिन, ुएम्बुलेन्सले आउनेजाने एक हजार भाडा एकैपटक लिइदियो, अब फर्कने पैसा छैन, हिँडेर जान पनि सक्नु हुन्न।ु
बुधबार डायलसिसको समय लिएकी ठिमीकी सविता श्रेष्ठलाई रगत कम भएपछि उपचारका लागि वीर ल्याउन पनि एम्बुलेन्सलाई बढी पैसा तिर्नुपस्यो। उनका पतिले भने, ुचार पाउण्डमात्र रगत देखिएपछि तत्कालै अस्पताल ल्याउनुपर्ने भयो तर बन्दमा अरू केही पाउँदैन भन्दै हामीलाई ठगियो।ु
एम्बुलेन्स चालक बिमल शाक्यले भने दोब्बर रकम नलिएको दाबी गरे। ुअब यस्तो बेलामा रकम तलमाथि त भइहाल्छ नि,ु उनले भने।
प्रसूति गृहमा भेटिएकी लुभुकी सुत्केरी ममता ढुंगाना पनि एम्बुलेन्सलाई अघिपछि भन्दा बढी भाडा तिर्न बाध्य भइन्।
उनले लुभुबाट प्रसूति आएको १२ सय रुपैयाँ तिरिन्। ुफलोअपका लागि आजै डाक्टरले बोलाउनु भएको थियो, छोरालाई पनि सन्चो भएन, बन्दमा पनि आउनु पर्यो,ु उनले भनिन्, ुतर आज पहिलेभन्दा चार सय रुपैयाँ बढी लिए एम्बुलेन्स चालकले।ु
प्रसूति गृहको एम्बुलेन्सले भने त्यहाँका कर्मचारीलाई धमाधम घर छोड्दै आउँदै गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएकी बिरामीलाई सिन्धुपालचोकको चौतारा लैजान लागेका अर्का एक एम्बुलेन्स चालकले भने मनपरी भाडा लिनेलाई कारबाही हुनुपर्ने बताए।
ुहामीले त जति लेखेको छ त्यतिमात्र लिन्छौं,ु ती चालकले भने, ुबन्दको मौका छोपी बिरामीलाई ठग्ने गरेको त मैले पनि थाहा पाएको छु तर के गर्नु कसैलाई कारबाही नै हुन्न।ु
पाटन अस्पताल परिसरमा भेटिएका बलबहादुर घर्तीले आफू पनि एम्बुलेन्सबाट ठगिएको बताए। भक्तपुरको दुवाकोटबाट बिरामी बुवालाई पाटन ल्याउँदा ११ सय रुपैयाँ तिर्नु परेको उनले बताए।
ुबुवालाई उच्चरक्तचापको समस्या छ,ु उनले भने, ुआज त अघिपछि भन्दा तीन सय रुपैयाँ बढी तिर्नु पर्यो।ु भास्कर कार्कीलाई कुलेश्वरबाट डायलसिसका लागि वीर ल्याउँदा उनका परिवारले पाउनसम्मको सास्ती पाए।
धेरै ठाउँमा फोन गर्दा पनि एम्बुलेन्स नपाएपछि कार्कीका छोराले ुकिड्नी प्यासेन्टु लेखेर मोटरसाइकलमा कुदाए। टेकुमा माओवादी कार्यकर्ताले उनीहरुमाथि ढुंगा हान्न थाले।
त्यसपछि मोटरसाइललाई घर पठाएर कार्कीलाई हिँडाउँदै अस्पतालसम्म ल्याउनुपर्यो। उनकी पत्नी लीलाले भनिन, ुश्रीमान्लाई कति बेला के हुन्छ ठेगान छैन, मैले त हरेक बन्दमा यस्तै सास्ती पाएकी छु।ु
दुई महिनाकी सुत्केरी सीता श्रेष्ठ पनि एम्बुलेन्स नपाएपछि मंगलबार सोह्रखुट्टेबाट हिँडेर प्रसूति गृह आउन बाध्य भइन्। ुयस्तो बेला धेरै नहिन्नु भन्नु हुन्थ्यो डाक्टरले,ु माइतीघरमा भेटिएकी उनले भनिन्, ुखै अब के हुन्छ डर लागिरहेको छ।ु सीताका भाइ विकासले चारपाँच ठाउँमा फोन गर्दा पनि एम्बुलेन्स नआएपछि दिदीलाई हिँडाउन बाध्य भएको बताए।
जमलमा भेटिएकी कुलेश्वरकी सम्झना श्रेष्ठले १४ महिनाकी छोरी रेश्माको फुस्किएको जोर्नीमा समस्या आएपछि शिक्षण अस्पताल जाने एम्बुलेन्स पाइन्नन। ुछोरीलाई आजै गाह्रो भयो, अस्पतालमा फोन गर्दा एम्बुलेन्स बिरामी लिन गएको छ भने त्यसपछि बिहानै हिड्दै अस्पतालले लगे,ुसम्झनाले भनिन,ु खुट्टा गलेपछि बस्दै बस्दै बल्ल फर्किदैछु।ु
अल्सरको शल्यक्रिया गर्न कीर्तिपुरकी सरस्वती पन्थीले तीन घण्टा हिँडेर वीर अस्पताल पुगे पनि बन्द भन्दै सम्बन्धित चिकित्सक नआएपछि काम भएन। ुशल्यक्रिया आजै गर्ने भनिएको थियो त्यही भएर हिडेर आए तर डाक्टर नै आउनु भएन ,ुउनले भनिन। अन्नपूर्ण पोस्टमा खबर छ ।८

No comments:
Post a Comment