Saturday, April 11, 2015

राष्ट्रपतिकी छोरी अनिता भन्छिन् संविधान बनेपछि लगन जुर्ला कि !

मनोज घर्तीमगर-अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी एक्ली छोरी हुन् । राष्ट्रपतिको विदेश भ्रमणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाल्ने गर्छिन् । उनको फेसबुक पेजमा अपलोड गरिएका स्ट्याटस र तस्बिरबाट बाहेक उनको औपचारिक धारणा कतै सुनिँदैन ।
‘सोसल वर्कर’का रूपमा चिनिने प्रयासमा रहेकी यादवलाई संवादका लागि २७ डिसेम्बर साँझ गरिएको इमेलको सेकेन्डभरमै रेस्पोन्स आयो, ‘सामाजिक इस्युमा मात्रै बोल्छु, राजनीतिबारे बोल्दिनँ ।’ उनले निवासमा निम्तो गरिन्, २४ जनवरी बिहान नौ बजे । मध्यराति सन्देश आयो, ‘जरुरी परेर तराईतिर जानुभयो, सरी ।’ सहयोगीमार्फत उनले २६ चैतमा सन्देश पठाइन्, ‘भोलि बिहान ११ बजे ठाडो ढुंगा, झम्सिखेलमा रहेको अनुज योगा शिविरमा आउनुहोला ।’

‘भिआइपी एरिया’मा गणना हुने ठाडो ढुंगाको आइडियल मोडेल स्कुल छेउमै रहेको अनुज योगा सेन्टरमा ११ बजे पुग्दा ढोकामा ताला छ । भुइँबाट मास्तिर हेर्दा देखिने योग बोर्डमा योगा एटदरेट अनितायादव डटकम लेखिएको छ । त्यसपछि बुझियो– योग शिविर अनिताको प्राइभेट हो । ‘वी आर एस्ट्रिम्ली सरी फर बिइङ लेट,’ सहयोगीले खबर गरे, ‘थापाथलीको जाममा परेका छौँ ।’ एकछिनपछि कारमा आइपुगिन्, गहुँगोरो वर्ण, सेता कुर्तासुरुवाल लगाएकी र हातमा सामान्य ह्यान्ड ब्याग बोकेकी युवती, अर्थात् अनिता । ‘सरी है, धेरै कुराएँ ।’म हाँसेँ ।
रिसेप्सन, योगा हल हुँदै कार्यकक्षमा लिएर गइन्, मलाई । कुर्सीछेउ झोला बिसाइन् र एकैछिनलाई हराइन् ।‘पानी लिनुस्,’ दायाँ हातको गिलास मलाई दिएर बायाँ हातको गिलासको पानी एक घुट्का पिइन् । ‘मलाई कन्ट्रोभर्सीमा नपार्नुहोला’ सुरुमै उनको आग्रह थियो । राष्ट्रपतिपुत्री भएको जिम्मेवारी बोध पनि । भनिन्, ‘मैले बोलेका कुरा, मैले गरेका काम सीधै राष्ट्रपतिसँग जोड्छन् ।’ लन्डन मेट्रोपोलियन युनिभर्सिटीबाट हेल्थ एन्ड सोसल पोलिसीमा मास्टर गरेकी उनको लबजमा एकखालको आत्मविश्वास छ ।
नयाँ पत्रिकासँगको कुराकानीमा उनले सामाजिक कार्य, आमाको निधन, राष्ट्रपतिको दैनिकी, विदेशी राष्ट्रप्रमुखसँगको भेटलगायतबारे बोलिन् । एक घन्टा नौ मिनेट गफिएकी उनी आमाको निधनको क्षणबारे बेलीविस्तार लगाउँदा भावुक बनिन् । अरू वेला मस्तसँग हाँसिन् ।
संविधानपछि बिहे
(अन्तर्वार्ताकारले विवाहसम्बन्धी प्रसंग उठाएपछि) मैले बिहे गर्दिनँ भनेकी छैन । संविधान जारी गरेपछि मेरो विवाह पनि हुन्छ कि भन्ने लागेको छ (हाँसो) । देशका लागि संविधान र मेरा लागि विवाह उस्तै–उस्तै भएको छ (हाँसो) ।
कसैसँग प्रेममा छैन । विवाहका लागि अनुकूल समय मिल्नुपर्छ । विवाह संयोग पनि हो । जे लेखिएको छ, त्यही होला । जोसँग लेखिएको छ, उसैसँग बिहे होला । मागी विवाह होला या प्रेम विवाह, त्यो त मेरो भाग्यले निर्धारण गर्ने हो ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...